२ असार २०८१ आइतबार
image/svg+xml

काँग्रेसको संस्थापन इतर जिल्ला सभापतिहरुको भेला काठमाडौंमा सुरु

पार्टीको महाधिवेशन र मन्त्रिपरिषद विस्तारको कामले गति लिन नसकेपछि उत्पन्न परिस्थितिबारे छलफल गर्न पार्टीका संस्थापन पक्ष इतर जिल्ला सभापतिहरुको भेला सुरु भएको हो।

चुरे उत्खनन गरी ढुङ्गा गिट्टी, बालुवा निर्यात गर्ने कार्यमा रोक लगाइने

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नेतृत्वको संयुक्त सरकारले यसअघिको सरकारले घोषणा गरेको चुरे क्षेत्रको उत्खनन् गरी ढुङ्गा गिट्टी, बालुवा निर्यात गर्ने कार्यमा रोक लगाउने भएको छ।

पौडेलले बोलाए आफूनिकट केन्द्रीय समिति बैठक

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आफूनिकट केन्द्रीय सदस्यहरूको बैठक बोलाएका छन्। सोमबार अपरान्ह ३ बजे महामन्त्री शशांक कोइरालाको निवासमा पौडेलले आफूनिकट नेताहरूको भेला बोलाएका हुन्।

सरकारको साझा कार्यक्रम: मन्त्रिपरिषद् विस्तार अझै अनिश्चित

कोरोना महामारी नियन्त्रणसँगै शान्ति प्रक्रियाको पूर्णता र संघीयता कार्यान्वयनका लागि आवश्यक ऐन, कानुन निर्माणलाई गठबन्धन सरकारको प्राथमिकतामा राखिएको छ। कोरोना नियन्त्रणका क्रममा स्वास्थ्य सामग्री खरिदमा भएको अनियमितताको छानबिन र दोषी देखिने व्यक्ति र संस्थालाई कानुनी कारबाही गर्ने कार्यक्रममा उल्लेख छ।

संकटमा फस्दै कांग्रेसः न महाधिवेशन न सरकार विस्तार

सभापति शेरबहादुर देउवा निर्वाचन आयोगसँगको परामर्शमा १४औं महाधिवेशन मंसिरमा गर्न चाहन्छन्। तर, महाधिवेशन सारेको आरोप नलागोस् भनेर अहिले पनि तोकिएको समयमै गर्ने बताउँदै आएका छन्।

कांग्रेस भातृ संगठनद्वारा महाधिवेशनको नयाँ कार्यतालिका सार्वजनिक गर्न माग

नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघका पूर्व अध्यक्षहरुले १४ औँ महाधिवेशनको सुनिश्चितताका सम्बन्धमा पार्टी सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाको ध्यानाकर्षण गराएका छन्।

क्रियाशील सदस्यतामै अलमलियो कांग्रेस

सभापति शेरबहादुर देउवा, नेता रामचन्द्र पौडेलसहितका नेताबीच बुधबार भएको छलफलमा २/३ दिनभित्र विवाद समाधान गर्ने सहमति भएको छ। तर संगठन समायोजनका नाममा संस्थापन पक्षले जथाभावी सदस्यता वितरण गरेको र त्यस्ता सदस्यता कुनै पनि हालतमा मान्य नहुने अडान संस्थापन इतर पक्षले राखेपछि समस्या समाधान असहज देखिएको छ।

काँग्रेसका तीन शीर्ष नेताबीच सहमति : क्रियाशील सदस्यता विवाद तीन दिनभित्र टुंगो लाग्ने

नेपाली काँग्रेसले क्रियाशील सदस्यता विवादलाई तीन दिनभित्र टुंगो लगाउने भएको छ। सदस्यताबारे काँग्रेसमा देखिएको विवाद समाधानका लागि बसेको बैठकले विवाद टुंगो लगाउने सहमति गरेको छ।

कांग्रेस महाधिवेशन मंसिरमा: टुंगिएको विषय फेरि खोलेकोमा निधिको असन्तुष्टि

मंसिरसम्म महाधिवेशन गर्दा संवैधानिक व्यवस्था विपरीत नहुने र निर्वाचन आयोगले त्यसलाई मान्ने बताउँदै देउवाले निकटहरूसँग पार्टीको क्रियाशील सदस्यताको विषयका नेता रामचन्द्र पौडेल पक्षले अनावश्यक विवाद निकाल्न थालेको आरोप लगाएका छन्। क्रियाशील सदस्यता छानबिन समितिले टुंगो लगाएको विषयमा पनि अहिले प्रशन गर्न थालिएको र पार्टी उपभापति विमलेन्द्र निधिको संयोजकत्वमा गठन भएको समायोजन समितिले सर्वसहमतिले गरेको निर्णयमा पनि प्रश्न उठाएको भन्दै देउवाले असन्तुष्टि जनाएका छन्।

'व्यक्ति नभई विधि, पद्धति हेरेर क्रियाशिल सदस्यता वितरण हुनुपर्नेमा जोड'

नेपाली कांग्रेसको वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले विवाद भएका ठाउँमा १३ औँ महाधिवेशनको क्रियाशिल सदस्यतालाई मान्नेगरी १४ औँ अधिवेशनको प्रक्रिया थाल्नुपर्ने बताएको छ।

स्वयंसेवकलाई स्वास्थ्य सामाग्री हस्तान्तरण

महामारी नियन्त्रण, रोकथाम, उपचार र शव व्यवस्थापनमा सहयोग गर्दै आएका नेपाली कांग्रेस निकटका तरुणदल, महिला संघ, नेविसंघलगायतका भ्रातृसंस्थाका स्वयंसेवकलाई स्वास्थ्य सामाग्री बितरण गरिएको हो।

सरकारले खोपको व्यवस्थापनमा सबै शक्ति लगाएको छः विमलेन्द्र निधि

सत्तारुढ दल नेपाली काँग्रेसका उपसभापति विमलेन्द्र निधिले सरकारले सबै नागरिकलाई कोरोनाविरुद्धको खोप उपलब्ध गराउन सम्पूर्ण शक्ति परिचालन गरेको दावी गरेका छन्।

वर्तमान सरकारलाई गल्ती गर्ने छुट छैन: गगन थापा

उनले भने, 'कुनै पनि ‘एक्सक्यूज’ यो सरकारले पाउने छैन। एक ठाउँमा पनि सरकार चुक्न पाउने छैन। केपी ओलीले यो गरेन, त्यो गरेन् भनेर भन्ने दिन अव गए। अव यो अभावमा रहेका नागरिकलाई सरकार भनेको कस्तो हुन्छ ? भन्ने कुराको महसुस गराउने हो।

भदौमा टर्‍यो कांग्रेस महाधिवेशन

निर्वाचन आयोगले कांग्रेसको महाधिवेशन गर्न पुससम्मको समय उपलब्ध गराउने भन्दै स्रोतले थप्यो, ‘आयोगसँग त्यस विषयमा कुरा भइरहेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्