४ मंसिर २०८१ मंगलबार
image/svg+xml

प्रधानमन्त्री कप क्रिकेट: बाग्मती प्रदेश सेमिफाइनलमा

गण्डकी प्रदेशमाथि शनिबार ४० रनको जित निकाल्दै बाग्मती प्रदेश राजधानीमा जारी प्रधानमन्त्री कप राष्ट्रिय ट्वान्टी–२० क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ।

सुदूरपश्चिमको साँघुरो हार

पुलिसका आरिफ शेख, दीपेन्द्रसिंह ऐरी र करण केसीले अन्तिम पाँच ओभरमा निकै कसिलो बलिङ गरेपछि सुदूरपश्चिम जितनजिक पुगेर पनि पराजित भयो। अन्तिम ओभरमा पनि सुदूरलाई जितका लागि ६ रन आवश्यक भए पनि करणले तीन रन मात्र दिए।

रंगशालाको स्वामित्व महानगरपालिकाले लिन्छः मेयर दाहाल

भरतपुर महानगरपालिकाकी मेयर रेणु दाहालले गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको स्वामित्व अब भरतपुर महानगरपालिकाले लिने बताएकी छन्।

भलिबल खेलाडीको क्रिकेटमा जादु

इबादतको खराब प्रदर्शनका बावजुद बंगलादेशका छनोटकर्ताले उनीमाथि विश्वास राखे। त्यो विश्वास नै बंगलादेशको क्रिकेट इतिहासमा लोककथाका रूपमा परिणत भएको छ।

सधैं कप्तान बन्नुपर्छ भन्ने छैनः मल्ल

आत्मसम्मानका हिसाबले अलि अप्ठेरो महसुस भएको हो। सधैंभरि कप्तान बन्न भनेर आएको होइन। हुनुपर्छ भन्ने पनि होइन। म देशका लागि खेल्ने हो। परिवारका लागि खेल्छु, मेरा लागि खेल्छु। मेरो मुख्य उद्देश्य नै त्यही हो।’

क्रिकेट विवादमा सहमति: सबै खेलाडी प्रशिक्षणतर्फ

विनोद भण्डारी, विक्रम सोब, सुशन भारी र नन्दन यादव गरी चार जना खेलाडीले भने आइतबार साँझ नै रिपोर्टिङ गरे पनि पिसिआर रिपोर्ट नआएका कारण प्रशिक्षणमा अनुपस्थित भएका हुन्। यी खेलाडीले सुरुआतमा पूर्वकप्तान ज्ञानेन्द्रलाई साथ दिएका थिए।

राहुलको कप्तानीमा भारतीय टोली

दक्षिण अफ्रिकासँगको एकदिवसीय शृंखलाका लागि ओपनर केएल राहुलको कप्तानीमा शुक्रबार भारतीय क्रिकेट टोलीको घोषणा भएको छ।

क्यान र खेलाडीबीचको विवाद सामान्य: पुबुदु

प्रशिक्षक पुबुदुले यसअघि सन् २०११ देखि २०१५ सम्म नेपाली टोली सम्हालिसकेका छन्। पुबुदुको पहिलो कार्यकालमा नेपाली क्रिकेटले डिभिजन–४ देखि डिभिजन–१ सम्मको यात्रा तय गरेको थियो। उनकै प्रशिक्षणमा नेपालले पहिलो पटक सन् २०१४ मा आइसिसी ट्वान्टी–२० विश्वकप खेलेको थियो।

प्रधानमन्त्री कप राष्ट्रिय महिला क्रिकेटः उपाधि एपिएफलाई

नेपाल क्रिकेट संघको आयोजना र सुदूरपश्चिम प्रादेशिक क्रिकेट संघको सह आयोजनामा प्रतियोगिता सम्पन्न भएको हो।

राष्ट्रिय महिला क्रिकेट: फाइनलमा एपिएफ र प्रदेश १

यसअघि सुदूरपश्चिमले टस जितेर पहिले ब्याटिङ गर्दै सामान्य योगफल मात्रै बनायो। ७ रनमा ३ विकेट गुमाएर धर्मराएको सुदूरपश्चिमले २० ओभरमा ७ विकेट क्षतिमा ८५ रन बनायो।

एलपिएल छैठौं संस्करणः माघ २२ गतेदेखि धनगढीमा हुने

२०७३ सालदेखि हरेक वर्ष आयोजना हुँदै आएको प्रतियोगिताको छैटौं संस्करणको तयारी पनि अन्तिम चरणमा पुगेको लिटल फ्लावर स्पोटर्स एण्ड इभेन्ट्सका अध्यक्ष रामचन्द्र शाहीले बताए।

प्रधानमन्त्री कप राष्ट्रिय महिला क्रिकेटः सेमिफाइनल समिकरण पूरा

धनगढीमा पुस ३ गतेदेखि जारी प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताको सेमिफाइनल समिकरण पूरा भएको छ। बिहीबार लिग चरणका सबै खेलहरु सम्पन्न भएसँगै सेमिफाइनल समिकरण पूरा भएको हो।

खेलाडीमाथिको कारबाही फिर्ता लिन माग

क्यानका केन्द्रीय सदस्यहरु ऋषिराम गौतम, छुम्बी लामा, अमितबीर पाण्डे, करण महतारा, मोहम्मद दाउत अन्सारी र संजय राज सिंहले बुधबार पत्रकार सम्मेलन गर्दै खेलाडीमाथि गरिएको कारबाही फिर्ता गर्न माग गरेका हुन्।

प्रधानमन्त्री कप राष्ट्रिय महिला क्रिकेट: एपिएफ सेमिफाइनलमा

एपिएफका लागि ओपनर इन्दु बर्माले सर्वाधिक ३३ रन जोड्दा राजमती ऐरीले १९, रोमा थापाले १६ र सरिता मगरले १४ रन जोडे। सुदूरपश्चिमका लागि कप्तान ऋतु कनौजियाले तीन तथा दीपा जोरा र कविता जोशीले समान दुई विकेट लिए।

प्रधानमन्त्री कप राष्ट्रिय महिला क्रिकेटः प्रदेश १ द्वारा लुम्बिनी पराजित

धनगढीमा जारी प्रधानमन्त्री कप राष्ट्रिय महिला क्रिकेट प्रतियोगितामा मंगलबारको खेलमा समूह ए मा रहेको प्रदेश नम्बर १ ले लुम्बिनी प्रदेशलाई ६७ रनले हराएको छ। समूह ए बाट यसअघि नै सेमिफाइनल पुगेका दुवबै टोलीमध्ये लुम्बिनीलाई प्रदेश १ ले हराएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्