संसद्को निर्देशनअनुसार रद्द गरेको कांग्रेस स्पष्टोक्ति
नेपाली कांग्रेसले व्यवस्थापिका संसद्अन्तर्गतका समितिहरुको निर्देशनअनुसार सरकारले बूढीगण्डकी आयोजनाको ठेक्का रद्द गरेको स्पष्ट पारेको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा निर्वाचन परिचालन समितिले बिहीबार पत्रकार सम्मेलन गरी पुष्पकमल दाहाल नेतृत्व सरकारले ठाडो आदेशमा दिएको ठेक्का मात्र रद्द गरिएको जनाएको हो ।