१२ मंसिर २०८१ बुधबार
image/svg+xml

‘घर बनाइसकेका भूकम्पपीडितको अनुदान नरोक’

प्रधानमन्त्री केपी शर्मा ओलीले घर बनाइसकेका भूकम्पपीडितको अनुदान नरोक्न राष्ट्रिय पुनर्निर्माण प्राधिकरणलाई निर्देशन दिएका छन्। सोमबार प्राधिकरण परामर्श परिषद्को चौंथो बैठकमा सम्बोधन गर्दै उनले उक्त निर्देशन दिएका हुन्।

चीनसँगको सीमामा भारतले ४४ वटा सडक निर्माण गर्ने

भारतले चीनसँगको सीमामा ४४ वटा रणनीतिक महत्वको सडक निर्माण गर्ने भएको छ। भारत सरकारले पञ्जाब र राजस्थानमा दुई हजार एक सय किलोमिटर भन्दा बढी एक्सियल र ल्याटरल सडकको पनि निर्माण गर्ने सिपिडब्लूडीको डकुमेन्टले देखाएको छ।

धरान–चतरा–सिन्धुली–हेटौंडा सडक निर्माण धमाधम

धरान—चतरा—सिन्धुली—हेटौंडा सडक निर्माण तीव्र गतिमा हुन थालेको छ। सरकारको प्राथमिकतामा परेको उक्त मदन भण्डारी राजमार्ग निर्माणले पछिल्लो समय गति लिएको हो। राजमार्गका पूर्वी र पश्चिम दुवै खण्डमा अहिले सडक तथा पुल बनाउने काम धमाधम भइरहेका छन्।

मुआब्जा माग्दै चक्काजाम

राष्ट्रिय गौरवको आयोजना गल्छी–त्रिशूली–मैलुङ–रसुवागढी सडकअन्तर्गत पर्ने पिपलटार–ढुङ्गे खण्डका प्रभावित जग्गाको मुआब्जा माग गर्दै आइतबार दिउँसो एक घण्टा चक्काजाम गरेका छन्। आयोजनाले सडक निर्माण तथा स्तरोन्नति गर्नेक्रममा आप्नो जग्गा सडकमा पर्ने भए पनि आयोजना पक्षले मुआब्जा दिन प्रक्रिया अघि नबढाएको स्थानीयको गुनासो छ।

यसरी हुँदैछ मदन भण्डारी राजमार्गको निर्माण (फोटो फिचर)

धरान-चतरा-सिन्धुली-हेटौँडा सडकको निर्माणकार्य तीव्र गतिमा हुन थालेको छ। सरकारको प्राथमिकतामा परेको मदन भण्डारी राजमार्ग ( धरान-चतरा-सिन्धुली-हेटौँडा बैकल्पिक राजमार्ग) को निर्माण कार्य पछिल्लो समय तीव्र गतिमा हुन थालेको हो।

तातोपानी नाका खोल्न यसरी हुँदैछ काम (भिडियो)

चीन जोड्ने उत्तरको मुख्य तातोपानी नाका आगामी मे महिना भित्रमै सञ्चालनमा ल्याउने तयारी छ। २०७२ वैशाख १२ को विनासकारी भूकम्पपछि वार्षिक २० अर्ब रुपैयाँको कारोवार हुने यो नाका बन्द रहँदै आएको छ।

‘समान शैक्षिक पहुँच पुर्‍याउने सपना छ’

२० वर्षको दौरानमा स्थानीय तह निकै अस्तव्यस्त थियो। वडामा जनप्रतिनिधि नहुँदा विकास निर्माणले गति लिएको थिएन। जताततै हिलो, सडकमा खाल्डाखुल्डी, बत्ती र पानीको समस्या थियो। निर्वाचित भएर आएको डेढ वर्ष भइसक्यो। जनप्रतिनिधि आएपछि वडामा विकास निर्माण भएका छन्। वडाको १३ ठाउँमा पिच गरेका छौं। अन्य पाँच ठाउँमा पिच हुने प्रक्रियामा छ।

