२१ आश्विन २०८१ सोमबार
image/svg+xml

एकै दिन २५ को मृत्यु

इराकमा एकै दिन २५ भ्रष्टाचारविरोधी प्रदर्शनकारीको मृत्यु भएको छ। भ्रष्टाचारको विरोधमा प्रदर्शनमा उत्रिएका २५ प्रदर्शनकारीको एकै दिनमा मृत्यु भएपछि प्रधानमन्त्री अदेल अब्देल मेहदीले दक्षिण इराकको जिम्मेवारी दिँदै कमान्डरको रूपमा खटाएका सैनिक अधिकृतलाई जिम्मेवारीबाट हटाउँदै पदबाटसमेत बर्खास्तका लागि सिफारिस गरेका छन्। बर्खास्त गरिएका कमान्डरलाई बिहीबार नै नासिरियाका लागि खटाइएको छ।

आँगनमै असुरक्षित सर्वसाधारण

कञ्चनपुर कृष्णपुर नगरपालिका–२ वाणीमा ३२ वर्षीय रामबहादुर रोकाय र रामबहादुर ठगुन्ना गत शुक्रबार घरनजिकै पैदल हिँडिरहेका थिए। तीव्र आएको एक गाडीले दुवैजनालाई ठक्कर दियो।

जेब्राक्रस कि मृत्युरेखा ?

कतिपय मुलुकमा जेब्राक्रसमा सवारीसाधनले ठक्कर दिएर पैदलयात्रुको मृत्यु भएमा हत्या मानी चालकलाई सोहीअनुसारको कारबाही हुन्छ। नेपालमा भने जेब्राक्रस वा अन्यत्र ठक्कर दिए पनि एकै किसिमको सजाय हुने भएकाले चालकको लापरबाही कम हुन सकेको छैन।

ट्रकको ठक्करबाट एकको मृत्यु

पूर्वी चितवनको राप्ती नगरपालिका–७ खुरखुरेमा मोटरसाइकललाई ट्रकले ठक्कर दिँदा एकजनाको मृत्यु भएको छ। सो दुर्घटनामा एक जना घाइते भएका छन्।

अफगानिस्तानमा आक्रमण, १५ सर्वसाधारणको मृत्यु

उत्तरी अफगानिस्तानमा तालिबान लडाकू समूहले बुधबार गरेको बारुदी सुरुङ आक्रमणमा परी कम्तीमा १५ व्यक्तिको मृत्यु भएको छ। सो आक्रमणमा परी आठ बालबालिकासहित १५ जनाको ज्यान गएको प्रहरीले जनाएको छ।

सात जनालाई मृत्युदण्डको फैसला

सन् २०१६ को जुलाईमा राजधानी ढाकास्थित होली आर्टिजन बेकरी क्याफेमा अत्याधुनिक राइफलसहितका इस्लामिक जिहादी युवाले अन्धाधुन्ध गोली चलाई विदेशी नागरिकको हत्या गरेका थिए।

अर्घाखाँची बस दुर्घटना अपडेटः मृतकको संख्या १७ पुग्यो (फोटो फिचर)

अर्घाखाँचीको सन्धिखर्क नगरपालिका–६, नरपानीमा भएको बस दुर्घटनामा मृत्यु हुने १७ पुगेको छ।

बंगलादेशमा अतिवादी समूहका सात जनालाई मृत्युदण्डको सजाय

बंगलादेशको एक अदालतले मुस्लिम अतिवादी समूहमा आवद्ध सात जनालाई मृत्युदण्ड दिने फैसला सुनाएको छ। बंगलादेशको राजधानी ढाकास्थित एक क्याफेमा सन् २०१६ मा भएको आक्रमणमा १८ जना विदेशी सहित २२ जनाको हत्या गरेको यस समूहमाथि आरोप छ।

एड्सका कारण विश्वभर दैनिक ३२० बालबालिका र किशोर किशोरीको मृत्यु

प्राणघातक एड्स रोगका कारण सन् २०१८ मा औसत दैनिक ३ सय २० बालबालिका र किशोर किशोरीहरुको मृत्यु भएको पाइएको छ।

स्वास्थ्य संस्थामै चार महिनामा चार जना सुत्केरीको मृत्यु

गएको साउन यता जिल्लामा चार जना सुत्केरीको ज्यान गएको छ। सुरक्षित सुत्केरी गराउन पुर्‍याइएको स्वास्थ्य संस्था मै चार जना सुत्केरीको ज्यान गएको हो। ती मध्ये २ जना जिल्ला अस्पताल र २ जनाको गाउँकै स्वास्थ्यमा उपचारकै क्रममा ज्यान गएको अस्पताल श्रोतले बताएको छ।

हेलिकोप्टर दुर्घटनामा फ्रान्सका १३ सैनिकको मृत्यु

अफ्रिकी मुलुक मालीको तनाबग्रस्त उत्तरी क्षेत्रमा विद्रोहीविरूद्धको कारबाहीमा प्रयोग गरिएका दुई हेलीकोप्टर एक आपसमा ठोक्किँदा सोमबार १३ सैनिकको मृत्यु भएको बताइएको छ। फ्रान्सले यसलाई विगत चार दशकमा आफ्नो सैनिकहरूकोे एउटै घटनामा भएको सबैभन्दा ठूलो क्षति भनेको छ।

बालसाहित्यकार कसजूको निधन

राष्ट्रिय सूचना आयोगका पूर्व प्रमुख आयुक्त तथा राष्ट्रिय समाचार समिति (रासस) का पूर्व सञ्चालक समिति सदस्य विनयकुमार कसजूको मंगलबार निधन भएको छ।

अवैधरुपमा रूपमा क्लिनिक सञ्चालन गरी उपचार गर्दा दुईको मृत्यु

बाँकेको नरैनापुर गाउँपालिकामा ‘झोले चिकित्सक’ले उपचार गर्ने क्रममा दुईको मृत्यु भएपछि नरैनापुर क्षेत्रमा रहेका अवैध क्लिनिक बन्द गर्न निर्देशन दिइएको छ।

अल्बानियामा भूकम्प : चारको मृत्यु, १५० घाइते

अल्बानीयामा मङ्गलबार बिहान आएको भूकम्पमा परी कम्तीमा चार जनाको मृत्यु भएको छ।

केन्याको पहिरोमा परी मृत्यु हुनेको संख्या ६० पुग्यो

केन्यामा पहिरोका कारण मृत्यु हुनेको संख्या ६० पुगेको छ। अत्याधिक वर्षाका कारण केन्याको उत्तरपश्चिमी क्षेत्रमा ठूलो पहिरो गएको अधिकारीले जानकारी दिएका छन्। उनीहरुका अनुसार बाढी र पहिरोमा परी अन्य सात जना अझै पनि बेपत्ता रहेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्