१९ असार २०८१ बुधबार
image/svg+xml

कांग्रेस-माओवादी तालमेल गृहकार्य

तालमेलका लागि कांग्रेसबाट रामशरण महत र ज्ञानेन्द्रबहादुर कार्की तथा माओवादी केन्द्रबाट कृष्णबहादुर महरा र वर्षमान पुनलाई जिम्मेवारी दिइएको छ।

एमालेबिनै दुईतिहाइ पुर्याउन गृहकार्य

सरकारले प्रमुख प्रतिपक्षी दल एमालेबिनै संविधान संशोधन विधेयक पारित गराउन गृहकार्य थालेको छ ।

एमाले–राप्रपा सहकार्य गृहकार्य

प्रमुख प्रतिपक्षी दल नेकपा एमाले र सत्तारूढ दल राष्ट्रिय प्रजातन्त्र पार्टीबीच स्थानीय चुनावमा सहकार्यका लागि छलफल थालेका छन् । एमाले संसदीय दलको कार्यालय सिंहदरबारमा मंगलबार दुवै पार्टीभित्र स्थानीय तहमा सहकार्य गरेर जाने विषयमा छलफल भएको थियो । ‘दुवै पक्षबीच के कसरी मिलेर जान सकिन्छ भन्ने विषयमा छलफल अघि बढेको छ’, बैठकमा सहभागी एक नेताले भने ।

कांग्रेसमा मनोनयन गृहकार्य

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले केन्द्रीय समिति, कार्य सम्पादन समिति र विभागहरूलाई पूर्णता दिने तयारी गरेका छन्। देउवा प्रदेश समिति निर्माण तयारीमा पनि लागेका छन्। देउवा निकट स्रोतका अनुसार मध्यपश्चिम क्षेत्रबाट काठमाडौ फर्केलगत्तै पार्टीका विभिन्न समिति र विभागलाई पूर्णता दिने गरी गृहकार्य भइरहेको छ। देउवा शनिबार काठमाडौं फर्कदै छन्।

परिमार्जन मस्यौदा बनाउन मधेसी मोर्चाको गृहकार्य

मधेसी मोर्चाले संसद्मा प्रस्तुत संविधान संशोधन विधेयकमा गरिनुपर्ने संशोधनबारे धारणा बनाउन गृहकार्य सुरु गरेको छ। संशोधन विधेयकको कुनकुन बुँदामा परिमार्जन गर्ने भन्नेबारे मोर्चाका दोस्रो तहका नेताहरूले छलफल सुरु गरेका छन्। उनीहरूले शीर्ष नेताहरूसँग छलफल गरेर परिमार्जनको मस्यौदा सरकारसमक्ष प्रस्ताव गर्ने भएका छन्।

विभाग गठन गर्न देउवाको गृहकार्य

नेपाली कांग्रेसको १३औं महाधिवेशन भएको नौ महिनापछि सभापति शेरबहादुर देउवाले पार्टीका विभाग गठनको गृहकार्य सुरु गरेका छन्। केही दिनभित्रै विभाग गठनलाई पूर्णता दिने तयारीका साथ देउवाले पार्टीका नेताहरूसँग छलफल अघि बढाएका छन्। महाधिवेशनको दुई महिनाभित्रै विभाग गठन हुनुपर्थ्यो।

'आठौं राष्ट्रिय खेलकुदको गृहकार्य सुरु'

दुई वर्षपछि मध्यपश्चिममा हुने आठौं राष्ट्रिय खेलकुदका लागि मध्य पश्चिम क्षेत्रीय खेलकुद विकास समितिले क्षेत्रका सरोकारवालासँग छलफल थालेको छ। प्रतियोगिता व्यवस्थापनको काम महत्वपूर्ण भएकाले सरोकारवालासँग सुझाव र परामर्श लिन सुरु गरिएको क्षेत्रीय अध्यक्ष भिम ओलीले बताए।

राज्यमन्त्री पठाउन कांग्रेसमा गृहकार्य

सत्तारूढ प्रमुख घटक नेपाली कांग्रेेस सरकारमा थप मन्त्री पठाउने गृहकार्यमा जुटेको छ। सरकारमा केही राज्यमन्त्री पठाउने कांग्रेसको तयारी छ। साथै केन्द्रीय कार्यसमितिलाई पूर्णता दिने र विभाग गठन प्रक्रिया अघि बढाउने तयारी पनि कांग्रेसले गरेको छ ।

