२२ आश्विन २०८१ मंगलबार
image/svg+xml

बाढी र पहिरोमा एक सय २८ को मृत्यु

अविरल वर्षा र पहिरोमा परी मृत्यु हुनेको संख्या एक सय २८ पुगेको छ। बुधबार बेलुकासम्म २५ जना घाइते भएको र ३३ जना बेपत्ता रहेको जानकारी आएको गृहमन्त्रालयले जनाएको छ।

खोलाले बगाएर नाति–बजैको मृत्यु

निरन्तर वर्षाको बाढीले बगाएर यहाँका नाति–बजैको मृत्यु भएको छ । जिल्लाको पहाडी रौतामाई गाउँपालिका ६ स्थित हुल्मा खोलाले बगाएर सोही वडाका ५२ वर्षीया कर्णमाया मगर र नाम खुल्न नसकेको ८ वर्षीय उनकै नातिको मृत्यु भएको प्रहरीले जनाएको छ।

भिरबाट लडेर एकको मृत्यु, त्रिशुली नदीले बगाउदा एक बेपत्ता

नुवाकोटमा भीरबाट लडेर एक महिलाको मृत्यु भएको छ भने त्रिशूली नदीमा बगेर एक जना बेपत्ता भएका छन्। मृत्यु हुनेमा नुवाकोटको शिवपुरी गाँउपालिका वडा नंं ७ सुनखानी गुरुङगाँउका लालीमाँया तामाङ रहेकी छिन्।

ट्याङ्करको ठक्करबाट पैदल यात्रुको मृत्यु

चितवनको भरतपुरतर्फ जाँदै गरेको ना४ख ४६०७ नंको ट्याङ्करले हेटौँडा–नारायणघाट सडकखण्डको स्थानीय नवलपुरमा महिला पैदल यात्रुलाई ठक्कर दिँदा घटनास्थलमा नै मृत्यु भएको छ ।

साइप्रसमा २२ वर्षीया नेपाली युवतीको रहस्यमय मृत्यु

साइप्रसको परालिम्नीमा अचेत अवस्थामा भेटिएकी २२ वर्षीया नेपाली युवतीको अस्पताल लैजाँदै गर्दा मृत्यु भएको छ। विदा मनाउन गएकी ती युवती आइतबार साँझ स्विमिङ पुलमा अचेत भेटिएकी थिइन्।

लियोनमा पहिरो जादाँ कम्तीमा तीन सयको मृत्यु

अफ्रिका महादेशमा पर्ने सियोर लियोनमा गएको भयानक पहिरोका कारण तीन सय बढीको मृत्यु भएको छ भने ५० जना भन्दा बढी बेपता छन्। राजधानी फ्रिटाउन नजिकै गएको पहिरोका कारण करिब ५० प्रतिशत घरहरू पुरिएका छन्। बेपताहरूको खोजी कार्यका लागि उद्धार टोली खटाइएको छ।

बस दुर्घटना हुँदा बालिकाको मृत्यु

पूर्व-पश्चिम राजमार्गअन्तर्गत मोरङको पथरीशनिश्चरे–१० मा आज बिहान यात्रुबाहक बस दुर्घटना हुँदा एक बालिकाको मृत्यु भएको छ।

प्रधानमन्त्रीको हवाई दौडाहा, पूर्वमा ४० को मृत्यु

बाढीले बगाएर बेपत्ता परेकाको शव फेला पर्न थालेका छन्। मोरङ, सुनसरी, झापा, सप्तरी, इलाम र पाँचथरमा बाढीपहिरोले ४० जनाको ज्यान गएको छ। बाढीपहिरोले मोरङमा १८, झापामा १०, सुनसरीमा ११, पाँचथरमा २ र इलाममा १ जनाको मृत्यु भइसकेको पूर्व क्षेत्र प्रहरी कार्यालय विराटनगरले जनाएको छ।

सुनसरीमा बाढीले मृत्यु हुनेको संख्या ११ पुग्यो

अधिक बर्षासँगै आएको बाढीले गर्दा सुनसरीमा मृत्यु हुनेको संख्या ११ पुगेको छ। इटहरी क्षेत्रबाट मात्र आठ जनाको मृत्यु भएको छ।

भारतमा पहिरोले बस पुर्दा ४६ जनाको मृत्यु

भारतको हिमाञ्चल प्रदेशमा पर्ने मन्डि जिल्लामा गएको पहिरोमा बस पुरिँदा ४६ जनाको मृत्यु भएको छ। कैयौँ घाइते भएका छन्। २३ जना मृतकको पहिचान खुलिसकेको छ। बाँकीको पहिचान खुल्न सकेको छैन। पुरिएका मध्ये ५ जना यात्रुलाई प्रहरीले उद्धार गरेको छ।

बाढीबाट मृत्यु हुनेको संख्या ८० पुग्यो, २१ हजार विस्थापित

अविरल वर्षापछि आएको बाढी र पहिरोमा परी मुलकभरि ८० जनाको मृत्यु भएको छ। प्रहरी प्रधान कार्यालयले दिएको जानकारी अनुसार सोमबार दिउँसोसम्मको तथ्यांकअनुसार ३६ जना हराइरहेका छन् भने २५ जना घाइते भएका छन्।

बाढीले बगाउँदा तीनको मृत्यु, ४० हजार परिवार प्रभावित

महोत्तरीमा बाढीले बगाउँदा दुई जनाको ज्यान गएको छ। जिल्लाको लोहारपट्टि २ का इन्डल महरा, जलेश्वर नगरपालिका १ बस्ने शिव महरा र जलेश्वर २ का विक्की कुमार ठाकुरको बाढीमा परेर मृत्यु भएको हो।

मोरङमा अहिलेसम्म बाढीले १८ जनाको मृत्यु

भारी बर्षाको भेलले बगाउँदा मोरङमै १८ जनाको मृत्यु भइसकेको छ। जिल्ला प्रहरी कार्यालय, मोरङका अनुसार सोमवारसम्ममा १८ जनाको मृत शरिर भेटिएको छ।

बुर्किना फासोकाे एक रेष्टुरेन्टमा आतंककारी हमला, १७ को मृत्यु

बुर्किना फासोको एक रेष्टुरेन्टमा आतंककारी हमलामा हुँदा १७ जनाको मृत्यु भएको छ भने ८ जना घाइते भएका छन् ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्