‘जाउँ है पोखरा’, जसले पोखरालाई आन्तरिक पाहुना चिनायो
दशक लामो द्वन्द्वका बेला विदेशी पाहुना अभाव खड्केपछि पोखराको पर्यटन क्षेत्रले बल्ल आन्तरिक पाहुनाको महत्व बुझ्न थालेको थियो। आन्तरिक पाहुनाका कारण पर्यटन क्षेत्र चलायमान हुन सक्ने सम्भावना देखेपछि पोखराले आन्तरिक पाहुनालाई पोखरा घुम्नेगरि बोलाउन पनि थालेको थियो। त्यसैको निरन्तरता स्वरुप योपटक पनि पोखराले आन्तरिक पाहुनालाई पोखरा घुम्न निम्तो दिँदै विभिन्न सहरमा प्रर्वद्धनात्मक अभियान थालेको छ।