१५ असार २०८१ शनिबार
image/svg+xml

पोखराः विद्यार्थी खाजामा महानगरको १० रुपैयाँ थप

पोखरा महानगरपालिकाले महानगर भित्रका सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीलाई खाजा खर्च वापत प्रति दिन १० रुपैयाँ थप्ने भएको छ। महानगरले संघ सरकारले प्रति दिन १५ रुपैयाँ दिने गरेकोमा त्यसमा १० रुपैयाँ थपिदिने भन्दै त्यसका लागि ४ करोड ३० लाख रुपैयाँ बजेट विनियोजन गरेको छ।

हेलम्बु गाउँपालिकाकी उपाध्यक्ष लम्सालको चेतावनी: माग पूरा नभएसम्म काठमाडौंमा पानी पठाउँदैनौँ

हेलम्बु गाउँपालिकाकी उपाध्यक्ष अप्सरा लम्सालले हेलम्बु—मेलम्चीवासीका मागहरू पूरा नगरेसम्म मेलम्चीको पानी काठमाडौंमा नपठाउने चेतावनी दिएकी छिन् ।

राज्यका तीन अंग एक अर्कालाई छल्न लागि परे: सभामुख घिमिरे

प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले कार्यपालिका, व्यवस्थापिका र न्यायपालिका तीनै अङ्गले एक अर्कालाई छल्न खोज्दा समस्या निम्तिरहेको बताएका छन्।

सयौं वर्ष पुरानो ‘लिंगो जुधाउने’ अनौठो संस्कृतिको निरन्तरता

म्याग्दीको रघुगंगा गाउँपालिका– ४ दग्नाममा दुई गाउँबीचमा ‘लिंगो जुधाउने’ अनौठो संस्कृतिले निरन्तरता पाएको छ।

नागरिक हक अधिकार संरक्षण गर्न न्यायपालिका कोसेढुंगा : प्रधानन्यायाधीश श्रेष्ठ

प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले न्यायपालिका नागरिकका हक अधिकार संरक्षण गर्ने सन्दर्भमा कोसेढुंगाका रूपमा रहेको बताएका छन्।

लोकसेवा पढाउँदै छत्रदेव गाउँपालिका

जिल्लाको छत्रदेव गाउँपालिकाले ५२ जनालाई निःशुल्क रूपमा लोकसेवा आयोग परीक्षा तयारी कक्षा सञ्चालन गरेको छ।

ग्लोबल आइएमई र बडीमालिका नगरपालिकाबीच सम्झौता

ग्लोबल आइएमई बैंक लिमिटेड र बडीमालिका नगरपालिकाबीच उद्यमशीलता र स्वरोजगारी प्रवद्र्धन गर्न पालिकाभित्रका उद्यमीलाई सरल रूपमा कर्जा प्रवाह गर्नेसम्बन्धी सम्झौतामा हस्ताक्षर भएकाे छ।

गोबर बेचेरै मनग्गे कमाउँछन् धनलाल बुढा

जुम्लाको चन्दननाथ नगरपालिका– ४ मालाभिडका २७ वर्षीय धनलाल बुढाको गोठमा ४ वटा भैंसी ४ वटा गाई छन्। हिमाली दुग्ध उत्पादन तथा प्रशोधन उद्योग चलाइरहेका बुढा नियमित दुध बेचेर राम्रै आम्दानी गर्छन्।

हुरीबताससँगै परेको चट्याङ लागेर बालकको मृत्यु

गयराति हुरीबताससँगै परेको चट्याङले उनको मृत्यु भएको सोही वडाका पूर्वअध्यक्ष खड्कबहादुर भण्डारीले बताए।

गृहमन्त्री गुहार्दै सुप्रिम सहकारीका पीडित

तिलोत्तमा नगरपालिका– २ जानकीनगरका सुप्रिम सहकारीका पीडितहरूजिबी राई (गितेन्द्रबाबु) र गृहमन्त्री रवि लामिछाने मिलेर आफूहरूलाई ठगेको भन्दै आक्रोश पोखिरहेका छन्।

महाङ्काल प्रकाश दाहाल स्मृति बाग्मती प्रदेशस्तरीय अन्तरपालिका भलिबलको सेमिफाइनलमा

घरेलु टोली महाङ्काल गाउँपालिका सोमबार प्रथम प्रकाश दाहाल स्मृति बाग्मती प्रदेशस्तरीय अन्तरपालिका भलिबल प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ।

सेनवंशी राजाले प्रयोग गरेको तोप संरक्षणको पर्खाइमा

तनहुँको व्यास नगरपालिका–११ स्थित ऐतिहासिक तनहुँसुर दरबारमा रहेको तोप संरक्षणको अभावमा जीर्ण बन्न थालेको छ।

इच्छाकामनामा ‘कोल्डड्रिंक्स’ निषेध, पाहुनालाई मोहीले स्वागत

चितवनको इच्छाकामना गाउँपालिकाले गाउँपालिका कार्यालयमा ‘कोल्डड्रिंक्स’ निषेध गरेको छ।

दुई महिनादेखि विद्युत् उत्पादन बन्द, दैनिक आठ लाख घाटा

पश्चिम नवलपरासीमा रहेको गण्डक जलविद्युत् केन्द्रको विद्युत् उत्पादन पूर्णरुपमा बन्द रहेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्