३ आश्विन २०८१ बिहीबार
image/svg+xml
अन्तर्राष्ट्रिय

कामुरी आँधीबाट १७ जनाको मृत्यु

मनिला – फिलिपिन्समा गत सोमबारबाट सुरु भएको आँधीका कारण मृत्यु हुनेको संख्या १७ पुगेको छ। ‘कामुरी’ नामको सो आँधीबाट हजारौंको संख्यामा रहेका स्थानीयवासी विस्थापित पनि भएको फिलिपिन्सको मौसम विज्ञान विभाग (पागासा)ले बताएको छ।

फिलिपिन्सको मौसम विज्ञान विभाग (पागासा)का अनुसार स्थानीय समय अनुसार बुधबार बिहान ४ बजे कामुरी आँधी दक्षिणपश्चिम समुद्रबाट २० किलोमिटर प्रतिघण्टाका दरले दक्षिण चीन सागरतर्फ सरेको छ। यो शक्तिशाली आँधीबाट राजधानी मनिलामा हुन लागेको दक्षिण पूर्वीएसियाली खेलकुदको आयोजनामा पनि असर परेको छ। अधिकारीले सो क्षेत्रबाट कैयौं व्यक्तिलाई उद्धार गरी अन्यत्रै सारेका छन्। गत १२ घण्टाभित्र निनोय अक्वीनो अन्तर्राष्ट्रिय विमानस्थलमा तीन सय २९ आन्तरिक उडान र एक सय ९२ अन्तर्राष्ट्रिय उडान बुधबार बिहान ११ बजेसम्म रद्द गरिएको थियो।

फिलिपिन्समा हरेक वर्ष शक्तिशाली आँधी आउने गरेको छ। यहाँ बर्सेनी साना ठूला गरी २० वटा जति आँधी आउने गरेका छन्। त्यसैले यस समयमा सुरक्षा अधिकारीले पनि व्यापक तयारी गर्ने गरेका छन्। सन् २०१३ मा आएको ‘हायान’ नामक आँधीका कारण कम्तीमा पनि सात हजार तीन सय नागरिकको मृत्यु भएको या हराएका थिए। यसबाट फिलिपिन्सको इतिहासमा नै निकै ठूलो भौतिक क्षति पुगेको थियो।

 

प्रकाशित: १९ मंसिर २०७६ ०२:२४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App