९ असार २०८१ आइतबार
image/svg+xml
स्वास्थ्य

स्वयंसेवकलाई स्वास्थ्य सामाग्री हस्तान्तरण

कोरोना महामारीमा फ्रण्टलाइनमा खटिएर स्वयंसेवकका रुपमा काम गर्नेहरूलाई स्वास्थ्य सामाग्री हस्तान्तरण गरिएको छ।महामारी नियन्त्रण, रोकथाम, उपचार र शव व्यवस्थापनमा सहयोग गर्दै आएका नेपाली कांग्रेस निकटका तरुणदल, महिला संघ, नेविसंघलगायतका भ्रातृसंस्थाका स्वयंसेवकलाई स्वास्थ्य सामाग्री बितरण गरिएको हो।  

सुची फाउण्डेशनले उपलब्ध गराएको स्वास्थ्य सामाग्रीहरू नेपाली कांग्रेसका नेताहरूले फ्रण्डलाइनमा खटिने स्वयंसेवकहरूलाई वितरण गरेका हुन्। नेपाली कांग्रेसका केन्द्रीय सदस्य अमृत अर्यालको पहलमा सुची फाउण्डेशनले स्वास्थ्य सामाग्री उपलब्ध गराएको हो। कार्यक्रममा अक्सिजन कन्सन्ट्रेटर, माक्स, पिपिइ, सर्जरी माक्सलगायतका सामाग्रीहरू नेपाली कांग्रेसका नेताहरुले हस्तान्तरण गरेका थिए। 

प्रकाशित: १८ श्रावण २०७८ १३:४८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App