१ मंसिर २०८१ शनिबार
image/svg+xml

विराटनगर नाकामा पनि रेलबाट कन्टेनर

नेपाली आयातकर्ताल अब विराटनगर नाकामा पनि रेलमार्गबाटै मालसमान बोकेका कन्टेनर मगाउन सक्ने भएका छन् । कोलकाता, हल्दिया र विशाखापटनम बन्दरगाहमा आएका नेपाली मालसमानका कन्टेनर विराटनगर नजिकै सिमापारी रहेको बथनाहा रेल्वे स्टेसनमा मगाएर विराटनगर नाकाबाट नेपाल भित्र्याउन सकिने भएको छ।

फुजेल घटनाका जाहेरवाला झिकाउन आदेश

गोरखा फुजेलका कृष्णप्रसाद अधिकारी हत्यासम्बन्धी मुद्दाको जाहेरवाला नुरप्रसाद अधिकारीलाई अदालतमा झिकाउन आज जिल्ला अदालत चितवनले आदेश जारी गरेको छ। जिल्ला अदालतका मुख्य न्यायाधीश कुलप्रसाद शर्माले अधिकारीलाई झिकाउन आदेश दिएका हुन्।

चीनतर्फका नाका खोल्ने तयारी

कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले अन्तर्राष्ट्रिय व्यापारिक सम्बन्ध स्थापनाका लागि चीनसँगका नाका खोल्ने तयारी भइरहेको बताएका छन् । उनले चीनसँग सीमा जोडिएका डोल्पा, मुगु र हुम्लाका नाका सञ्चालनमा ल्याउने निर्णय गरिएको बताउँदै केही महिनाभित्रै ती नाकाहरु सञ्चालनमा आउने बताए।

समालोचनाका समस्या

आधुनिक नेपाली समालोचनाको आरम्भसँगै कवितासम्बन्धी आधुनिक नेपाली समालोचनाको पनि आरम्भ भएको थियो । साहित्यसम्बन्धी विमर्शको सबैभन्दा महत्वपूर्ण रूप पनि समालोचना नै हो । यसका अतिरिक्त कविताका सम्बन्धमा आयोजित विचार–गोष्ठीहरूमा प्रस्तुत गरिने कार्यपत्रहरू, त्यसमाथिका टिप्पणी, साहित्यिक पत्रिका लगायत सञ्चारका अन्य माध्यममा गरिने कवितासम्बन्धी बहस, कविता कृतिका समीक्षा आदि पनि कविता विमर्शभित्रै समेटिन्छन् ।

खानेपानी आयोजनाका लागि रकम संकलन र जग्गा व्यवस्थापन गरिँदै

इलाम सदरमुकामलाई २० वर्षसम्म चौबीसै घण्टा खानेपानी दिनेगरी सञ्चालन गर्न लागिएको तेस्रो साना सहरी खानेपानी आयोजनाका लागि रकम संकलन र जग्गा व्यवस्थापनको काम अघि बढाइएको छ। उपभोक्ता समितिले मुहानबाहेक विभिन्न स्थानमा राखिने ट्याङकीको जग्गा व्यवस्थापन भइरहेको र जनसहभागिताको रकम संकलन सुरु गर्न लागेको जनाएको छ।

रसुवागढी नाकाबाट १८ हजार चिनियाँ पर्यटक भित्रिए

चीनसँगको अन्तराष्ट्रिय व्यापारिक नाका रसुवागढी हुँदै नेपाल भित्रने चिनियाँ तथा विदेशी पर्यटकको संख्यामा वृद्धि भएको छ । चीनको केरुङबाट रसुवागढी नाका हुँदै एक वर्षमा करिब १८ हजार पर्यटक नेपाल भित्रिएको टिमुरेस्थित अध्यागमन कार्यालयले जनाएको छ ।

