१५ जेष्ठ २०८१ मंगलबार
image/svg+xml
राजनीति

संशोधनविरुद्ध संसदको एउटा कुनाबाट नाराबाजी

संशोधन विधेयकविरुद्ध संसदमा नाराबाजी गर्दै नेमकिपाका सांसदहरु

काठमाडौं— बिहीबारको संसद बैठकप्रति पहिलैदेखि सांसदहरुको चासो देखिन्थ्यो। विवादित संविधान संशोधन प्रस्ताव विधेयक संसदमा पेश हुने भएकाले सत्ता पक्ष त्यसको कसरी बचाउ गर्ने भन्ने ध्याउन्नमा थिए भने एमाले सहितका ९ विपक्षी दल कसरी विरोध गर्ने भन्ने तयारीमा थिए।

सांसदहरु प्रेम सुवाल, डिल्लीराज काफ्ले र अनुराधा थापा मगरले आफ्नो अडान नछोडी पाँच नम्बर प्रदेशको सिमांकन हेरफेर तथा भाषामाथिको विद्यमान व्यवस्था कमजोर पार्ने प्रस्तावको विपक्षमा नाराबाजी गरेका हुन्।

संसदको कार्यसूचि नम्बर ६ मा रहेको विवादित संशोधन प्रस्ताव प्रस्तुत गर्न सभामुख ओनसारी घर्तीले कानुनमन्त्री अजयशंकर नायकलाई समय दिइन्। मन्त्री नायकले प्रक्रिया अनुसार संसदमा भने, ‘नेपालको संविधान दोस्रो संशोधन २०७३ लाई विचार गरियोस् भनी प्रस्तुत गर्दछु।’

त्यसपछि संविधान संशोधनमाथि छलफल सुरु भयो। यसअघि निकै कडा रुपमा पेश हुँदै आएको एमाले बिहीबारको बैठकमा मौन देखियो। संविधान संशोधन विधेयककको छलफलमा समेत भाग नलिने गरी एमाले मौन बसेको थियो।

सभामुखले संशोधन विधेयकमाथिको छलफलमा भाग लिन नाम लेखाएका सांसदहरुलाई समय दिइन्। मधेसी मोर्चा र सत्ता पक्षका सांसदहरुले संशोधन प्रस्ताव ल्याएकोमा सरकारलाई धन्यवाद दिइरहँदा संसद भवनको बायाँपट्टिबाट एउटा मधुरो नारा सुनियो, ‘राष्ट्रघाती संविधान संशोधन फिर्ता गर।’ छलफल चलिरहँदा पनि उनीहरुको नाराबाजी रोकनन्।

एमाले समेत मौन रहेको बैठकमा त्यसरी नाराबाजी गर्ने तीन जना सांसद नेपाल मजदूर किसान पार्टीका थिए। सांसदहरु प्रेम सुवाल, डिल्लीराज काफ्ले र अनुराधा थापा मगरले आफ्नो अडान नछोडी पाँच नम्बर प्रदेशको सिमांकन हेरफेर तथा भाषामाथिको विद्यमान व्यवस्था कमजोर पार्ने प्रस्तावको विपक्षमा नाराबाजी गरेका हुन्।

प्रकाशित: १२ फाल्गुन २०७३ ११:१० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App