२४ जेष्ठ २०८१ बिहीबार
image/svg+xml
राजनीति

सभामुखलाई राजीनामा दिन साझा पार्टीको माग

काठमाडौं– साझा पार्टीले यौन दुर्व्यवहारमा मुछिएका सभामुख कृष्णबहादुर महरालाई राजीनामा दिन सुझाव दिएको छ।

घटनाप्रति गम्भीर ध्यानाकर्षण जनाउँदै साझा पार्टीले राजीनामा दिएर आफूमाथि लागेको आरोपको निष्पक्ष छानविन गर्न र घटनाको सत्यतथ्य उजागर गर्न सहयोग पुर्याउन आग्रह गरेको छ। 

यस्तो अवस्थामा दिइएको राजीनामाले प्रतिनिधिसभाको गरिमालाई समेत कायम राख्न मद्दत गर्ने साझाको तर्क छ। 

साझा पार्टीले छानविन पश्चात दोषीलाई प्रचलित कानून बमोजिम सजायको माग समेत गरेको छ।

यस्तो छ विज्ञप्ति 

प्रतिनिधि सभाका सभामुख कृष्णबहादुर महरामाथि भर्खरै सार्वजनिक भएको बलात्कारको आरोपप्रति साझा पार्टीको गंभीर ध्यानाकर्षण भएको छ। घटनाको सत्यतथ्य र विस्तृत विवरण समयक्रममा आउने नै छ। 

तर हालसम्म प्राप्त सूचना र आरोपको गम्भिरतालाई हेर्दा सभामूख महरालाई तुरून्त राजीनामा दिन साझा पार्टी जोडदार माग गर्दछ। उनको राजीनामाले उनीमाथि लागेको आरोपको निष्पक्ष छानविन गर्न र घटनाको सत्यतथ्य उजागर गर्न सहयोग पुर्याउने छ। साथै, यस्तो अवस्थामा दिइएको राजीनामाले प्रतिनिधि सभाको गरिमालाई समेत कायम राख्न मद्दत गर्नेछ। साझा पार्टी छानविन पश्चात दोषीलाई प्रचलित कानून बमोजिम सजाँयको माग गर्दछ।

देशभरी बढ्दै गरेको महिल हिंसा र बलात्कारका घटनाहरूमा सरकार अझ कडाईका साथ पेश हुनु पर्नेमा सभामूखजस्तो गरिमामय पदमा आसीन व्यक्तिमाथि नै यस्तो आरोप लाग्नुले आम नागरिकमा कस्तो सन्देश जाला?

एकातिर, अहिले राज्यव्यवस्थाप्रति नागरिकको अविश्वास, आक्रोस र असंतुष्टि चरम सीमामा पुगेको छ। दुई तिहाइ बहुमतसहितको स्थिर सरकारले मुलुक र नागरिकका आधारभूत समस्याहरु समाधान गर्नेछ भन्ने नागरिकको अपेक्षा घोर निरासा र अविश्वासमा रुपान्तरण भएको छ। आम नागरिकले अपेक्षा गरेको मुलुकको विकास र संवृद्धिको चाहानामा तुषारापात भएको छ। सरकारले सुरक्षाको प्रत्याभूती दिनुभन्दा सरकार समर्थित कार्यकर्ताहरु कानून हातमा लिदैं थप सुरक्षा चूनौती थपिरहेका छन्।

अर्को्तिर, अत्यन्त मर्यादित पदमा आसिन व्यक्ति यसरी गंभिर आरोपमा मुछिएर विवादित हुनु भनेको लोकतान्त्रिक व्यवस्था, वर्तमान सरकार र राज्यव्यवस्थाका मर्यादित संस्थाहरु समेत विवादित हुनु हो। यसले सम्बन्धित व्यक्तिको निष्ठा, कर्तव्य र आचरणमा दिर्घकालीन प्रभाव त पार्छ नै। सँगसँगै व्यक्तिसँग जोडिएका सम्बन्धित लोकतान्त्रिक संस्थाहरुको विश्वसनीयता र मर्यादामाथि समेत गम्भीर आशंका र अविश्वास जन्माउँछ। नागरिकको आक्रोशलाई बढाउँछ।

डा. सूर्यराज आचार्य
प्रवक्ता, साझा पार्टी
मितिस् १४ असोज २०७६

प्रकाशित: १४ आश्विन २०७६ ०५:२६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App