१७ असार २०८१ सोमबार
image/svg+xml

तालिबान लडाकुद्वारा एउटा जिल्ला कब्जा

उनीहरुले केही दिन यतादेखि सो जिल्ला कब्जाका लागि हमला गर्दैै आएका थिए। यस विषयमा थप जानकारी दिइएको छैन तर सरकारी अधिकारीले भने आगामी केही दिनमा नै आफूहरुले तालिबानविरुद्ध थप आक्रामक कारबाही गरी सो जिल्ला फिर्ता ल्याउने बताएका छन्। प्रान्तीय गभर्नर लट्फुल्लाह अजिजीले भने, ‘अफगान राष्ट्रिय सेनाले यस विषयमा गृहकार्य गर्नेछ र केही दिनमै उनीहरुको कब्जाबाट जिल्ला फिर्ता ल्याउने छ।’

गृहकार्य नगरेको निहुँमा विद्यार्थीलाई यातना

ललितपुरको एक सरकारी विद्यालयका गृहकार्य नगरेको निहुँमा विद्यार्थीलाई यातना दिँदा त्रासले विद्यार्थी विद्यालय जानै छाडेका छन्।

एकताको गृहकार्यमा राप्रपा

राष्ट्रिय प्रजातन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक)ले पार्टी एकतका लागि गृहकार्य अघि बढाएका छन्। दुवै पार्टीले गठन गरेको वार्ता समितिले पार्टी अध्यक्षहरूसँगको छलफललाई अघि बढाएका हुन्। सत्ता राजनीतिका कारण पटक पटक विभाजित राप्रपालाई नयाँ परिस्थितिअनुसार एकीकृत गराएर लैजान भन्दै गठित वार्ता टोलीले राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक)का अध्यक्षसँग छलफल गरेका छन्। वार्ता टोलीसँगको भेटमा अध्यक्ष पशुपतिशम्शेर जबराले राष्ट्रवादी शक्तिहरूबीच एकता आवश्यक रहेको बताएका छन्। राणाले पार्टी एकताका लागि आपूm सकारात्मक रहेको बताएका हुन्।

‘कांग्रेसलाई सरकारमा ल्याउने गृहकार्य सुरु’

जनसंख्या तथा वातावरण मन्त्री लालबाबु पण्डितले फोरम र राजपालाई सहभागी गराएर भोलि वा पर्सीसम्म मन्त्रिमण्डल विस्तार हुने स्पष्ट पारेका छन्।

एमालेले अान्तरिक गृहकार्यमा

प्रतिनिधिसभाका समानुपातिकतर्फको नामावली पठाउन नेकपा एमालेले आन्तरिक गृहकार्य थालेको छ। समानुपातिकतर्फ ४१ स्थान प्राप्त गरेको एमालेले विभिन्न क्लस्टरबाट ३७ महिलाको प्रतिनिधित्व गराउनुपर्नेछ।  एमालेबाट दलिततर्फ ५, आदिवासी जनजातितर्फ ११, खसआर्यतर्फ १२, मधेसीतर्फ ६, थारुतर्फ २ र मुस्लिमतर्फ १ महिलाको प्रतिनिधित्व हुनेछ । त्यसैगरी चार जना पुरुषको प्रतिनिधित्व हुनेछ।

सरकार गठनको गृहकार्य सुरु

संसदीय दलको नेता चयनसँगै माओवादी केन्द्रले ६ नम्वर प्रदेशमा सरकार गठनको प्रक्रिया सुरु गरेको छ। माओवादी केन्द्रको संसदीय दलको नेतामा बिहीबार महेन्द्रबहादुर शाही चयन भएका थिए। ‘सरकार गठनका लागि गृहकार्य सुरु गरेका छौं’ ६ नम्वर प्रदेश इन्चार्ज एवम पूर्व गृहमन्त्री शक्तिबहादुर बस्नेतले भने, ‘सत्ता साझेदार नेकपा एमालेसँग सहकार्य गरेर मन्त्रालय बाँडफाँटको टुङ्गो लगाउँछौं।’

