१३ आश्विन २०८१ आइतबार
image/svg+xml
समाज

मिनीट्रकले ठक्कर दिँदा बाबुछोराको मृत्यु

काठमाडाैँ - काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–१३ भैँसेपाटीस्थित अरनिको राजमार्गमा मिनीट्रकले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको प्रहरीले जनाएको छ।

बनेपाबाट साँगातर्फ जाँदै गरेको बा ५ ख २३९० नं को मिनीट्रक र विपरीत दिशाबाट आउँदै गरेको बा ५७ प ७२८ नं को  मोटरसाइकल एकापसमा आज बिहान  ठक्कर खाँदा मोटरसाइकलमा सवार तीन घाइते हुँदा उपचारको क्रममा दुई जनाको मृत्यु भएको इलाका प्रहरी कार्यालय बनेपाका प्रहरी निरीक्षक योगेन्द्र तिमिल्सिनाले जानकारी दिए। उनका अनुसार बनेपास्थित शिर मेमोरियल अस्पतालमा उपचारको क्रममा  मृत्यु हुनेमा उदयपुर जिल्ला रौतमाई गाउँपालिका–४ बस्ने वर्ष ३५ का मोटरसाइकल चालक मीनबहादुर श्रेष्ठ र उहाँको पाँच  वर्षीय छोरा सुबिन श्रेष्ठ रहेका छन्।

एकै परिवारका पति,पत्नी र छोरा सवार रहेका मध्ये घाइते सुनिता श्रेष्ठको सोही  अस्तालमा उपचार भइरहेको र   मृतक दुवैको शव सोही अस्पतालमा नै रहेको प्रहरीले जनाएको छ। मोटरसाइकललाई ठक्कर दिने मिनीट्रकका चालक रामेछाप जिल्ला खाँडादेवी गाउँपालिका–७ का ३३ वर्षीय लक्ष्मीनारायण श्रेष्ठलाई प्रहरीले नियन्त्रणमा लिएर आवश्यक कारवाहीको प्रक्रिया अगाडि बढाएको जनाएको छ।

प्रकाशित: ९ चैत्र २०७६ ०५:५९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App