१ मंसिर २०८१ शनिबार
image/svg+xml

‘तातोपानी नाका खोल्न गृहकार्य हुँदैछ’

वाणिज्यमन्त्री मीनबहादुर विश्वकर्माले केरुङ नाका व्यवस्थापन गर्ने र भूकम्पपछि बन्द भएको तातोपानी नाका खोल्नका लागि गृहकार्य भइरहेको बताएका छन।

सुपर ग्यास दुर्घटनाका मृतक परिवारलाई आर्थिक सहयोग

वीरगन्जको वडा नम्बर १८ सुखचैनास्थित सुपर ग्यास उद्योगको आगलागी दुर्घटनामा परी ज्यान गुमाएका मृतकका परिवारजनलाई आर्थिक सहयोग सहयोग गरिएको छ।

उडान रद्द भएर सुमाेमा जाँदा ६ जनाकाे ज्यान गयाे

काठमाडौँबाट झापा जाँदै गरेको बा ९ च ३३१४ नम्बरको  टाटासुमो दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ । शनिबार विहान २ः३० बजे  धनुषाको  गणेशमान चारनाथ नागरपालिका ८ पोर्ताहास्थित कमलापुल नजिके दुर्घटना भएको हो।

रसुवागढी नाकामा एकीकृत चेकपोष्ट स्थापना

चीनसँगको व्यापारिक नाका रसुवागढीमा एकीकृत चेकपोष्ट स्थापना गरिएको छ। चार वटा कार्यालय एकै ठाउँमा सञ्चालन हुनेगरी चेकपोष्ट स्थापना गरिएको हो। प्रमुख भन्सार अधिकृत गोपाल कोइरालाका अनुसार चेकपोष्टमा अध्यागमन कार्यालय, भन्सार कार्यालय, नेपाल प्रहरी र शसस्त्र प्रहरी रहने छ।

बाँदरमुढे घटनाका मृतकलाई सहीद घोषणा

सरकारले बाँदरमुढे घटनामा मारिएकाहरुलाई सहिद घोषणा गरेको छ। विहीबार राति सम्पन्न मन्त्रिपरिषद बैठकले बाँदरमुढे घटनाका मृतकलाई सहीद घोषणा गरेको कानूनमन्त्री यज्ञबहादुर थापाले जानकारी दिए।

तातोपानी नाका खोल्न चीनले माग्यो सुरक्षा प्रत्याभूति

तातोपानी नाका खोल्नका लागि चिनियाँ पक्षले नेपालसँग सुरक्षाको प्रत्याभूति माग गरेको छ। सुरक्षाका विषयमा चिनियाँ पक्षले बढ्ता चासो राखेको र नेपालले सो सम्बन्धमा आवश्यक विश्वास दिलाउनुपर्ने देखिएको छ।

पूर्वी नाकाबाट आउने पर्यटकको संख्यामा वृद्धि

पूर्वी नाका काँकडभिट्टाबाट नेपाल भित्रिने पर्यटकको संख्यामा उल्लेख्य मात्रामा वृद्धि भएकोे काँकडभिट्टा अध्यागमन कार्यालयले जनाएको छ । सरकारले नाकामा पर्यटन प्रहरीको व्यवस्था गरेका कारण पनि नेपाल आउने पर्यटकको संख्यामा वृद्धि भएको हो ।

कानुनबिनाका ‘न्यायाधीश’

देउखुरीस्थित गढवा गाउँपालिकाको न्यायिक समितिमा केही दिनअघि आमा–छोरीबीचको जग्गा विवादसम्बन्धी मुद्दा आयो । यो गाउँपालिकाकाको वडा नम्बर ६ बस्ने एक महिलाले आमालाई फकाएर उनको नाममा रहेको जग्गा आफ्नो नाममा पास गरिन् ।

बेलिब्रिजले खोल्यो खोटाङ जोड्ने अर्को नाका

खोटाङ र उदयपुर जोड्ने सुनकोसीस्थित फोक्सिङटारमा अस्थायी बेलिब्रिज जडान गरिएको छ । दिक्तेल–गाईघाट सडक खण्ड अन्तर्गत खोटाङको खोटेहाङ गाउँपालिकाको लिच्कीराम्चे र उदयपुरको आँपटर जोड्ने सुनकोसीस्थित फोक्सिङटारमा बेलिब्रिज जडान गरिएपछि खोटाङ र पूर्वी तराई जोड्ने दोस्रो सिधा र छोटो बाटो खुलेको छ ।

मुम्बई हमलाका योजनाकारसँग राजदूत भेटिएपछि...

