९ मंसिर २०८१ आइतबार
image/svg+xml

चुरे छेउमा जडिबुटी प्रशोधन केन्द्र

कञ्चनपुरको भीमदत्त नगरपालिका ३ तिलकपुरमा जडीबुटी प्रशोधन केन्द्र स्थपना गरिएको छ। जंगली जनावरसंगको द्वन्द्व न्युनिकरण गर्ने उद्देश्यले त्यसको विकल्पका रुपमा प्रशोधन केन्द्र स्थापना स्थापना गरिएको हो। सहिद स्मृति सामुदायिक वनको परिसरमा प्रशोधन केन्द्र स्थापना गरिएको छ। देशका ६ जिल्लामा जडिबुटी विकास कार्यक्रम दिगो कृषि तथा जैविक स्रोतका लागि एनएसएसिब संस्थाले यो कार्यक्रम थालेको हो।

औषधिजन्य जडिबुटीको उत्पादन वर्षेनी घट्दै

इलाममा वर्षेनी औषधिजन्य जडिबुटीको उत्पादन घट्दै गएको छ। चिराइतोलगायत जडिबुटीमा मिसावट भेटिनु र तिनको भाउ घट्नुजस्ता कारणले किसानले जडिबुटी खेती घटाउँदै लगेका हुन्।

डोल्पाको एकमात्र जडिबुटी प्रशोधन केन्द्र बन्द

डोल्पाकै एक मात्र जडिबुटी प्रशोधन केन्द्र बन्द हुँदा यहाँका जडिबुटी व्यवसायी मर्कामा परेका छन्। जिल्लामै जडिबुटी प्रशोधन गर्ने उदेश्यले त्रिपुरासुन्दरी नगरपालिका १ मा पर्ने खातीज्युलामा २०५५ सालमा स्थापना गरिएको त्रिपुरासुन्दरी जडिबुटी संकलन तथा प्रशोधन केन्द्र १८ वर्षदेखि बन्द हुँदा डोल्पाली जडिबुटी व्यवसायी मर्कामा परेका हुन्।

जडिबुटी सहित चिनियाँ नागरिक पक्राउ

अवैध बनपैदावर सहित चिनियाँ नागरिकलाई प्रहरीले पक्राउ गरेको छ। ठमेलस्थित अन होटल संचालन गरी बस्ने ४५ वर्षीय चेन छ्याङलाई विभिन्न निषेधित जडिबुटीहरुको कारोबार गर्दै आएको सूचनाको आधारमा पक्राउ गरिएको प्रहरीले जनाएको छ।

फेदीमा व्यवसायीक रुपमा जडिबुटी खेती

खोटाङको केपीलासगढी गाउँपालिका–१ फेदीका नरजित राईले व्यवसायीक रुपमा जडिबुटी खेती सुरु गरेका छन्।

जल, जंगल र जडिबुटी

नेपालको कुल ३३ प्रतिशत भूगोल ओगटेको कर्णाली प्रदेशका ५२ प्रतिशत जनता अझै गरिबीको रेखामुनि छन्। राष्ट्रिय योजना आयोग र अक्सफोर्ड विश्वविद्यालयको पोभर्टी एन्ड ह्युमन डेभलपमेन्ट इनिसिएटिभले संयुक्तरुपमा गरेको बहुआयामिक गरिबी मापनमा कर्णाली प्रदेशमा ५१.२ प्रतिशत जनता गरिब रहेको देखाएको छ।

जडिबुटीको रस खाँदा बैतडीमा एक जनाको मृत्यु

बैतडीको उत्तरी च्वागड क्षेत्रको थलाकाँडा-१ बजाडामा जडिबुटीको रस खाँदा एक जनाको मृत्यु भएको छ। एक जनाको अवस्था चिन्ताजनक छ। शनिबार बेलुका ७ बजे आकाशबेलीनामक जडीबुटी खाँदा २३ बर्षीय दिपेन्द्र रोकायाको मृत्यु भएको छ।

कस्तुरीको बिना र जडिबुटीसहित दुई पक्राउ

सिन्धुपाल्चोक सुनखानी गाविस–८ बस्ने ३१ वर्षीय कार्साङ लामा र जुम्ला सिंजा नराकोट गाबिस–८ बस्ने १८ वर्षीय लोकेश बुढा क्षेत्रीलाई कस्तुरीको बिना र अन्य जडिबुटीसहित प्रहरीले पक्राउ गरेको छ। केन्द्रीय अनुसन्धान ब्यूरोको प्रहरी टोलीले आइतबार उनीहरुलाई पक्राउ गरेको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्