११ मंसिर २०८१ मंगलबार
image/svg+xml

बिपी, गान्धी र टोल्सटोय

गान्धीको विकेन्द्रित सत्ता, कुटिर उद्योग र आत्मनिर्भरताको सिद्धान्तलाई केन्द्रमा राखेर कोइरालाले सरकारको आर्थिक नीति बनाए। उनले भनेका छन्, ‘हाम्रो कार्यक्रम मुताबिक हामी ठूला कारखाना खोल्दैनौँ। हामीले स–साना उद्योगबाट आफ्ना आवश्यकता पूरा गर्नुपर्छ। हामीहरूले आफ्नो पेट काटेर, अन्न बेचेकोबाट लुगा लगाउनुपरेको छ। हामीले लगाएका लुगा बाहिरबाट ल्याएका हुन्। कहाँबाट आयो, यसको निमित्त रूपैयाँ ? हामीहरूको मेहनतबाट उब्जेको अन्न बाहिर पठाएर लुगा पाएका हौँ। त्यसको व्यवस्था हामीले गाउँभित्रै गर्नुपर्छ।’

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्