२० आश्विन २०८१ आइतबार
image/svg+xml

एपिएफ र पुलिस शीर्षमा

विभागीय नेपाल पुलिस क्लबले आयोजक ढोरपाटन क्लबलाई ३–० को सोझो सेटमा पराजित गर्दै १४औं ढोरपाटन महिला डबल लिगको शीर्ष स्थानमा रहेको सशस्त्र प्रहरी बलको एपिएफ क्लबसँग अंक बराबरी गरेको छ।

ढोरपाटन डबल लिग : दुवै पुलिसको दोहोरो जित

विभागीय टोली एपिएफ र नेपाल पुलिस क्लबले १४औं ढोरपाटन डबल लिग भलिबल प्रतियोगितामा बिहीबार दोहोरो जित हात पारेका छन्।

एपिएफ र पुलिस फाइनलमा

दुईवटा प्रदेशले तेस्रो स्थानको लागि प्रतिस्पर्धा गर्दा दुई विभागीय प्रतिद्वन्द्वी दोस्रो सभामुख कप राष्ट्रिय महिला भलिबलको उपाधिको लागि आमनेसामुने हुँदै छन्। उपाधि भिडन्तका लागि एपिएफ र नेपाल पुलिस शनिबार पोखरा रंगशालास्थित भलिबल प्रशिक्षण केन्द्रको कोर्टमा आमनेसामुने हुनेछ।

एपिएफ सिमरा गोल्डकपको अन्तिम आठमा

विशाल मेमोरियल फाउन्डेशन वीरगन्जलाई पराजित गर्दै विभागीय टिम एपिएफ क्लबले सिमरामा जारी रुस्लान दसौं सिमरा गोल्डकपको क्वार्टरफाइनलमा स्थान बनाएको छ।

आर्मीमाथि एपिएफको रबाफिलो जित

सेमिफाइनल समीकरण पूरा हुँदा बिहीबार दोस्रो सभामुख कप राष्ट्रिय महिला भलिबल प्रतियोगिताअन्तर्गत साबिक विजेता एपिएफसँगै, प्रदेश नं.३, गण्डकी प्रदेश र अर्को विभागीय टोली पुलिस आआफ्ना प्रतिद्वन्द्वीलाई सोझो सेटमा हराउँदै अन्तिम चारमा पुगेका छन्।

एपिएफ र आर्मीकाे  पहिलाे भिडन्त

साविकको विजेता एपिएफ क्लबसँगै प्रदेश नं ५ पोखरामा जारी दोस्रो सभामुख राष्ट्रिय महिला भलिबल प्रतियोगिताको क्वार्टरफाइनलमा प्रवेश गरेका छन्। समूह विजेताको छिनोफानोका लागि बुधबार भएको खेलमा विभागीय टोली एपिएफल सुदूरपश्चिम प्रदेशलाई र प्रदेश नं ५ ले कर्णाली प्रदेशलाई सोझो सेटमा पराजित गर्दै अन्तिम ८ को यात्रा तय गर्न सफल भएका हुन्।

न्यु डायमन्डलाई स्तब्ध बनाउँदै एपिएफ च्याम्पियन

विभागीय टोली एपिएफले होङवान्जी न्यु डायमन्ड कप दोस्रो खुला राष्ट्रिय महिला भलिबलको उपाधि शनिबार जितेको छ। नैकापस्थित न्यु डायमन्डको कोर्टमा सम्पन्न फाइनल खेलमा साबिकको विजेता आयोजक न्यु डायमन्ड एकेडेमीलाई स्तब्ध बनाउँदै उपाधि जितेको हो।

उपाधिका लागि आयोजक न्यु डायमन्ड र एपिएफ भिड्ने

साविकका विजेता र उपविजेताद्वय न्यु डायमन्ड एकेडेमी र विभागीय टोली एपिएफ दोस्रो होङ वान्जी न्यु डायमन्ड कप खुला राष्ट्रिय महिला भलिबल प्रतियोगिताको उपाधिका लागि भिड्ने भएका छन्।

‘ए’ डिभिजन लिग : संकटालाई पराजित गर्दै एपिएफ पाँचौं

उपविजेता संकटालाई २–१ ले पराजित गर्दै विभागीय टोली एपिएफले सहिद स्मारक ‘ए’ डिभिजन लिगमा पाँचौं स्थान पक्का गरेको छ। ललितपुरस्थित अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालयमा एपिएफले लिगको अन्तिम खेलमा उत्कृष्ट प्रदर्शन गरेको हो।

विभागीय टिमकै वर्चस्व

इटहरीमा जारी दोस्रो सभामुख कप राष्ट्रिय भलिबल प्रतियोगितामा शुक्रबार पनि विभागीय टोलीले जितलाई निरन्तरता दिएका छन्।

विभागीय डर्बीमा पुलिसविरुद्ध एपिएफको फराकिलाे जित

विभागीय प्रतिद्वन्द्वी नेपाल पुलिस क्लबलाई ४–१ ले पराजित गर्दै एपिएफले सहिद स्मारक ‘ए’ डिभिजन लिगको तालिकामा मंगलबार दुई स्थान सुधार गरेको छ।

‘ए’ डिजिभन लिग : १० खेलाडीमा सिमित च्यासल र एपिएफले अंक बाँडे

पल्सर शहिद स्मारक ‘ए’ डिजिभन लिगअन्तर्गत बिहीबारको पहिलो खेलमा विभागीय टोली सशस्त्र प्रहरी बलको (एपिएफ) र च्यासल युथ क्लबले बराबरी खेलेका छन्।

‘ए’ डिभिजन लिग : विभागीय डर्बीमा एपिएफद्वारा आर्मी पराजित

पल्सर सहिद स्मारक ‘ए’ डिभिजन लिगको विभागीय डर्बीमा सशस्त्र प्रहरी बलको एपिएफले त्रिभुवन आर्मी क्लबलाई २–१ ले पराजित गरेको छ।

आर्मीमाथि सशस्त्रको संघर्षणपूर्ण जित

विभागीय डर्बीमा डिफेन्डिङ च्याम्पियन नेपाल आर्मीको त्रिभुवन क्लबलाई संघर्षपूर्ण सेटमा पराजित गर्दै सशस्त्र प्रहरी बलको एपिएफ क्लबले आरबिबि एनभिए राष्ट्रिय पुरुष लिग भलिबलमा उपाधिको दाबेदारिता प्रस्ट्याएको छ।

एपिएफसँग मछिन्द्र स्तब्ध, ९ खेलमा मछिन्द्रको पहिलो गोल

पल्सर सहिद स्मारक ‘ए’ डिभिजन लिगमा विभागीय टोली सशस्त्र प्रहरी बलको एपिएफले चौंथो जित दर्ता गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्