फास्ट ट्र्याक आफैं बनाउन गृहकार्य

काठमाडौंलाई तराई/मधेससँग जोड्ने फास्ट ट्र्याक आफैं निर्माण गर्न भौतिक तथा पूर्वाधार मन्त्रालयले मन्त्रिपरिषद्मा प्रस्ताव गर्ने भएको छ। मन्त्रालयले भारतीय कम्पनीसँगको सम्झौता रद्द गरी फास्ट ट्र्याक स्वदेशी लगानीमै बनाउने निर्णय अनुमोदन गर्न आगामी मन्त्रिपरिषद् बैठकमा प्रस्ताव लैजाने तयारी गरेको हो।

तरुण दलमा सर्वसम्मत नेतृत्व चयन गर्न गृहकार्य

तरुण दलको नयाँ नेतृत्व सर्वसम्मतिबाट चयन गरिने भएको छ। पोखरामा जारी महाधिवेशनबाट नयाँ नेतृत्व सहमतिमा चयन गर्न पार्टी सभापति शेरबहादुर देउवा र नेता रामचन्द्र पौडेलबीच सहमति बनेको छ।  सभापति देउवा पक्षले दलको अध्यक्ष र नेता पौडेल पक्षले महासचिव लिने र अन्य पदमा पनि मिलाएरै लैजाने सहमति बनेको एक नेताले जानकारी दिए।

खेलकुद विश्वविद्यालयको गृहकार्य : मन्त्री

युवा तथा खेलकुद मन्त्रालयले खेलाडीको स्वास्थ्य र जीवन बिमा गर्ने तथा खेलकुद विश्वविद्यालय स्थापनाको गृहकार्य सुरु गरेको मन्त्री दलजीत श्रीपालीले बताएका छन् । मन्त्रालयले सोमबार खेलकुद विश्वविद्यालय र खेलाडी कल्याण कोष स्थापना, खेलाडीको जीवन तथा स्वास्थ्य बिमा गर्ने, खेलकुद अस्पताल वा खेलकुद मेडिसिन सेन्टर स्थापना गर्ने लगायतका निर्णय गरिसकेको र कार्यान्वयनका लागि मातहतको राष्ट्रिय खेलकुद परिषद (राखेप) लाई निर्देशन दिएको मन्त्री श्रीपालीले जानकारी गराए ।

संविधानमा सबैका भावनाको प्रतिनिधित्व गर्न सरकार संविधान संशोधनको गृहकार्यमा

नयाँ संविधानमा सबैका भावनाको प्रतिनिधित्व गर्ने प्रयोजनका लागि सरकार संविधान संशोधनको गम्भीर गृहकार्यमा जुटिरहेकाले संविधानको स्वीकार्यता बढाएर यसको कार्यान्वयन र मुलुकको समृद्धिका लागि यसले महत्वपूर्ण योगदान गर्ने आफूले विश्वास लिएको प्रधानमन्त्रीले बताएका छन्।

कात्तिक १७ अगाडि नै संविधान संशोधन प्रस्ताव दर्ताको गृहकार्य

संविधान संशोधनका विषयमा सहमति जुटाउन प्रधानमन्त्री पुष्पकमल दाहालले मधेसी मोर्चाका मुख्य नेतासँग अाज अाइतबार छलफल गर्दैछन्। भारतीय राष्ट्रपति प्रणव मुखर्जीको नेपाल भ्रमण क्रममा राजनीतिक सम्वाद हुने भएपछि प्रधानमन्त्री दाहालले संविधान संशोधनमा सहमति जुटाउन प्रयास तीब्र पारेका हुन्।

चीनबाट इन्धन ल्याउन नयाँ गृहकार्य

सरकारले चीनबाट इन्धन ल्याउननयाँ गृहकार्य सुरु गरेको छ। सरकारी स्वामित्वकै नेसनल ट्रेडिङ लिमिटेडलाई नेपाल आयल निगमको भगिनी संस्था बनाएर त्यसैमार्फत इन्धन आपूर्ति गर्ने तयारी थालेको आपूर्ति मन्त्रालयले जनाएको छ।

सरकार संविधान संशोधन गर्ने गृहकार्यमा जुटेको छ: नेता पोखरेल

नेकपा (माओवादी केन्द्र)का सचिव एवम् पूर्वमन्त्री गिरीराजमणि पोखरेलले असन्तुष्टहरुको माग सम्बोधन गर्नका लागि सरकारले तिहार अगाडि नै संविधान संशोधन गर्ने गृहकार्य सुरु गरेको बताएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्