१० मंसिर २०८१ सोमबार
image/svg+xml

काष्ठमण्डप पुनर्निर्माण ६० प्रतिशत सम्पन्न

२०७२ वैशाख १२ गतेको भूकम्पबाट पूर्ण रुपमा क्षति भएको काठमाडौंको वसन्तपुरस्थित काष्ठमण्डपको पुनर्निर्माण ढिलो गरी सुरु भएपनि अहिले भने निर्माण कार्यले गति लिएको छ । अहिले सम्म करिब ७ करोड रुपैयाँ खर्च भइसकेको छ भने करिब ६० प्रतिशत निर्माण कार्य सम्पन्न भएको काष्ठमण्डप पुननिर्माण समितिले बताएको छ ।

लकडाउनले धकेलिने भो धरहरा पुनर्निर्माण

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले सन् २०२० अक्टोबरभित्रै धरहरा पुनर्निर्माण सम्पन्न गर्ने लक्ष्य राखेको थियो। गत चैत ११ गतेदेखि भएको लकडाउनले धरहरा पुनर्निर्माणको कार्य तोकिएको समयभित्रै सम्पन्न नहुने लगभग निश्चित भएको छ।

सकियो च्याम्हासिंह प्रवेशद्वार पुनर्निर्माण

पूर्वी नाकाबाट भक्तपुर नगर प्रवेश गर्ने प्रमुख च्याम्हासिंह प्रवेशद्वारको पुनर्निर्माण कार्य सम्पन्न भएको छ । भक्तपुर नगरपालिका–९ स्थित प्रवेशद्वारको छाना छाउने काम सम्पन्न भएसँगै प्रवेशद्वार पुनर्निर्माण कार्य सम्पन्न भएको हो । २०७२ सालको महाभूकम्पबाट प्रवेशद्वार भत्केको थियो ।

पाँंचतले मन्दिरको पुनर्निर्माणमा स्काउट लिडर

नेपाल स्काउट जिल्ला समिति भक्तपुरका स्काउट लिडरहरु बुधबार प्रसिद्ध पाँंचतले मन्दिरको जिर्णाेद्धारको श्रमदानमा जुटेको छन् । लकडाउनदेखि प्रत्येक दिन फरकफरक काममा जुट्दै आएका उनीहरु पाँचतले मन्दिरको जिर्णाेद्धारमा खटिएको स्काउट जिल्ला समिति भक्तपुरका प्रमुख आयुक्त रामगोपाल कर्माचार्यले बताए ।

अलपत्र पुनःनिर्माणले सधैं सम्झाउँछ भूकम्प

२०७४ कात्तिकमा ठेक्का सम्झौता भएर निर्माण सुरु भएको दरबारको काम २४ महिनामा मासिक करिब एक प्रतिशतको दरले मात्रै भएको छ । यही समय र गतिअनुसार दरबार पुनःनिर्माण हुने हो भने अझै पाँच वर्ष लाग्छ । यस्तो पृष्ठभूमिमा पुरात्त्व विभागले ठेकेदारलाई र ठेकेदारले पुरात्त्व विभागलाई पुनःनिर्माण ढिलाइ हुनुको आरोप लगाउने गर्छन् ।

‘वाटरपार्क’ निर्माणको काम शुरु

लकडाउनका आधारभूत मापदण्ड पालना गर्दै स्थानीय श्रमिकको प्रयोग गरी यहाँ वाटरपार्क सौन्दर्य अभिवृद्धिको काम शुरु गरिएको छ । केही दिनअघि नेपालगञ्ज उपमहानगरपालिकाले लकडाउनका कारण समस्यामा परेका विपन्न समुदायका नागरिकलाई राहतका सट्टा उपभोक्ता समितिमार्फत रोजगार दिने निर्णय गरेअनुसार वाटरपार्कमा पहिलो दिनमा ५१ जनाले काम पाएका छन् ।

१३ हजार गुनासो सम्बोधन

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले १३ हजार तीन सय ८५ गुनासो सम्बोधन गरी एक हजार सात सय पाँच पुनर्निर्माण लाभग्राही थप गर्ने निर्णय गरेको छ।

पुनर्निर्माणमा १७ सय लाभग्राही थपिए

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले १३ हजार तीन ८५ गुनासो सम्बोधन गरी एक हजार सात सय पाँच पुनर्निर्माण लाभग्राही थप गर्ने निर्णय गरेको छ।

'घर बनाउन समय तोक्ने पैसा चाँही रोक्ने'

‘घर बनाएर सकेको तीन महिना भयो, भूकम्पको तेस्रो किस्ता लिन धाएको दुई पटक भो, अहिले पनि पैसा छैन भनेर फर्काउँछन्’ गोरखा नगरपालिका वडा नम्बर ९ का हरी खत्रीले भने। ‘घर बनाउन चाँही समय तोक्ने बनाएपछि पैसा छैन भन्दै रोक्ने?’ पुनर्निर्माण प्राधिकरण अन्र्तगतको अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार इकाईमा भेटिएका उनले गुनासो गर्दै भने।

मच्छिन्द्रनाथको पुनर्निर्माण छिट्टै अघि बढाइने

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले पुरातत्व विभागलाई ललितपुर महानगरपालिकामा पठाउनु भनी दुई महिनाअघि लेखेको रातो मच्छिन्द्रनाथ मन्दिर पुनर्निर्माण विषयक उपभोक्ता समिति गठन गर्ने पत्र यही फागुन १९ गते प्राप्त भएको छ।

रातो मच्छिन्द्रनाथ उपभोक्ता समितिमार्फत पुनर्निर्माण गरिने

२०७२ सालको गोरखा भूकम्प गएको पाँच वर्ष हुन लाग्दा ललितपुर महानगरपालिका–२२ बुंमतीस्थित रातो मच्छिन्द्रनाथ मन्दिरको अझै पुनर्निर्माण हुनसकेको छैन।

ठडिए भूकम्पले ढलेका सरकारी कार्यालय

२०७२ वैशाख १२ को भूकम्पले क्षतिग्रस्त बनाएकामध्ये १३ कार्यालय भवन पुनर्निर्माण गरिएका छन्। बाँकी आठवटा भवन नयाँ बनको छन्।

ठडिए सरकारी कार्यालय

बिनासकारी भूकम्पले क्षतिग्रस्त बनाएका प्रशासनिक केन्द्र सदरमुकाम चौताराका सरकारी कार्यालय ठडिएका छन्। भूकम्पपछिको पुनर्निर्माण अन्तर्गत सदरमुकाममा २१ सरकारी कार्यालय बनेका हुन्।

७० प्रतिशत भूकम्पपीडितलाई तेस्रो किस्ता प्रदान : प्रमुख ज्ञवाली

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले निजी आवास र्निर्माणका लागि अनुदान बुझी आवास र्निर्माण हुन नसकेको परिवारको खोजी हुने बताएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्