२२ आश्विन २०८१ मंगलबार
image/svg+xml

कोरोना संक्रमणबाट विश्वभर १३ हजार ६ सयभन्दा बढीको मृत्यु

विश्वभर फैलिएको कोरोना भाइरस (कोभिड–१९)को संक्रमणबाट विश्वभर १३ हजार ६ सय भन्दा बढीको ज्यान गएको छ।

आबुखैरेनीमा बस दुर्घटना : तीनकाे मृत्यु, १२ जना घाइते

आबुखैरेनीमा यात्रुवाहक बस दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ। भने १२ जना घाइते भएका छन्। पोखराबाट नेपालगञ्जतर्फ जाँदै गरेको ना.५. ख. ४२९४ नम्बर यात्रुवाहक बस आबुखैरेनी गाउँपालिका ऐना पहरामा दुर्घटना भएको हो।

मिनीट्रकले ठक्कर दिँदा बाबुछोराको मृत्यु

काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–१३ भैँसेपाटीस्थित अरनिको राजमार्गमा मिनीट्रकले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको प्रहरीले जनाएको छ।

ट्रकको ठक्करबाट एकको मृत्यु

पूर्व–पश्चिम राजमार्ग अन्तर्गत हरिवन नगरपालिकाको सुखेपोखरीमा ट्रकको ठक्करबाट शनिबार एक जनाको मृत्यु भएको छ।

ट्रकको ठक्करबाट पैदल यात्रुको मृत्यु

हरिवनमा ट्रकको ठक्करबाट एकजनाको मृत्यु भएको छ। शनिबार मध्यान्ह ना. ६ ख ५६४५ नम्बरको ट्रकले ठक्कर दिँदा एक पैदल यात्रुको मृत्यु भएको हो।

प्यूठानमा एसइई दिन आएकी किशोरीको मृत्यु

प्यूठानमा एसइई दिन आएकी एक किशोरीको बसबाट खस्दा मृत्यु भएको छ। ४ गते बिहान करिब १२ बजे प्यूठान नगरपालिका वडा नं सात पुण्यखोलाबाट वाग्दुलातर्फ जाँदै गरेको ना३ख ३८८३ नंको बसमा चढ्ने क्रममा घाइते भई बिहीबार मृत्यु भएको हो।

निर्भया सामूहिक बलात्कार प्रकरणः चारै जनालाई शुक्रबार बिहानै मृत्युदण्ड दिइयो

निर्भया सामूहिक बलात्कार प्रकरणका चारैजना दोषीलाई मृत्युदण्ड दिइएको छ। घटना भएको ७ वर्ष ३ महिनापछि बलात्कारमा संलग्न अक्षयकुमार सिंह, पवन गुप्ता, विनय शर्मा र मुकेश सिंहलाई दिल्लीस्थित तिहाड जेलमा शुक्रबार साढे ५ बजे मृत्युदण्ड दिइएको भारतीय सञ्चार माध्यमले जनाएका छन्।

धादिङमा दुई जनाको रहस्यमय मृत्यु

धादिङको सिद्धलेक गाउँपालिका वडा न. २ एैसेलुगैरामा दुई जनाको रहस्यमय मृत्यु भएको छ। मृत्यु हुनेमा सिद्धलेक गाउँपालिका वडा नं २ का ७२ वर्षिय लालबहादुर नेपाली र उनको भान्जी बुहारी नाता पर्ने ३५ वर्षिया सुन्तली नेपालीेको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।

६ महिनामा १० नवजात शिशुको मृत्यु

जिल्लामा विगत ६ महिनामा १० नवजात शिशुको मृत्यु भएको तथ्यांक सार्वजनिक भएको छ। मातृ तथा नवजात शिशुको स्वास्थ्य सुदृढिकरणका क्षेत्रमा काम गरिरहेको वनहर्ट वल्डवाइडले चालु आर्थिक वर्षको कात्तिकदेखि हालसम्मको अवधिमा एक जना मातृ मृत्यु र १० नवजात शिशुको मृत्यु भएको तथ्यांक सार्वजनिक गरेको हो।

रेबिजका कारण बालकको मृत्यु

रेबिजको संक्रमणका कारण नीलकण्ठ नगरपालिका–६ सुनौला बजारस्थित भोर्लेका किशोर भारतीको आइतबार मृत्यु भएको छ।

विषाक्त मदिराबाट मृत्यु हुनेको संख्या १८ पुग्यो

आइतबार बिहान मृत्यु भएका जनकपुर–७ मुसहरीका जितेन्द्र सदा पेट दुख्ने, बान्ता हुने गर्न थालेपछि उपचारार्थ शनिबार प्रादेशिक अस्पताल पुगेका थिए। तर चिकित्सकले ‘आत्तिनुपर्ने केही छैन,’ भन्दै सामान्य औषधि दिएर घर फर्काएका थिए।

विषाक्त मदिरा सेवनबाट मृत्यु हुनेको संख्या १७ पुग्यो, दुई दर्जन बढी अस्पताल भर्ना

धनुषामा विषाक्त घरेलु मदिरा सेवनबाट मृत्यु हुनेको संख्या १७ पुगेको छ। जिल्लाको क्षिरेश्वरनाथ नगरपालिका १ र २ रमदैयामा घरेलु मदिरा सेवनबाट १३ जनाको र जनकपुरधाम उपमहानगरपालिका—७ मुसहरी टोलका ४ जनाको मृत्यु भएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्