coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

चुरे छेउमा जडिबुटी प्रशोधन केन्द्र

महेन्द्रनगर– कञ्चनपुरको भीमदत्त नगरपालिका ३ तिलकपुरमा जडीबुटी प्रशोधन केन्द्र स्थपना गरिएको छ। 

जंगली जनावरसंगको द्वन्द्व न्युनिकरण गर्ने उद्देश्यले त्यसको विकल्पका रुपमा प्रशोधन केन्द्र स्थापना स्थापना गरिएको हो। सहिद स्मृति सामुदायिक वनको परिसरमा प्रशोधन केन्द्र स्थापना गरिएको छ। देशका ६ जिल्लामा जडिबुटी विकास कार्यक्रम दिगो कृषि तथा जैविक स्रोतका लागि एनएसएसिब संस्थाले यो कार्यक्रम थालेको हो। 

मेन्था, केमोमाइल, कुरिलो, तेजपत्ता प्रशोधनका लागि केन्द्र स्थपना गरिएको संस्थाका संयोजक डा. नविनराज जोशीले बताए। वनस्पती विभागले गाईड लाइन बनाएर प्रोत्साहन गरेको उनले बताए। उत्पादन, प्रशोधन र बजारीकरणमा जोड दिन यस क्षेत्रमा प्रशोधन केन्द्र स्थपना गरिएको उनको भनाई छ।

सामुदायिक वनका अध्यक्ष कर्णबहादुर बिष्टले यहाँ जंगली जनावरको बढी समस्या भएकाले धान गहुँ खेतीेको विकल्पका रुपमा जडीबुटी खेती भएको बताए। ‘जंगली जनावरसंग सधै यहाँका जनाको संघर्ष छ। त्यसको विकल्प जडिबुटी खेती आएको छ। यसले त्यो भन्दा राम्रो आय आर्जन हुन्छ’, उनले थपे।

जिल्लाका वेदकोट, शुक्लाफाँटा र महाकालीमा यसअघि नै प्रशोधन केन्द्र स्थापना गरि जडीबुटी खेतीको थालनी भैसकेको छ। यस क्षेत्रमा अतिबृष्टि र खडेरीका समस्याले यसको सुरुवात गरिएको अध्यक्ष बिष्टले बताए। 

यस बर्ष यस क्षेत्रको १० देखि १५ विघामा जडिबुटी लगाउने योजना छ। यहाँ झण्डै ४० परिवारको बसोबास छ। गहुँ धान भन्दा जडीबुटी खेतीबाट राम्रो आम्दानी हुने भएकाले यसतर्फ लागेको उनले जानकारी गराए। 

एक कठ्ठामा तीन केजीदेखि चारसम्म तेल उत्पादन गर्न सकिने डा. जोशीले बताए। केमामाइलको प्रतिकेजी मूल्य ५५ देखि ६० हजार बजार मुल्य रहेको समेत उनले जानकारी गराए। 

यस कार्यमा विउ र प्राविधिक सहयोग संस्थाले गर्ने डा. जोशीले जानकारी गराए। प्लान्ट स्थापनामा १० देखि १५ लाख खर्च लाग्ने र त्यसमा संस्थाले २० प्रतिशत व्यहोर्ने उनले बताए। यहाँ सिंचाई समस्या भएकाले टयुववेल समेत जडान गर्न लागिएको छ। तीलकपुरमा छ÷सात टयुववेल भए सिंचाइ समस्या टर्ने स्थानीय बताउँछन्।

प्रकाशित: ९ आश्विन २०७५ ११:२६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App