२७ फाल्गुन २०८१ मंगलबार
image/svg+xml

खोप सुनिश्चित गर्न सरकार केन्द्रित हुन्छः उपप्रम पौडेल

नवनियुक्त उपप्रधानमन्त्री विष्णुप्रसाद पौडेलले नागरिकलाई कोभिड–१९ विरुद्धको खोप सुनिश्चित गर्न सरकार केन्द्रित हुने बताएका छन्।

निर्वाचनका लागि यथेष्ट बजेट विनियोजन गरिएको छ : अर्थमन्त्री

अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सरकारले आगामी आर्थिक वर्षको बजेटको व्यवहारिक र वस्तुगत कार्यान्वयनका लागि प्रक्रिया थाल्ने प्रतिवद्धता जनाएका छन्। अर्थ मन्त्रालयमा आज आयोजित पत्रकार सम्मेलनमा उनले सम्बन्धित मन्त्रालयसँग छलफल गरेर कार्यान्वयनका लागि पहल लिइहाल्ने बताए।

कोभिडको सामना गर्ने बजेट ल्याउँछौं: पौडेल

फेरि अर्थमन्त्री बनेका विष्णुप्रसाद पौडेलले कोभिड १९ को सामना गर्ने कार्यक्रम राखेर आगामी वर्षको बजेट ल्याउने बताएका छन्।

आगामी आर्थिक परिदृश्य चुनौतीपूर्ण: अर्थमन्त्री

पौडेलले कोभिड–१९ ले व्यक्तिको आम्दानी तथा रोजगारीमा व्यापक कटौती गरेको र व्यवसायमा ह्रास र मागमा शिथिलता आएको बताए। यसले समावेशी वृद्धि, मानव विकास र गरिबी निवारणका सरकारका प्रयासमा चुनौती थपेको छ। पौडेलले गरिब एवं जोखिम समूह बढी प्रभावित भएकाले असमानताको खाडललाई अझ फराकिलो बनाउँदै लाने जोखिम पनि बढेको बताए।

कार्यान्वयन गर्न सक्ने कार्यक्रम मात्र प्रस्ताव गर्न आग्रह

अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी वर्षको बजेटका लागि कार्यान्वयन गर्न सक्ने कार्यक्रम मात्र प्रस्ताव गर्न मन्त्रालयहरूलाई आग्रह गरेका छन्। संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयसँगको छलफलमा अर्थमन्त्री पौडेलले कार्यान्वयन गर्न सक्ने कार्यक्रम र सोही अनुसार बजेट प्रस्ताव गर्न अनुरोध गरेका हुन्।

कोरोना प्रभाव कम गर्न सबै पक्षसँग छलफल गर्छौँ : अर्थमन्त्री पौडेल

अर्थमन्त्री विष्णुप्रसाद पौडेलले कोरोनाले अर्थतन्त्रमा पारेको प्रभावलाई न्यूनीकरणका लागि राज्यका तर्फबाट थप के गर्न सकिन्छ भन्नेबारे सरोकारवाला भएका सबै पक्षसँग छलफल गरेर उचित निर्णय गरिने बताएका छन्। उनले भने, “राज्यका तर्फबाट थप के कस्ता विषयमा के कसरी अगाडि बढ्ने भन्नेबारे एउटै टेबलमा बसेर छलफल गरौँ। साझा धारणा बनाऔँ र कार्यान्वयनमा लैजाऔँ।”

‘पुरानो लयमा फर्कंदै अर्थतन्त्र’

अर्थमन्त्री विष्णुप्रसाद पौडेलले कोभिड–१९ का कारण अर्थतन्त्रमा केही समय समस्या देखिए पनि पछिल्ला दिनमा आएको सुधारले सरकारको आत्मबल बढेको बताएका छन्। विश्वका अन्य मुलुकमा जस्तै नेपाली अर्थतन्त्रमा पनि कोभिडले करिब एक वर्षसम्म समस्या ल्याएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्