२६ आश्विन २०८१ शनिबार
image/svg+xml

व्यवस्थापिका संसद विकास समितिको बैठक मंगलबार

व्यवस्थापिका संसद अन्तर्गत विकास समितिको बैठक मंगलबार विकास समितिको सभाकक्ष सिंहदरबारमा बस्ने भएको छ ।

मोर्चाले समर्थन फिर्ता लिएको संसदलाई जानकारी

व्यवस्थापिका–संसद्को बुधबारको बैठकमा सांसद महेन्द्रराय यादवले वर्तमान सरकारलाई संयुक्त लोकतान्त्रिक मधेसी मोर्चासहितको गठबन्धनले दिएको समर्थन फिर्ता लिएको घोषणा गर्दै त्यसको औपचारिक जानकारी सभामुखलाई दिने बताएका  छन्।

संसद बैठक बहिस्कार गर्दै मोर्चा बाहिरियो

संयुक्त लोतान्त्रिक मधेशी मोर्चाले मंगलबार व्यवस्थापिकाको बैठक बहिस्कार गरेर बारिरिएको छ। बैठकको कार्य प्रारम्भ भएपछि मोर्चाका नेतासमेत रहेका सद्भावना पार्टीका सहअध्यक्ष लक्ष्मणलाल कर्णले संसदमा बोलेका थिए ।

संसदीय टोली कञ्चनपुर जाँदै

भारतीय सीमा सुरक्षा बलकोे गोलीबाट कञ्चनपुरमा नेपाली युवाको मृत्यु भएको घटना छानबिन गर्न संसद्को मानवअधिकार तथा सामाजिक न्याय समिति स्थलगत निरीक्षणमा जाने भएको छ।

संसदीय समितिमा सत्यनिरुपणको आलोचना

सत्यनिरुपण तथा मेलमिलाप आयोगले शुक्रबार बसेको संसद्को सामाजिक न्याय तथा मानवअधिकार समितिमा वार्षिक कार्ययोजना प्रस्तुत गर्न नसक्दा आलोचना भएको छ।

आइजिपी नियुक्ति विवाद संसद्मा

सर्वोच्च अदालतमा विचाराधीन नेपाल प्रहरी महानिरीक्षक नियुक्ति विवादले व्यवस्थापिका संसद् बैठकमा प्रवेश पाएको छ। खम्बुवान राष्ट्रिय मुक्ति मोर्चाका सांसद रामकुमार राईले यो विवाद शुक्रबार संसद्मा प्रवेश गराउँदै सर्वोच्च अदालतले कार्यपालिकाको निर्णयमा हस्तक्षेप गरेको बताए।

आज बस्ने भनिएको संसद बैठक स्थगित, अर्को बैठक फागुन २७ गते

व्यवस्थापिका-संसद्को आज १ बजेका लागि बोलाइएको बैठक स्थगित गरिएको छ। संसद् सचिवालयले विशेष कारणले भोलिको बैठक स्थगित गर्नु परेको जनाउँदै अर्को बैठक यही फागुन २७ शुक्रबार दिउँसो १ बजेका लागि निर्धारण गरिएको सूचनामा उल्लेख गरेको छ।

संसदको अन्तराष्ट्रिय सम्बन्ध तथा श्रम समितिद्धारा विमानस्थलको अनुगमन

जिल्लाको टांगिया बस्तीमा निर्माण गर्ने भनिएको दोस्रो अन्तराष्ट्रिय विमानस्थललाई मंगलबार ससंदको अन्तराष्ट्रिय सम्बन्ध तथा श्रम समितिको टोलीले स्थलगत निरीक्षण गरेको छ।

आठ प्रदेशको माग गर्दै संसदमा संशोधन प्रस्ताव दर्ता

आठ प्रदेशको माग गर्दै संसदमा संविधानको आठौं संशोधन प्रस्ताव दर्ता भएको छ। झापा, मोरङ, सुनसरी, उदयपुर, सप्तरी र सिराहा राखेर आठौं प्रदेश बनाउनु पर्ने प्रदेशमा माग गरिएको छ।

संशोधनविरुद्ध संसदको एउटा कुनाबाट नाराबाजी

बिहीबारको संसद बैठकप्रति पहिलैदेखि सांसदहरुको चासो देखिन्थ्यो। संविधान संशोधन प्रस्ताव विधेयक संसदमा पेश हुने भएकाले सत्ता पक्ष त्यसको कसरी बचाउ गर्ने भन्ने ध्याउन्नमा थिए भने एमाले सहितका ९ विपक्षी दल कसरी विरोध गर्ने भन्ने तयारीमा थिए।

संविधान संशोधन विधेयक संसदमा प्रस्तुत, एमाले माैन

पाँच नम्बर प्रदेशको सिमांकन हेरफेर सहितका विषय समेटिएको संविधान संशोधन प्रस्ताव बिहीबारको संसद पेश भएको छ। व्यवस्थापिका संसदको बिहीकारको कार्यसूचिमा संविधान संशोधन छैठौं नम्बरमा थियो।

संविधान संशोधन प्रक्रिया अगाडि बढाउने सहमति, ३ बजे संसद बस्ने

सिंहदरवारस्थित सभामुख ओनसरी घर्तिमगरको सभाकक्षमा भएको त्रीपक्षीय छलफलमा संसद सुचारु गरी संविधान संशोधन प्रक्रिया अगाडि बढाउने सहमति भएको छ। बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल, प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओली र सभामुख घर्तिमगरबीच छलफल भएको थियो।

संसदको परिणाम मान्ने/नमान्ने अहिलै भन्न सकिन्न : मोर्चा नेता

संविधान संशोधनको माग गर्दै आएका मधेसी मोर्चाका नेताले संविधान संशोधनको परिणाम स्वीकार्ने वा नस्वीकार्ने अहिलै भन्न नसकिने बताएका छन्।

विपक्षीले मागे सत्ता पक्षको धारणा, के संसदको परिणाम मोर्चाले मान्छ?

विपक्षी ९ दलले संविधान संशोधन प्रस्ताव अघि बढाउँदा आउने परिणामलाई मोर्चाले स्वीकार्ने ग्यारेन्टी नभएसम्म संसद बैठक अगाडि नबढाउन आग्रह गरेका छन्। एमाले सहित ९ दलको अाग्रहपछि बुधबार २ बजेका लागि तोकिएको संसद बैठक स्थगित भएको छ।

संसद स्थगित, तीन बजे सर्वदलीय बैठक

व्यवस्थापिका संसदको आज बस्ने भनिएको बैठक स्थगित भएको छ। आज १ बजे बस्ने भनिएको संसद बैठक सूचना प्रशाशित गरेर वुधबार २ बजे सम्मको लागि स्थगित गरिएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्