गौसंरक्षण केन्द्रमा सामूहिक गौपूजन
श्रीवागेश्वरी आध्यात्मिक परिषद योगी नरहरिनाथ आश्रमबाट सञ्चालित योगी नरहरिनाथ गौ संरक्षण केन्द्रको आयोजनामा सामूहिक गौपूजन एवं भोजनालय तथा वाचनालय भवनको आज उद्घाटन गरिएको छ।
श्रीवागेश्वरी आध्यात्मिक परिषद योगी नरहरिनाथ आश्रमबाट सञ्चालित योगी नरहरिनाथ गौ संरक्षण केन्द्रको आयोजनामा सामूहिक गौपूजन एवं भोजनालय तथा वाचनालय भवनको आज उद्घाटन गरिएको छ।
पछिल्लो समयमात्र हैन, अघि अघिदेखि नै खासगरी सरकारी जग्गा किर्ते गरेर खाने चलन नौलो हैन। यसमा मालपोत, भूमि सुधार, नापी जस्ता जग्गासँग सम्बन्धित कर्मचारी सहभागी हुन्छन्।
वन तथा वातावरणमन्त्री शक्ति बस्नेतले हिमचितुवा संरक्षणलाई नेपालले उच्च प्राथमिकता दिएको बताएका छन्।
एशियाकै सबैभन्दा ठूलो शिला शालिग्राम संरक्षणको अभावमा जीर्ण बन्दै गएको छ। गुल्मी, अर्घाखाँची र पर्वतको सङ्गमस्थल कालीगण्डकी नदीमा रहेको शिला शालिग्राम संरक्षणको अभावमा जीर्ण बन्दै गएको हो।
गत असोज ३ गते काठमाडौं महानगर क्षेत्रका सडकपेटीमा करिब ६ सय बिरुवा रोपिए। काठमाडौं महानगरपालिका र नेपाली सेनाले विष्णुमति करिडोर, बागदरबार, त्रिपुरेश्वर, आर्मी ब्यारेक, स्वयम्भू आसपासका क्षेत्रमा वृक्षारोपण गरेको थियो।
सर्वाेच्च अदालतले राष्ट्रिय जनावर गाईको संरक्षण गर्न सरकारका नाममा परमादेश जारी गरेको छ।
राजनीतिक संरक्षण र पैसाको दम्भमा व्यवसायीले अवैध रूपमा क्रसर तथा बालुवा प्रशोधन केन्द्र सञ्चालन गर्दै आएका छन्। निजगढ नगरपालिका क्षेत्रमा आधा दर्जनभन्दा बढी क्रसर तथा बालुवा प्रशोधन केन्द्र नवीकरणबिनै गैरकानुनी रूपमा निर्बाध रूपमा सञ्चालन गरिएको पाइएको छ।
जलवायु परिवर्तनको असर कम गर्न पोखरी संरक्षण कार्य शुरु गरिएको छ।
सरकारले बजार अनुगमनलाई तीव्रता दिने भनिरहँदा यसलाई नियमन गर्न बनेको उपभोक्ता संरक्षण ऐन २०७५ कार्यान्वयनको अवस्था कमजोर छ। ऐन जारी भएको एक वर्ष पूरा हुँदा ऐनमा व्यवस्था भएको केन्द्रीय अनुगमन समिति गठन भए पनि त्यसले पूर्णता पाउन सकेको छैन, उपभोक्ता संरक्षणको परिषद् गठनको अवस्था पनि उस्तै छ।
गजुरी गाउँपालिका–७ र ८ का धानखेतमा चर्ने यो गरुड दुर्लभ र लोपोन्मुख हो भन्न्ने थाहा पाएपछि विद्यार्थी, स्थानीय र स्थानीय तह संरक्षणमा जुटेका हुन्।
काठमाडौं महानगर क्षेत्रभित्रका विभिन्न साँस्कृतिक बाजा, भाषा र संस्कृतिको संरक्षण–संवर्द्धन गर्ने उद्देश्यले काठमाडौं महानगरपालिकाले सोमबार २३ वटा गुँलाबाजा समूहलाई आर्थिक सहयोग हस्तान्तरण गरेको छ। महानगरपालिका प्रमुख विद्यासुन्दर शाक्यले रु एक–एक लाखका दरले २३ वटा समूहलाई रकम हस्तान्तरण गरेका हुन्।
विद्यालय वरपरका खेतबारीमा सधैँ जसो देखा पर्ने चराचुरुङगी तथा पन्छीलाई ढुङगा र गुलेलीले हानेर धपाउने विद्यार्थीहरु संरक्षणमा जुटेका छन्।
खानीहरूको सम्भाव्यता अध्ययन गर्न सम्बन्धित निकायले चासो देखाएका छैन्। तर रुम र लुलाङमा रहेका स्लेट खानीबाट परम्परागत रूपमा उत्खनन भने भइरहेको छ। भगवतीको खरिढुङ्गा खानी वर्षौंदेखि बन्द छ। त्यसैगरी ओखरबोटको तामाखानी आधा दशकदेखि बन्द अवस्थामा रहेको छ।
वीरेन्द्रनगरको तल्लो तटीय क्षेत्रको निकास खोला संरक्षणका लागि स्थानीयहरु जुटेका छन्। वीरेन्द्रनगर नगरपालिका वडा नम्वर–२ र ९ का बासिन्दा निकास खोला संरक्षणमा जुटेका हुन्।
नेपालबाट भारततिर डिजेल तस्करी गर्दै गरेको अवस्थामा त्यतिबेला प्रहरीले नियन्त्रणमा लिन खोज्दा सीमा आरपारका तेल तस्करले आक्रमण गरेका थिए।