२३ आश्विन २०८१ बुधबार
image/svg+xml

‘कानुन निर्माणमा संघीय संसद र प्रदेशबीच समन्वय हुनुपर्छ’

प्रतिनिधि सभाका सभामुख र राष्ट्रियसभा अध्यक्षले संघीय संसद र प्रदेशसभाबीच सभा सञ्चालन र प्रक्रियाबारे अनुभव आदानप्रदान तथा कानुन निर्माणमा समन्वय हुनुपर्ने बताएका छन्। संघीय संसद र प्रदेश सभाका पदाधिकारीबीच संसदीय प्रक्रिया र अनुभवका आदानप्रदान गर्न आइतबार आयोजित अन्तरक्रियामा बोल्दै उनीहरुले कानुन निर्माणका लागि समन्वयमा जोड दिएका हुन्।

‘मेलम्चीको पानीले उपत्यकामा खानेपानीको समस्या समाधान हुन्छ’

उपत्यकाको खानेपानी सञ्जालमा शनिबारदेखि दैनिक ३ करोड लिटर पानी थपिएको छ। सभामुख कृष्णबहादुर महराले शनिबार महांकालस्थित पानी संकलन केन्द्रमा धाराको साँचो खोलेर खानेपानी थप्ने कार्यको शुभारम्भ गरेको हो।

तीन तह बलियो हुँदा मात्रै संघियता सफल : प्रदेश ५ सभामुख

प्रदेश ५ का सभामुख पूर्ण बहादुर घर्तीले तीन तहको संरचना बलियो हुँदा मात्रै संघियता सफल हुने बताएका छन। ‘स्थानीय, प्रदेश र संघ गरि तिन तह टेम्पोको तीन पाङग्रा जस्तै हुन’ संसदीय मामिला पत्रकार समाजले बुटवलमा गरेको संसदीय रिर्पोटिङ अभिमुखिकरणको बुधबार उद्घाटनका अवसरमा बोल्दै सभामुख घर्तीले भने।

सभामुखको भूमिकामाथि काँग्रेसले उठायो प्रश्न, थप छलफल गर्ने

प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले प्रतिनिधिसभाको बिहीबारको बैठकमा भएको घटनाका सम्बन्धमा छलफल गरेको छ। काँग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा शुक्रबार बसेको बैठकमा मन्त्रीलाई प्रश्न सोध्न समय नपाएका सम्बन्धमा छलफल भएको पार्टीका प्रमुख सचेतक बालकृष्ण खाँणले बताए।

सभामुख र उपसभामुख फरक दलको हुनुपर्ने भन्दै अदालतमा रिट दायर

प्रदेश नं. ५ मा कांग्रेसले संविधान अनुरुप प्रदेशसभाको सभामुख र उपसभामुख फरक दलको हुनुपर्ने मागसहित अदालतमा रिट दायर गरेको छ। काँग्रेसका तर्फबाट प्रदेश सभाको उपसभामुखकी उम्मेदवार सांसद रीना नेपाल विश्वकर्माले उच्च अदालत तुलसीपुर दाङ्गको बुटवल इजलासमा मंगलबार रिट दायर गरेकी हुन्।

कांग्रेस सभामुखप्रति आक्रामक

प्रतिनिधिसभाका सभामुख र उपसभामुख फरकफरक दलको हुनुपर्ने माग राख्दा सभामुख कृष्णबहादुर महराले यस विषयको बहसमा बन्देज लगाएपछि प्रमुख प्रतिपक्ष दल कांग्रेसले आपत्ति जनाएको छ।

'मुख्य न्यायाधिवक्ता सभामुख भन्दा माथि होइनन्'

सरकारका कानुनी सल्लाहकारको भूमिकामा रहने मुख्य न्यायाधिवक्तालाई सभामुखको भन्दा बढि सेवा सुविधा दिन नहुने विषय संसदमा उठेको छ।

सभामुख र उपसभामुख फरक पार्टीको हुनपर्ने भन्दै संसद अवरोध

प्रतिपक्षी नेपाली कांग्रेसको अवरोधपछि प्रदेश नं. ५ को प्रदेश सभा बैठक स्थगित भएको छ। काँग्रेसले संसदको सभामुख र उपसभामुख फरक पार्टीको हुने संवैधानिक व्यवस्था कार्यान्वयनको माग गर्दै सदन अवरुद्ध गरेपछि बैठक स्थगीत भएको हो।

नेपाललाई खेलकुदको हब बनाउन सम्भाव्यता अध्यन हुनुपर्छ : सभामुख महरा

सभामुख कृष्णबहादुर महराले नेपाललाई खेलकुदको हब बनाउन सम्भाव्यता अध्ययन हुनुपर्ने बताएका छन्।

सरकार र दलहरुको गतिशीलता देखिनु जरुरी छ : सभामुख महरा

संघीयसभाका सभामुख कृष्णबहादुर महराले मुलुकको राजनीतिक विवाद संविधान निर्माण भएपछि सकिएको बताएका छन्।

सभामुखबाट ‘रुलिङ’

सभामुख कृष्णबहादुर महराले संसद्को विशेष र शून्य समयमा उठाएका प्रश्नको विषयमा जवाफ दिने व्यवस्थाका लागि सरकारको ध्यानाकर्षण गराएका छन्।

ऐन बनाईसकेपछि मात्र संघीयताको ठोस कार्यान्वयन हुन्छः सभामुख महरा

सभामुख कृष्णबहादुर महराले संघीय प्रदेश मार्फत कानुन बनाईसकेपछि मात्र संघीयता ठोस कार्यान्वयनमा आउने बताएका छन्। जातीय र क्षेत्रीय स्वायत्तता प्रदान गर्ने काम मात्र संघीयताले नगरि जनताको आधारभुत अधिकार र केन्द्रमा रहेको अधिकारलाई तल्लो तहसम्म पुर्‍याउनु संघीयता भएकोले आवश्यक निर्देशिका र नियमावली बनाएपछि मात्र संघीयताको ठोस कार्यान्वयन सुरु हुने उनले बताए।

सभामुख र अध्यक्षको त्रुटि सरकारले सच्याइदियो

प्रतिनिधिसभाका सभामुख र राष्ट्रियसभाका अध्यक्षले संविधानविपरीत बोलाएको दुवै सदनको संयुक्त बैठकको निर्णयलाई सरकारले सच्याइदिएको छ। मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले संघीय संसद्को संयुक्त बैठकको आह्वानका लागि राष्ट्रपतिसमक्ष अनुरोध गर्ने निर्णय गरी सभामुख र अध्यक्षले संविधानविपरीत गरेको त्रुटि सच्याइदिएको हो।

हतारमा पारित भए दुई विधेयक : झुक्किए सांसद, अलमलमा उपसभामुख

प्रदेश नं ४ का बजेटसँग सम्बन्धित दुई विधेयकहरु एकै दिन दफाबार छलफल गरि पारित भएका छन्। संवैधानिक व्यवस्था बमोजिक असार १ गते बजेट ल्याउनुपर्ने बाध्यता र बजेटसँग सम्बन्धित कर र गैह्रकर सँग सम्बन्धित विधेयक र वित्त व्यवस्थापन सम्बन्धिको विधेयक बिहिबार सदनमा छलफल गरि पारित गरिएको हो।

कांग्रेसको प्रश्न : सभामुख र उपसभामुख एउटै पार्टीको हुन मिल्छ ?

प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका मुख्य सचेतक बालकृष्ण खाणले सभामुख र उपसभामुख एउटै दलको हुन नहुने सवैधानिक व्यवस्था पालना गर्न माग गरेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्