२८ आश्विन २०८१ सोमबार
image/svg+xml

सभामुख र उपसभामुख फरक पार्टीको हुनपर्ने भन्दै संसद अवरोध

प्रतिपक्षी नेपाली कांग्रेसको अवरोधपछि प्रदेश नं. ५ को प्रदेश सभा बैठक स्थगित भएको छ। काँग्रेसले संसदको सभामुख र उपसभामुख फरक पार्टीको हुने संवैधानिक व्यवस्था कार्यान्वयनको माग गर्दै सदन अवरुद्ध गरेपछि बैठक स्थगीत भएको हो।

प्रसाईंलाई कारवाहीको माग राख्दै संसदमा सार्वजनिक महत्वकाे प्रस्ताव दर्ता

बी एण्ड सी अस्पतालका सञ्चालक दुर्गा प्रसाईंविरुद्ध संघीय संसदमा सार्वजनिक महत्वको प्रस्ताव दर्ता भएको छ।  प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सांसदले प्रसाईंविरुद्ध कारवाहीको माग गर्दै आइतबार संसदमा जरुरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता गराएका हुन्।

राष्ट्रिय चिकित्सा शिक्षा विधेयक, संसदमा प्रस्तुत

प्रतिनिधिसभाको बैठकमा राष्ट्रिय चिकित्सा शिक्षा विधेयक, २०७५ प्रस्तुत भएको छ। प्रतिनिधिसभाको आजको दोस्रो बैठकमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरीराजमणी पोखरेलले उक्त विधेयक सदनमा प्रस्तुत गरेका हुन्।

डा. केसी र सरकारबीच भएको सहमति संसदलाई जानकारी गराउन माग

नेपाली कांग्रेसका नेता मिनेन्द्र रिजालले डा. गोविन्द केसी र सरकारबीच भएको सहमतिबारे संसदलाई जानकारी गराउन माग गरेका छन्।

काँग्रेसले शुक्रबार संसद् बैठक अवरोध नगर्ने

नेपाली काँग्रेसले शुक्रबार हुने संसद् बैठक अवरोध नगर्ने भएको छ। रिपोर्टर्स क्लबले विहीबार आयोजना गरेको साक्षात्कारमा काँग्रेसका नेता डा नारायण खड्काले समस्याको समाधान खोज्ने थलो संसद् भएको जनाउँदै अनशनरत प्रा डा गोविन्द केसीले उठाएका मागप्रति सरकार सकारात्मक देखिएकाले बैठक अवरोध नगर्ने प्रष्ट पारे।

डा. केसीको समर्थनमा विपक्षीको विरोधले संसद स्थगित

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको विरोधले प्रदेश नम्बर ७ को प्रदेशसभाको बैठक स्थगित भएको छ। चिकित्सा शिक्षा सुधारको माग राखेर सत्याग्रह शुरु गरेका डा. गोविन्द केसीप्रति सरकार अनुदार बनेको लगायतका बिषयमा गत शुक्रबारदेखि कांग्रेसको विरोध कायमै रहेका कारण सोमबारको प्रदेशसभाको निर्धारित बैठक स्थगित गरिएको हो।

समिति गठन नहुँदा संसद् अनिर्णित

प्रतिनिधिसभाको बैठक एक सातासम्म स्थगित भएको छ। संसद् स्थगित भए पनि संसदीय समितिले संसदको कामलाई निरन्तरता दिने गर्दछ।

प्रतिपक्षीद्वारा संसद अवरुद्ध

प्रतिपक्षी नेपाली का“ग्रेसले प्रदेश १ को संसद अबरुद्ध गरेको छ। आइतबारको बैठक सुरू भएलगत्तै  प्रमुख प्रतिपक्षी दलका सा“सदहरूले उठेर बिरोध जनाएका थिए। सभामुख प्रदीपकुमार भण्डारीले पटक पटक बस्न आग्रह गरेपनि प्रतिपक्षी सांसदहरू नमाने पछि भण्डारीले आफ्ना कुरा राख्न प्रतिपक्षी दललाई आग्रह गरेका थिए।

अवरुद्ध र अन्यौलग्रस्त संसद, सौदाबाजीमा सरकार

शिक्षा, विज्ञान तथा प्रविधी मन्त्री गिरिराजमणि पोखरेलले त्यही अध्यादेश पेस गरे, जुन १० दिन अघि अर्थात् २०७५ वैशाख १३ गते राष्ट्रपतिबाट जारी गराइएको थियो। त्यही अध्यादेश २०७५ वैशाख २६ गते सदनको कार्यसूचीमा पर्यो। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री पोखरेलले नै त्यो अध्यादेशलाई स्वीकार गरियोस भन्ने प्रस्ताव गरे सदनसामु, सभासदहरूले ‘हुन्छ’ भन्दै स्वीकृती दिए।

डा. केसीको समर्थनमा संसद् अवरुद्ध

प्रमु प्रतिपक्षी नेपाली कांग्रेसले डा. गोविन्द केसीप्रति अमानविय व्यवहार भएको भन्दै शुक्रबार प्रदेश ७ को प्रदेशसभा बैठक अवरुद्ध गरेको छ।

संसदमा अवरोध हटाउन प्रधानमन्त्री मोदीको आग्रह

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले संसदको काम कारबाहीलाई अवरुद्ध नगर्न आग्रह गरेका छन्।

मोदीविरुद्ध संसदमा अविश्वासको प्रस्ताव दर्ता

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीविरुद्ध संसदमा अविश्वासको प्रस्ताव दर्ता भएको छ। तेलगु देशम पार्टी (टिडिपी)ले विहीबार ल्याएको अविश्वासको प्रस्तावलाई लोकसभा अध्यक्ष सुमित्रा महाजनले स्वीकार गरेकी छिन्। उनले प्रस्तावमा शुक्रबार छलफलको समय छुट्याएकी छिन्। भोलि नै मतदान हुने भारतीय सञ्चारमाध्यमले जनाएका छन्।

काँग्रेसको अवरोधपछि प्रदेश संसद स्थगित

तीन नम्बर प्रदेश सभामा प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसको अवरोधपछि प्रदेशसभा बैठक स्थगित गरिएको छ। बिहीबार बसेको बैठकको शुरुमै काँग्रेस सांसदहरुले उठेर संसद चल्न नदिने बताएपछि बैठक स्थगित गरिएको हो।

सरकारले संसद छल्न खोज्यो : कांगेस

नेपाली कांग्रेसले चिकित्सा शिक्षा विधेयकको विषयमा सरकारले संसद छल्न खोजेको आरोप लगाएको छ। जुम्लामा अनशन बसेका डा गोविन्द केसीलाई बल प्रयोग गरी काठमाडौ ल्याउनु र सोही समयमा संसद बैठक ८ दिन सार्नु सरकारको गैर जवाफदेही क्रियाकलाप भएको टिप्पणी कांग्रेसको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्