२० आश्विन २०८१ आइतबार
image/svg+xml

नारायणघाट-बुटबल सडक निर्माणमा ढिलासुस्ती: ५० प्रतिशत प्रगति नभए ठेक्का तोडिने

आयोजना निर्देशनालयले नारायणघाट–बुटबल सडक खण्डको ठेकेदार कम्पनीलाई सन् २०२३ को डिसेम्बरसम्ममा समष्टिगत भौतिक प्रगति ५० प्रतिशत नभएको खण्डमा ठेक्का तोड्ने चेतावनी दिएको छ।

ढिलासुस्ती गर्ने ठेकेदारलाई कारबाही

खोटाङको महुरे–राजापानी (सिमपानी) सडक कालोपत्रेको काममा ढिलासुस्ती गर्ने ठेकेदार कारबाहीमा परेका छन्। गाईघाट–दिक्तेल सडकको महुरे–फोक्सिङटार (४९ किलोमिटर) सडक खण्डको महुरे–राजापानी (सिमपानी) खण्ड कालोपत्रेको काममा ढिलासुस्ती गर्ने भारत कन्सट्रक्सन/सिद्धि शाही जेभीबाट बैंक ग्यारेन्टी जफत गरेर कारबाही गरिएको हो।

फोक्सिङटार ‘आर्क ब्रिज’ निर्माणमा ढिलासुस्ती

निर्माण व्यवसायीले हाल खोटाङतर्फको आर्क राख्ने रडको प्वाल ड्रिल लगाएर छोडिरहेको छ। बिमको फेदमा गरिएको ढलानमा रहेको आर्क राख्ने रड वर्षाको बाढीले बगाएको थियो। खोटाङलाई पूर्वी सहरसँग जोड्ने ‘आर्क–ब्रिज’ निर्माणको काममा चरम ढिलासुस्ती भएको व्यापक जनगुनासो आएपछि गाउँपालिका अध्यक्ष राईले पुलसँग सम्बन्धित डिई शाह र निर्माण व्यवसायी थापालाई काठमाडौंमा एक ठाउँमा भेला गरेका थिए।

निर्माणमा ढिलासुस्ती गरेको भन्दै स्थानीयवासीद्वारा सडक अवरुद्ध

वीरेन्द्रनगर–६ स्थित आइएमई चोकबाट हटियालाइन हुँदै घण्टाघरतर्फ जाने सडक आसपासका स्थानीयवासीले ठेकेदार कम्पनीले लामो समयदेखि निर्माणमा बेवास्ता गरेकाले यातायात अवरुद्ध पारेका हुन्। स्थानीयवासीले सडकमा ठूल्ठूला ढुङ्गा राखेर, तारजाली लगाएर सडक अवरुद्ध पारेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्