सरकार गठन गृहकार्यमा एमाले

प्रदेशसभा बैठकसँगै सरकार गठनको गृहकार्य पनि अघि बढेको छ । प्रदेश ५ मा नेकपा एमालेले शंकर पोखरेललाई संसदीय दलको नेता चयन गरिसकेको छ । एमाले–माओवादी केन्द्रबीच भएको सहमतिअनुसार प्रदेश ५ सहित प्रदेश १, ३ र ४ मा एमाले र प्रदेश नम्बर ६ र सातमा माओवादीले मुख्यमन्त्री पाउने सहमति भएको छ । यो सहमतिअनुसार पोखरेल माओवादीको सहयोगमा प्रदेश ५ को मुख्यमन्त्री चुनिदैंछन्।

‘तातोपानी नाका खोल्न गृहकार्य हुँदैछ’

वाणिज्यमन्त्री मीनबहादुर विश्वकर्माले केरुङ नाका व्यवस्थापन गर्ने र भूकम्पपछि बन्द भएको तातोपानी नाका खोल्नका लागि गृहकार्य भइरहेको बताएका छन।

कांग्रेसको पाँच वर्षे गृहकार्य

देउवा मिलाएर राजनीति गर्न सिपालु छन् । उनले एकपटक पार्टी फुटाउन गरेको गल्तीबाहेक अरु काम मिलाएर राजनीतिको रथ हाँक्ने प्रयासमा गरेको भेटिन्छ ।

सरकार गठनमा फोरम - राजपाको गृहकार्य

प्रदेश २ मा सरकार बनाउन संघीय समाजवादी फोरम नेपाल र राष्ट्रिय जनता पार्टी नेपालले अनौचारिक गृहकार्य सुरू गरेका छन् ।

पार्टी एकतामा गृहकार्य जारी, निर्णायक वार्ताको प्रतीक्षा

एमाले र माओवादी केन्द्रबीचको एकताबारे आपसी गृहकार्य जारी रहे पनि दुवै पार्टीका अधिकांश नेता कसरी र कहिले एकता हुन्छ भन्नेमा स्पष्ट भइसकेका छैनन्। एकता प्रक्रियामा कुनै समस्या नरहेको र चाँडै एकता हुनेमा ढुक्क देखिएका ती नेताले पार्टीका अध्यक्षबीच यसबारे ठोस सहमतिको प्रतीक्षामा छन्।

वाम दलबीच चुनाव क्षेत्र बाँडफाँट गृहकार्य

एमाले र माओवादी केन्द्र गठबन्धनको संयुक्त कार्यदलले पहिलो चरणमा ३२ जिल्लाका निर्वाचन क्षेत्र बाँडफाँट गर्ने भएको छ । कार्यदलमा पहिला मंसिर १० गते पहिलो चरणमा चुनाव हुने निर्वाचन क्षेत्र बाँडफाँट गर्ने सहमति भएको छ ।

कांग्रेस सहित ६ दलको लोकतान्त्रिक गठवन्धन तयारी, गृहकार्यको लागि ७ सदस्यीय कार्यदल

नेकपा एमाले, माओवादी केन्द्र र नयाँ शक्तिले चुनावी तालमेल सहित पार्टी एकताको प्रक्रिया सुरु गरेको घोषणा गरेपछि सरकारमा रहेको नेपाली कांग्रेसले पनि लोकतान्त्रीक शक्तिहरुसँग तालमेलको पहल सुरु गरेको छ।

गृहकार्य समूह गठनले विद्यार्थी उत्साहित

छायाँनाथ रारा नगरपालिका वडा नम्बर ९ मा रहेको राष्ट्रिय माध्यामिक विद्यालय मुर्मामा एक वर्ष यता गृहकार्य समूह गठन गरे पछि विद्यार्थीहरु विद्यालयमा नियमित हुनुका साथै पढाईमा सुधार हुन थालेको छ।

गृहकार्यले थिचिएका नानी

विद्यार्थीलाई क्षमतावान् बनाउने नाममा विद्यालयले दिनहुँ दिने गरेको गृहकार्यका कारण विद्यार्थीहरू सकसमा पर्ने गरेका छन्। विद्यालयबाट फर्केपछि न उनीहरूसँग खेल्ने समय छ, न  विद्यालयमा भए गरेका गतिविधिबारे आफ्ना अभिभावकसँग अनुभव साटासाट गर्ने समय नै।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्