२१ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

काँग्रेसका तीन शीर्ष नेताबीच सहमति : क्रियाशील सदस्यता विवाद तीन दिनभित्र टुंगो लाग्ने

नेपाली काँग्रेसले क्रियाशील सदस्यता विवादलाई तीन दिनभित्र टुंगो लगाउने भएको छ। सदस्यताबारे काँग्रेसमा देखिएको विवाद समाधानका लागि बसेको बैठकले विवाद टुंगो लगाउने सहमति गरेको छ।

नेपाली काँग्रेसका शीर्ष नेताहरुबीच क्रियाशील सदस्यता सम्बन्धी विवाद टुंगो लगाउने सहमति भएको केन्द्रीय क्रियाशील सदस्यता छानवीन समितिका संयोजक रमेश लेखकले बताए। नेपाली काँग्रेसका शीर्ष नेताहरु सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडल र नेता कृष्णप्रसाद सिटौंलाबीच बुधबार भएको छलफलमा क्रियाशील सदस्यताका सम्बन्धमा पार्टी देखिएको विवाद समाधान गर्ने गरी छलफललाई निरन्तरता दिने सहमति भएको छ।

सभापति देउवाको बुढानिलकण्ठस्थित निवासमा बसेको बैठकमा आज भने अन्य पार्टीबाट प्रवेश गरेका नेता, कार्यकर्ताहरुलाई कसरी क्रियाशील सदस्यता वितरण गर्ने ? भन्ने सम्बन्धमा केन्द्रित भएर छलफल सुरु गरिएको क्रियाशील सदस्यता छानवीन समितिका संयोजक लेखकले जानकारी दिए। ‘अरु पार्टीबाट प्रवेश गरेका नेता, कार्यकर्ताहरुको सम्बन्धमा नेपाली काँग्रेसको क्रियाशील सदस्यता कसरी दिने भन्ने विषयमा केन्द्रित भएर छलफल सुरु गरिएको छ।’ उनले भने।  

बैठकमा नेताहरुबीच आसन्न पार्टीको १४ औं महाधिवेशनको कार्यतालिका पनि २ दिनभित्र टुंगो लगाउने विषयमा छलफल गरिएको छ। नेपाली काँग्रेसको आसन्न १४ औं महाधिवेशन भदौं १६–१९ गते काठमाडौंमा गर्ने तय गरिएको छ। तर स्थानीय तहको अधिवेशनको कार्यतालिका प्रभावित भएकाले महाधिवेशनको मिति पनि सर्ने हो कि भन्ने आशंका गरिएको छ।

प्रकाशित: २० श्रावण २०७८ १३:३८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App