मैलुङ–स्याफ्रु सडक स्तरोन्नति सुरु

चीन जोड्ने छोटो दूरीको रूपमा रहेको मैलुङ–स्याफ्रु सडकको स्तरोन्नतिको काम बुधबारदेखि सुरु भएको छ। मैलुङस्याफ्रुबेंसी सडकखण्डमा गएको पहिरो पन्छाउने काम सुरु भएको गल्छी–त्रिशुली–मैलुङ–स्याफ्रुबेंसी–रसुवागढी सडक योजनाले जनाएको छ। सडकको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) संशोधन गर्नुपरेकाले स्तरोन्नतिमा ढिलाइ भएको योजना प्रमुख सुवोध कुमार देवकोटाले बताए। ‘हामीले गत कात्तिकबाट नै स्तरोन्नतिको काम सुरु गर्ने योजना बनाएका थियौं,’ उनले भने, ‘असारमा पहिरोले सडकमा थप क्षति गरेपछि संशोधन गर्नुपर्‍यो।’ संशोधनपछि काम सुरु गरिएको उनको भनाइ छ।

पुनरागमनको बाटोमा साँखुको पहिचान

‘हामी विकास निर्माणको काम तीव्र गतिमा अघि बढाइरहेका छौँ,’ स्थानीय तहका सबै प्रमुखले भन्ने गरेका ‘रेडिमेड’ जवाफ हो यो। काठमाडाैंको पूर्वोत्तरस्थित शंखरापुर नगरपालिकाका मेयरको दाबी पनि यस्तै छ। हो पनि, यो नगरपालिका विकासको यात्रामा लम्किरहेको देखिन्छ। तर, अरु नगरपालिकाभन्दा पृथक बाटोमा।

देश सकस र कपटपूर्ण अवस्थामा : पूर्वराजा ज्ञानेन्द्र

पूर्वराजा ज्ञानेन्द्र शाहले देश सकसपूर्ण र कपटपूर्ण अवस्थाबाट गुज्रेको बताएका छन्। पृथ्वीनारायण शाहको २९७औं जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवसका अवसरमा बुधबार शुभकामना सन्देश जारी गर्दै ज्ञानेन्द्रले भुलेर, अल्मलिएर र आफ्नै अस्तित्व बोधबाट विस्मरण गर्दा देश अप्ठेरोमा पुगेको दाबी गरेका हुन्।

दुई वर्षमै पुनर्निर्माणको सबै काम सम्पन्न भइसक्ने : ज्ञवाली

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले आगामी दुई वर्षमा पुनर्निर्माणका सबै काम सम्पन्न हुने दाबी गरेका छन्।

लडाइँ झगडा गरेर होइन, मिलेर राष्ट्र बनाऔं : अध्यक्ष दाहाल

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहालले विकास निर्माणका लागि राष्ट्रिय सहमति आवश्यक रहेको बताएका छन्।

भीमसेन मन्दिर पुनर्निर्माण अझै अन्योल

भूकम्प गएको तीन वर्ष बित्दा पनि ललितपुर पाटनदरबारमा रहेको भीमसेन मन्दिरको पुनर्निर्माण अघि बढ्न सकेको छैन। स्थानीय र सरोकारवाला निकायबीचको समन्वय नहुँदा मन्दिर पुनर्निर्माण टाढिएको हो।

विभिन्न आयोजनालाई ४० हेक्टर वन क्षेत्र प्रयोग गर्न अनुमति

सरकारले आधा दर्जन आयोजनाको पूर्वाधार निर्माणका लागि करीब ४० हेक्टर वन क्षेत्र प्रयोग गर्न दिने अनुमति दिएको छ। मन्त्रिपरिषद्को यही पुस १३ र १६ गते बसेको बैठकले लमजुङमा माथिल्लो स्याङ्गे खोला साना जलविद्युत् आयोजना (२ दशमलव ४० मेगावाट) का लागि ३ दशमलव ४९ हेक्टर, उदयपुरमा चुनढुङ्गा उत्खननका लागि ४ दशमलव ४३ हेक्टर र पाल्पामा पत्थरकोइला उत्खनन योजना सञ्चालनका लागि १ दशमलव ३२ हेक्टर वन क्षेत्र प्रयोग गर्न अनुमति दिएको वन तथा वातावरण मन्त्रालयले जनाएको छ।

श्रीमहलको पुनःनिर्माण हुने

पुल्चोकस्थित राणाकालीन दरबार श्रीमहलको पुनःनिर्माण हुने भएको छ। भूकम्पले भवनमा धेरै क्षति पुर्‍याएकाले प्रवलीकरण गरेर मात्रै नहुने हुँदा पुनःनिर्माण नै गर्न लागिएको राष्ट्रिय पुनःनिर्माण प्राधिकरणको केन्द्रीय योजना कार्यान्वयन एकाइअन्तर्गतको अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधारले जनाएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्