मुम्बई हमलाका प्रमुख योजनाकार एवं पाकिस्तानी आतंकवादी हाफिज सईदको र्‍यालीमा प्यालेस्टाइनका राजदूत देखिएपछि भारतले कडा आपत्ति जनाएको छ। भारतको आपत्तिपछि प्यालेस्टाइनले यो घटनाप्रति खेद व्यक्त गर्दै पाकिस्तानमा रहेका आफ्ना राजदूत वालिद अबु अलीलाई फिर्ता बोलाउने निर्णय गरेको छ।

युगीन चेतनाका संवाहक

कविशिरोमणि लेखनाथ पौड्याल नेपाली कविताका अविस्मरणीय प्रतिभा हुन् । कवि उमेरले होइन, काम, त्याग र योगदानले बाँच्छन् । सिर्जनात्मक योगदान हुँदाहुँदै कतिपय स्रष्टा सम्झनामा भने तल–माथि भइरहेको देखिन्छ ।  नेपाली स्रष्टा सम्झनामा भानुजयन्ती सर्वाधिक लोकप्रिय छ । भानुजयन्तीपछि देवकोटा र मोतीजयन्तीलाई भव्य रूपमा मनाउन थालिएको छ । लेखनाथ जयन्तीबारे भने धेरैलाई थाहा नै छैन ।

उत्तर कोरियाद्वारा नाकाबन्दीको विरोध

उत्तर कोरियाले बारम्बार गर्ने गरेको एकपछि अर्को शक्तिशाली क्षेप्यास्त्र परीक्षणको विरोधमा संयुक्त राष्ट्रसंघले उसमाथि थपेको अर्को नाकाबन्दीको उत्तर कोरियाले कडा शब्दमा विरोध गरेको छ।  अघिल्लो हप्तामात्र संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषदामा गरिएको मतदानबाट उसलाई यसअघि लगाइएको नाकाबन्दीमा निरन्तरता दिनुका साथै थप नाकाबन्दीको पनि घोषणा गरिएको बताइएको थियो।

खुल्यो खोटाङ जोड्ने नयाँ नाका

खोटाङ र उदयपुर जोड्ने सुनकोसीस्थित फोक्सिङटारमा अस्थायी बेलिब्रिज जडान गरिएको छ । दिक्तेल गाईघाट सडक खण्ड अन्तर्गत खोटाङको खोटेहाङ गाउँपालिकाको लिच्कीराम्चे र उदयपुरको आँपटर जोड्ने सुनकोसीस्थित फोक्सिङटारमा बेलिब्रिज जडान गरिएपछि खोटाङ र पूर्वी तराई जोड्ने दोश्रो सिधा र छोटो बाटो खुलेको छ ।

एमाले अध्यक्ष ओली रसुवागढी नाकामा

एमाले अध्यक्ष केपी शर्मा ओलीले मंगलबार रसुवागढी–केरुङ सीमा नाकाको अवलोकन गरेका छन्। मंगलबार रसुवा आएका उनले नेपाल–चीन सीमास्थित टिमुरेमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै सो क्षेत्रबाटै रेलमार्ग निर्माण गर्ने बताए।

न्युयोर्क विस्फोटका योजनाकार बङ्गाली युवा पक्राउ

न्युयोर्क सहरमा सोमबार बिहान भएको एउटा विष्फोटमा संलग्नहरुको खोजी गर्ने क्रममा प्रहरीले एकजना बङ्गलादेशी नागरिक पक्राउ गरेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएको छ ।  ती २७ वर्षीय बङ्गाली युवालाई प्रहरीले सो विस्फोटमा संलग्न भएको भरपर्दो प्रमाणका आधारमा पक्राउ गरी सोधपुछ गरिरहेको जानकारी मङ्गलबार दिइएको समाचारमा जनाइएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्