२२ आश्विन २०८१ मंगलबार
image/svg+xml

माफियाले देश हडप्न खोजे : सभामुख महरा

सभामुख कृष्णबहादुर महराले माफियाहरूले देशै हडप्न खोजिरहेको बताएका छन्। शनिबार भक्तपुर सूर्यविनायक नगरपालिका–४, दधिकोटस्थित दक्षिण बाराही उद्यान सामुदायिक वनमा राष्ट्रिय वृक्षारोपण तथा सरसफाइ कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।

'संविधान नमान्ने, संसदलाई पनि नमान्ने हो भने देश कसले चलाइरहेको छ?'

संसदीय समितिले दिएको निर्देशन सरकारले नमानेको भन्दै उनले आक्रोस पोखे।

गुठी विधेयकमा सभामुखलाई निर्णायक भूमिका खेल्न आग्रह

सांसद विरोध खतिवडाले गुठी विधेयकमा देखिएको समस्या समाधानका लागि निर्णायक भूमिका निर्वाह गर्न सभामुखको ध्यानाकर्षण गराएका छन्।

सभामुखले संसदमा प्रतिपक्षीभन्दा सत्तापक्ष सांसदलाई बढी समय बोल्न दिएपछि...

नेपाली कांग्रेसका सांसदले सत्ता पक्षका सांसदलाई बढी समय दिएको भन्दै आपत्ति जनाएका छन्। मंगलबारको बैठकको सुरुवातमा गुठी विधेयकविरुद्ध उत्रिएका आन्दोलनकारीमाथि भएको दमनको विरोधमा कांग्रेस सांसद राजन केसीले आफ्नो भनाई राखे।

शून्य समयको उपलब्धि ‘शून्य’

प्रतिनिधिसभाका सदस्यहरूले संसद्को शून्य समयमा उठाएका विषयलाई सभामुख र सरकारले बेवास्ता गरेको गुनासो गरेका छन्।

सभामुखको बेवास्ताले राहदानी विधेयक अलपत्र

सभामुख कृष्णबहादु महराले राहदानी विधेयक कसरी अघि बढाउने भन्ने विषयमा छलफल नै थालेका छैनन्।

सभामुखले कानुनविपरीत सुविधा बढाए

सभामुख कृष्णबहादुर महराले कानुनविपरीत संघीय संसद् सचिवालय पदाधिकारीका स्वकीय सचिवालयमा रहने कर्मचारीको सुविधा बढाएका छन्। उनीहरूलाई सुरु तलब स्केलअनुसार तलब मात्र उपलब्ध गराउने कानुनी व्यवस्था छ।

महरा इतिहासकै कमजाेर सभामुखः देउवा

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सभामुख कृष्णबहादुर महरालाई इतिहासकै सबैभन्दा कमजोर सभामुख भएकाे बताएका छन्।

नेपाल–चीन शैक्षिक मेलाको सुरुवात, सम्बन्ध बिस्तारमा भाषा र शिक्षा महत्वपूर्णः सभामुख

प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महराले नेपाल–चीन सम्बन्ध बिस्तारमा भाषा र शिक्षाले महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताएका छन्। चिनियाँ भाषा शिक्षक संघले आइतबार काठमाडौंमा आयोजना गरेको ‘दोस्रो वेल्ट एण्ड रोड नेपाल–चीन शैक्षिक मेला’को उद्घाटन गर्दै सभामुख महराले भाषाको ज्ञान र शैक्षिक सहकार्यले दुई देशबीचको सम्बन्ध बिस्तारमा महत्वपूर्ण भूमिका खेल्ने बताए।

सभामुख महरा र कतारका परराष्ट्रमन्त्रीबीच भेटवार्ता

सभामुख कृष्णबहादुर महरा र कतारका उपप्रधान तथा परराष्ट्रमन्त्री शेख मोहम्मद विन अब्दुलरहमान विन जस्सिन अल थानीबीच शिष्टाचार भेटवार्ता भएको छ।

घाइतेको उपचारमा कुनै कमी नहोस् : सभामुख महरा

प्रतिनिधिसभा सभामुख कृष्णबहादुर महराले हावाहुरीका कारण घाइते भएकाको उपचारमा कुनै कमी नगर्न सरकारसँग आग्रह गरेका छन्।

लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग

सभामुख कृष्णबहादुर महराले गिरिशचन्द्र लालको अध्यक्षतामा गठित आयोगको प्रतिवेदन यथाशिघ्र सार्वजनिक गर्न सरकारलाई निर्देशन दिएका छन्। लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्दै माग गर्दै राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले प्रतिनिधिसभाको बैठकमा अवरोध गरेपछि सभामुख महराले उक्त प्रतिवेदन यथाशिघ्र सार्वजनिक गर्न निर्देश गरेका हुन्।

नेपालको जलविद्युत र कृषिमा लगानी गर्न उत्तर कोरिया इच्छुक

कोरियाका केही शहर र नेपालका केही शहरहरु भगिनी शहरको रुपमा रहेको भन्दै नवनियुक्त उत्तर कोरियाली राजदूत जो योङ मनले सभामुख कृष्णबहादुर महरासँगकाे भेटमा नेपालको हाइड्रो, कृषिलगायतका क्षेत्रमा आफूहरु लगानी गर्न इच्छुक रहेको बताए।

अब माननीय ‘मनाङे’

गण्डकी प्रदेशका सभामुख नेत्रनाथ अधिकारीको बोली फेरिएपछि डनको छवि बनाएका मनाङ (ख) बाट स्वतन्त्र निर्वाचित प्रदेशसभा सदस्य राजीव गुरुङ उर्फ दीपक मनाङेका लागि प्रदेशसभाको ढोका खुलेको छ।

सरकारको जीतसँगै हारेको नैतिकता

राष्ट्रिय चिकित्सा शिक्षा विधेयक प्रतिपक्षको नाराबाजीका बीच पारित भयो। संसद्को प्रत्यक्ष प्रसारण हेरिरहेका नागरिकले सरकार र सभामुखले कति ठीक ढंगमा काम गरे वा प्रतिपक्षले कति उचित काम गर्‍यो भनेर पक्कै विश्लेषण गरेका छन्। संसद्को प्रक्रिया र प्रतिपक्षको प्रस्तुतिका विषयमा पक्ष र विपक्षमा मतहरू अभिव्यक्त भइरहेकै छन्। सत्ता पक्ष समर्थकहरूलाई सभामुखको भूमिका अत्यन्त प्रभावकारी लागेको हुनसक्छ। सरकारको बलमिच्याइँ नभएको देख्ने सत्तापक्षीय स्वभावलाई अन्यथा मान्नुपर्ने कारण छैन।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्