रसुवागढी नाकामा एक महिना कारोबार ठप्प हुने

ल्होसारको कारण रसुवागढी नाकामा एक महिनासम्म व्यवसायिक कारोबार ठप्प हुने भएको छ। चीनतर्फ ल्होसारको समयमा चिनियाँ ट्रान्सपोर्ट बन्द हुने भएकाले फागुन १ गतेदेखि कारोबार ठप्प हुने भएको हो।

सुधार परियोजनाका लागि नेपालार्इ एडिबीकाे १० अर्ब ऋण

एशियाली विकास बैंक(एडिबी)ले नेपाल सरकारलाई ग्रामीण सम्पर्क सुधार परियोजना कार्यान्वयन गर्न रु १० अर्ब ऋण सहयोग प्रदान गर्ने भएको छ।

तातोपानी नाकाबाट ६ वर्षमा ११८ किलो सुन बरामद

सिन्धुपाल्चोकबाट छ वर्षमा ११८ किलोग्राम ११ तोला ९३ लाल अवैध सुन प्रहरीले बरामद गरेको छ।  तातोपानी नाकाबाट अवैध रुपमा सुन तस्करी गरी लैजाने क्रममा पछिल्लो छ वर्षमा प्रहरीले बरामद गरेको सुन तातोपानी भन्सार कार्यालय तथा राजश्व अनुसन्धान विभागलाई बुझाइएको छ।

गुलरिया–मुर्तिहा नाका खोल्न माग

चुनावमा दलको एजेन्डामा गुलरिया–मुर्तिहा नाका पहिलो प्राथिमिकतामा पर्छ । दलका नेताले यो नाका सञ्चालनमा ल्याउने आश्वासन दिन्छन् । चुनावी एजेन्डा नाका बनाएको भरमा चुनाव जित्छन् । जितेपछि वास्ता गर्दैनन् ।

प्रधानसेनापति खुला म्याराथनको उपाधि सेनाका बस्नेतलाई

प्रधानसेनापति खुला म्याराथन प्रतियोगितामा नेपाली सेनाको शेरगणका हवल्दार कृष्ण बस्नेत प्रथम भएका छन्। बस्नेतले २ घण्टा २२.५२ सेकेन्डमा निर्धारित ४२.१९५ किमी दुरी पूरा गरी पहिलो भएका हुन्।

रसुवागढी नाका हुँदै ३१ लाखको मुडा चीन निर्यात

रसुवागढी नाका हुँदै आर्थिक वर्षको पहिलो ६ महिनामा ३१ लाख भन्दा बढीको बाँसको मुडा चीन निर्यात भएको छ । नेपालको विभिन्न कारागारमा उत्पादन गरिएका मुडा संकलन गरेर ३१ लाख २० हजार मूल्य बराबरको मुडा निर्यात गरिएको हो। नाकाबाट कृषि तथा वनजन्य सामग्री निर्यातको क्रममा १२ हजार ८ सय ८० ओटा बाँसको मुडा चीनतर्फ निर्यात भएको प्लान्ट क्वारेन्टाइन चेक पोष्ट टिमुरेले जनाएको छ।

चीन जोड्ने कोरला नाका खुलाउन पहल

कोरला नाका सञ्चालनका लागि चीन र नेपाल सरकारले पूर्वाधार निर्माणलाई तीव्रता दिनुका साथै कूटनीतिक पहल थालेका छन्।

‘बलात्कार घटनाका दोषीलाई प्रहरी मिलेमतोमा उन्मुक्ति दिन खोजियो’

महिलामाथि हुने बलात्कारजस्तो जघन्य अपराधका घटनाका दोषीलाई प्रहरीकै मिलेमतोमा उन्मुक्ती दिइएको भन्दै महिला अधिकारकर्मीहरुले प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएका छन्।

भक्तपुरमा बलात्कारका तीन घटनाका तीन आरोपी पक्राउ

प्रहरीले बलात्कारको अभियोगमा तीन जनालाई पक्राउ गरेको छ। महानगरीय प्रहरी परिसर भक्तपुरले विभिन्न मितिमा भएको बलात्कारको उजुरीको आधारमा आरोपितहरुलाई पक्राउ गरेको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्