४ चैत्र २०८२ बुधबार
image/svg+xml

धादिङ बस दुर्घटना: मृतक सङ्ख्या १८ पुग्यो, यी हुन् काठमाडौंमा उपचार गराइरहेका घाइते

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता, प्रहरी उपरीक्षक पवनकुमार भट्टराईका अनुसार घाइतेमध्ये १२ जनाको राष्ट्रिय ट्रमा सेन्टरमा र १० जनाको नेशनल अस्पताल कलंकीमा उपचार भइरहेको छ। उनले उपचारका लागि ल्याइएका २३ जनामध्ये अर्का एक जना घाइतेको भने मृत्यु भएको जानकारी दिए। उनको पहिचान खुलेको छैन।

‘रामनाम सत्य’ को ‘धागोले बाटेको’ गीतमा रोमान्टिक विराज र सुपुष्पा

चैत्रको २७ गतेबाट रिलिजमा आउन लागेको फिल्म ‘राम नाम सत्य’को पहिलो गीत सार्वजनिक गर्दै प्रचार आरम्भ गरिएको छ।

झण्डाको पक्षपोषण गर्नु ‘लाजनीति’ हो : सुदन गुरुङ

जनताको ज्यान र सुरक्षाभन्दा दलगत प्रतीकलाई प्राथमिकता दिनु लाज नीति रहेको बताएका छन्।

गौरमा शान्ति सद्‍भाव कायम राख्न सर्वपक्षीय सद्‍भाव र्‍याली

नागरिक समाजका अध्यक्ष जगरनाथ केसरीको नेतृत्वमा सबगढाको मुख्य सडकबाट सुरु भएको र्‍यालीले गाउँ परिक्रमा गर्दै शान्ति, एकता र सहअस्तित्वको सन्देश दिएको छ।

सडक यात्रा सुरक्षित बनाउनु राज्यको प्रमुख दायित्व : रवि लामिछाने

पोखराबाट काठमाडौं आउँदै गरेको बस धादिङमा दुर्घटना भएपछि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवी लामिछानेले सडक यात्रा सुरक्षित बनाउनु राज्यको प्रमुख दायित्व भएको बताएका छन्।

३२ सयले बढ्यो सुन

त्यस्तै, चाँदीको मूल्यमा पनि उच्च वृद्धि देखिएको छ। चाँदी तोलामा १७० रुपैयाँले बढेर पाँच हजार ५९५ रुपैयाँ पुगेको छ। यसअघि चाँदी प्रतितोला पाँच हजार ४२५ रुपैयाँमा कारोबार भएको महासंघले जानकारी दिएको छ।

वीरगञ्जमा स्थिति नियन्त्रण बाहिर गएपछि सेना परिचालन, कर्फ्यु जारी

स्थानीयलाई आ–आफ्नो घरभित्र बस्न आग्रह गरिएको छ। सम्भावित अप्रिय घटना हुन नदिन नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेना विभिन्न स्थानमा परिचालन गरिएको पर्साका प्रहरी प्रमुख एसपी नरेशराज सुवेदीले बताएका छन्।

दुर्घटनामा परेको बस पोखराबाट बेलुका ७ बजे छुटेको थियो

आज विहान धादिङमा दुर्घटनामा परेको यात्रुबाहक बस पोखराबाट बेलुका ७ बजे छुटेको खुलेको छ।

रास्वपालाई ठुलो झड्का : जिल्ला सभापति नै कांग्रेसमा फर्किए

पार्टी छाडेको घोषणा गर्दै पराजुलीले सामाजिक सञ्जालमा लेखेका छन्, ‘म विगत करिब ३० वर्षदेखि नेपाली कांग्रेसको राजनीतिमा सक्रिय रूपमा समर्पित रहँदै आएको थिएँ। त्यसपछि २०७९ साल साउनदेखि राष्ट्रिय स्वतन्त्र पार्टीमा आबद्ध भई संगठन निर्माण र विस्तारमा निरन्तर लागिपरेँ।’

आयोजक काष्ठमण्डपका दुवै टोली सेमिफाइनलमा

आयोजक काष्ठमण्डपका ‘ए’ र ‘बी’ दुवै टोली आएतबार काष्ठमण्डप छात्र फुटसल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेका छन्।

सवारी दुर्घटनामा एकको मृत्यु, अर्का गम्भीर घाइते

आज बिहान गैँडाकोट नगरपालिका–७ जानकी ग्यास अगाडि पूर्व–पश्चिम राजमार्गमा मोटरसाइकल दुर्घटनामा परी देवचुली नगरपालिका–११ बस्ने १८ वर्षीय बिजेन पुलामीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपरासी(बर्दघाट सुस्तापूर्व)का प्रहरी उपरीक्षक युवराज खड्काले बताए।

उत्तर कोरिया : सत्तारुढ दलको नेतामा फेरि किम जोङ उन निर्वाचित

सरकारी मिडिया केसीएनएका अनुसार आइतबार उनी पुनः निर्वाचित भएका हुन्। यो घटनालाई त्यति आश्चर्यजनक मानिएको छैन, किनकि किम परिवारको तानाशाही शासन सन् १९४० को दशकको अन्त्यदेखि नै जारी छ।

असमानताबाटै अर्को भयावह महामारी

भिडभाडयुक्त बसोबास, संकटका बेला अग्रपंक्तिमा रहेर काम गर्नुपर्ने पेसा र गरिबीले महामारीको फैलावटलाई तीव्र बनाउँछन्।

‘सस्तो लोकप्रियताका लागि झुटा प्रतिबद्धता गरेर जनतालाई झुक्याउने काम नगर्नुस्’

देश विकासको मेरुदण्ड निजी क्षेत्र भएको भन्दै उनले लगानीमैत्री वातावरण निर्माणका लागि कानुनी अल्झनहरूमा सुधार गर्नुपर्ने खाँचो औँल्याए। ‘कानुनी अल्झन, राज्य सञ्चालकमा देखिएको गैरजिम्मेवारीपन र विकासको दीर्घकालीन रणनीति नहुँदा ठुलादेखि साना आयोजनाहरू अलपत्र पारिएका छन्, लगानीको सुरक्षाको प्रत्याभूति हुन सकेन,’ श्रेष्ठले भने।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्