२१ आश्विन २०८१ सोमबार
image/svg+xml

मौरिटानिया नजिक डुङ्गा दुर्घटना, ५८ जना आप्रवासीको मृत्यु

अफ्रिकी मुलुक गाम्बियाबाट युरोप जान लागेका आप्रवासीहरु चढेको डुङ्गा मौरिटानिया नजिक एटलान्टिक महासागरमा बिहीबार दुर्घटनाग्रस्त हुँदा ५८ जनाको मृत्यु भएको छ।

मुस्ताङमा भारतीय नागरिकको मृत्यु

मुस्ताङमा बुधबार एक भारतीय नागरिकको मृत्यु भएको छ। भारतको छत्तिसगढको रायपुर बस्ने ६१ वर्षीया सरालु नाडुको मृत्यु भएको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले जनाएको छ।

ताप्लेजुङ सदरमुकामस्थित होटलमा एक पुरुष मृत फेला

सदरमुकाम फुङ्लिङको तोक्मेस्थित तागेरा होटलमा एक पुरुष मृत भेटिएका छन्। मोरङको पथरी शनिश्चरे नगरपालिका वडा नं ९ बस्ने ३६ वर्षिय भीमकुमार मादेन लिम्बू मृत भेटिएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका सूचना अधिकारी समेत रहेका प्रहरी निरीक्षक बिष्णुबहादुर खड्काले जानकारी दिए।

कामुरी आँधीबाट १७ जनाको मृत्यु

फिलिपिन्समा गत सोमबारबाट सुरु भएको आँधीका कारण मृत्यु हुनेको संख्या १७ पुगेको छ। ‘कामुरी’ नामको सो आँधीबाट हजारौंको संख्यामा रहेका स्थानीयवासी विस्थापित पनि भएको फिलिपिन्सको मौसम विज्ञान विभाग (पागासा)ले बताएको छ।

खोप लगाएपछि शिशुको मृत्यु

खोप लगाएको १२ घण्टा नबित्दै जोरायल गाउँपालिकामा एक शिशुको मृत्यु भएको छ। जोरायल गाउँपालिका–१ का टेकबहादुर मल्लका चार महिनाका नाती प्रविण मल्लको ज्यान गएको हो।

जिप दुर्घटनामा १४ को मृत्यु

कूलपूजा गर्न गुल्मीको इस्माबाट कार्की बन्धु र उनीहरूका कुटुम्ब बोकेर बागलुङको निशीखोलातर्फ हिँडेको जिप बडीगाडमा दुर्घटनाग्रस्त हुँदा चालकसहित १४ जनाको ज्यान गएको हो।

घरसँगै जलेर वृद्धाको मृत्यु

जिल्लाको फाल्गुनन्द गाँउपालिका–४ मेमेङमा घरसँगै जलेर एक वृद्धाको मृत्यु भएको छ। एक्लै घरमा बस्ने ७० बर्षिय टकरानी थाम्सुहाङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालाय पाँचथरका प्रहरी निरीक्षक अनिल पौडेलले जानकारी दिए।

टिप्परकाे ठक्करबाट पैदल यात्रीकाे मृत्यु

मध्यपुर थिमिको राधेराधेबाट भक्तपुर नगरपालिका–१ सल्लाघारीतर्फको सर्भिस ट्र्याकमा टिप्परले ठक्कर दिँदा पैदल यात्री उदयपुर चौदण्डीगढी नगरपालिका घर भएका २७ वर्षीय समीर विकको मृत्यु भएको छ।

अछाममा छाउगोठभित्रै युवतीको मृत्यु

अछामको साफेबगर नगरपालिका वडा नम्वर ३ सिद्धेश्वर डिक्रेनिमा सोमबार एक युवतीको छाउपडी गोठमा मृत्यु भएको छ।

एचआईभी एड्सका कारण कम्बोडियामा गत बर्ष १३ सयको मृत्यु

एचआईभी एड्सका कारण कम्बोडियामा गत बर्ष सन् २०१८ मा मात्रै १३ सय भन्दा बढीको मृत्यु भएको छ । सन् २०१० को तुलनामा यो तथ्याङ्क ४८ प्रतिशत कम भएको अधिकारीहरुले आइतबार जनाएका छन् । त्यतिबेला २५ सयभन्दा बढीको एचआईभी एड्सका कारण मृत्यु हुने गरेको डरलाग्दो तथ्याङ्क रहेको राष्ट्रिय एड्स प्राधिकरणका अध्यक्ष आइङ मौलीले जानकारी दिए ।

मलेसिया पुगेको चार महिना नबित्दै युवाको मृत्यु

मलेसियामा खोटाङका एक युवाको मृत्यु भएको छ। जन्तेढुंगा गाउँपालिका–५ चिसापानी खुटाका २८ वर्षीय टंकबहादुर सार्की सुतेकै ठाउँमा मृत फेला परेका हुन्।

जङ्गली हात्तीको आक्रमणमा वनका चौकीदारको मृत्यु

जङ्गली हात्तीको आक्रमणबाट पाथीभरा सामुदायिक वनका चौकीदार कैयाराम क्षेत्रीको गए राति मृत्यु भएको छ।

दैलेखमा माइक्राे बस दुर्घटना, ३ जनाको मृत्यु

दैलेखको गुरासेँ गाउँपालिका ४ मुग्राभन्ने स्थानमा हाइस दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ। सुर्खेतदेखि दैलेख आउँदै गरेको भे१ज १०२९ नम्बरको हाइस दुर्घटना शुक्रबार बिहान भएको हो।

एक महिनामै ४९ जनाको मृत्यु

कपिलवस्तु बाणगंगाकी २४ वर्षीया विमला पोखरेल सुत्केरी अवस्थामा माइत बसेर बुधबार सन्धिखर्कस्थित घर फर्कंदै थिइन्। दुई छोराहरू तीन वर्षीय स्पर्श र तीनमहिने शोभाकरलाई लिएर घर फर्कंदै गर्दा उनी चढेको बस नरपानी भन्ने ठाउँमा आइपुग्दा दुर्घटनामा प-यो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्