२२ आश्विन २०८१ मंगलबार
image/svg+xml

सभामुखलाई राजीनामा दिन साझा पार्टीको माग

साझा पार्टीले यौन दुर्व्यवहारमा मुछिएका सभामुख कृष्णबहादुर महरालाई राजीनामा दिन सुझाव दिएको छ।

दुर्व्यवहारको आरोप लागेपछि सभामुखले भनेः कठपुतली तयार पारेर बदनाम गर्न खोजियो

सभामुख कृष्णबहादुर महराले आफूमाथि लागेको यौन दुर्व्यवहारको आरोपको खण्डन गरेका छन्। महरामाथि संसद सचिवालयमै कार्यरत एक महिलाले यौन दुर्व्यवहारको आरोप लगाएकी छिन्। दुर्व्यवहार गरेको आरोपसहितको समाचार प्रकाशित भएपछि महराका प्रेस सल्लाहकार डिल्ली मल्लले विज्ञप्ति जारी गर्दै खण्डन गरेका छन्।

अनुपस्थित सांसदको पद जोगाइदिँदै सभामुख

संसद्को बर्खे अधिवेशन अवधिमा लगातार दस दिनभन्दा बढी १५ जना सांसद अनुपस्थित भएका छन्। संविधानको धारा ८९ को खण्ड (घ) मा कुनै पनि संघीय संसद्को सदस्य सम्बन्धित सदनलाई सूचना नदिई लगातार दसवटा बैठकमा अनुपस्थित रहेमा संसद् सदस्यता रिक्त हुने उल्लेख छ।

सभामुख बन्न कार्यक्षमता बढाउँदै उपसभामुख

बैठकको निष्कर्ष सुनाउँदै बुधबार सञ्चारकर्मीसँग उपसभामुखहरूले भने– आफ्नो सिकाइको क्रममा थप जिम्मेवारी अपेक्षा गर्छाैं।

सिक्दै डेढ वर्ष बित्यो : उपसभामुख

सङ्घीय संसद र प्रदेशसभाका उपसभामुखले डेढ वर्षसम्म सङ्घीयता अनुरुपका संविधान कार्यान्वयनका काम सिक्दै बितेको अनुभव सुनाएका छन्।

काठमाडौंमा उपसभामुखहरुको भेला, डेढ वर्षे अनुभव आदानप्रदान

संघीय संसद र प्रदेश सभाका उपसभामुखहरुले सभामुखसँग काम गर्न सहज हुँदै गएको निष्कर्ष निकालेका छन्। संघीय संसद र सबै प्रदेशका उपसभामुखहरुको मंगलबार काठमाडौं बसेको संयुक्त बैठकले सभामुखसँग काम गर्न सहज हुँदै गएको निष्कर्ष निकालेको हो।

सभामुख महरा काजकिस्तान प्रस्थान

कजाकस्तानको अस्तानामा हुने उक्त बैठकमा कजाकस्तानका लागि नेपाली महावाणिज्यदूत बरुण चौधरी र प्रतिनिधि सभा सदस्य विनोद चौधरी पनि सहभागी हुनेछन्।

सरकारको कामलाई नियन्त्रण नगर्न संसदीय समितिलाई सभामुखको निर्देशन

प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महराले सरकारको कामलाई नियन्त्रण हुनेगरी कुनै पनि गतिविधि नगर्न संसदीय समितिहरुलाई सचेत गराएका छन्।

किन अवरुद्ध भइरहेको छ संसद?

पछिल्लो समय संघीय संसदअन्तर्गतको प्रतिनिधिसभाको बैठक निरन्तर अवरुद्ध भइरहेको छ। प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस र विपक्षी राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले संसदीय छानविन समितिको माग गर्दै बैठक अवरुद्ध गर्दै आएका छन्।

महिलाले सोधे- ‘सभामुखज्यू ! छाउपडी अन्त्यको कानुन कहिले आउँछ ?

‘सभामुखज्यू ! कर्णाली प्रदेशमा छाउपडी व्याप्त छ। महिनावारी भएको बेला पाँच दिनसम्म घर बाहिरै बस्नुपर्छ। यो कुप्रथा अन्त्यका लागि प्रदेशसभाले कस्तो कानुन बनाउँदैछ?’ बराहताल गाउँपालिका–८ कि खगिसरा बास्तोलाले यो प्रश्न गर्दा कर्णाली प्रदेशसभाका सभामुख राजबहादुर शाही गम्भीर बने।

कानुनविपरीत सभामुखलाई २८ सुरक्षाकर्मी

प्रतिनिधिसभाका सभामुख र राष्ट्रियसभा अध्यक्षले कानुनले तोकेभन्दा बढी सुरक्षाकर्मी राखेको पाइएको छ। तर सभामुख कृष्णबहादुर महराका लागि भने राष्ट्रियसभाका अध्यक्षले भन्दा पनि बढी सुरक्षाकर्मी खटाइएको छ। सभामुख महराले २८ जना सुरक्षाकर्मी पाएका छन् तर उही हैसियतमा रहेका राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाका लागि भने २१ जना सुरक्षाकर्मी खटिएका छन्। दुवैले कानुनभन्दा बढी सुरक्षाकर्मी लिए पनि सभामुखले भने अझै बढी सुरक्षाकर्मी पाएका छन्। दुवै पदाधिकारीको अगुवा पछुवा र क्वाटरमा सो संख्यामा सुुरक्षाकर्मी खटिएका छन्।

सभामुख सरकारसँग डराएः देउवा

प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले साउन ८ गतेसम्म प्रतिनिधिसभा बैठक स्थगित गरिएकोमा आपत्ति जनाएको छ। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संसद सचिवालयले सोमबार सूचना टाँस गरी आगामी साउन ८ गते बुधबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित गरेकोमा आपत्ति जनाएका हुन्।

गगन थापाको आक्रोशः ‘संसद सभामुखले चलाउने हो कि सरकारले ?’

नेपाली कांग्रेसका सांसद गगन थापाले संसद सरकारको छायाँको रूपमा सीमित हुँदै गएको आरोप लगाएका छन्। प्रतिनिधिसभाको बुधबारको बैठकपछि संघीय संसद भवनमा सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिँदै थापाले सभामुखले स्वतन्त्र भूमिका निर्वाह गर्न नसकेको आरोप लगाएका हुन्।

प्रभावकारीरुपमा सेवा प्रवाह गर्न सभामुखको निर्देशन

सभामुख कृष्णबहादुर महराले नागरिकलाई छिटोछरितो निष्पक्ष भई प्रभावकारीरुपमा सेवा प्रवाह गर्न निर्देशन दिएका छ्न् ।

मुख्यमन्त्री र सभामुखकाे एउटै स्वरः हेटौंडा नै स्थायी राजधानी

प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेश नं ३ को राजधानी हेटौँडामा रहने बताएका छन्। पत्रकारसँग आज राजधानीको विषयमा संक्षिप्त कुराकानी गर्दै उनले प्रदेशको राजधानी हेटौँडामा राख्नका लागि आफू प्रयासरत बताएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्