२१ आश्विन २०८१ सोमबार
image/svg+xml

प्रधानमन्त्री अल्पमतमा हुनुहुन्न, आवश्यक परे बहुमतसिद्ध गरेर देखाउन सकिन्छः मुख्य सचेतक भट्टराई

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संसदीय दलका नवनियुक्त मुख्य सचेतक विशाल भट्टराईले प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओलीका पक्षमा अहिले पनि सयभन्दा बढी प्रतिनिधिसभा सदस्य रहेको जिकिर गरेका छन्।

कम्युनिष्टसँग सहकार्य गर्न कांग्रेसले रणनीति तय गर्ने छः महामन्त्री कोइराला

नेपाली कांग्रेसका महामन्त्री डा. शशाङ्क कोइरालाले नेपाली कांग्रेसले नेकपाको कुन पक्षलाई सहयोग गर्ने भन्नेबारे धारणा नबनाइसकेको बताएका छन्।

जनतामा सार्वभौमसत्ता ल्याउने त्यो सुझबुझ

मुलुकमा लोकतन्त्र आएपछि सबै ठिक हुन्छ भन्ने लागेको थियो । नेपाली कांग्रेस समाजवादी पार्टी हो । कम्युनिष्ट पार्टी त झन् क्रान्तिकारी भइहाले । यी दुवै पार्टी मिलेर संयुक्त जनआन्दोलनका माध्यमबाट लोकतन्त्र ल्याउनुपर्छ भन्ने पुष्पलालको सिद्धान्तअनुसार हामी हिडेका हौं ।

हामीले बहुमत हुँदाहुँदै पनि काम गर्न पाएनौँ, यही कुरा जनतामाँझ लिएर जान्छौँ: नेम्बाङ

उनले ताजा जनादेशअनुसार आफू जनतामा जाँदा के भन्छौँ भन्नेमा तयार रहेकोसमेत स्पष्ट पारे। 'एउटा ‘समृद्ध नेपाल र सुखी नेपाली’ बनाउनका लागि हामीसँग धेरै सोच थिए। यसमा हामी अगाडि बढ्ने तयारीमा थियौँ। पाँच वर्षअगाबै संसद् विघटन गर्छौं भन्नेस्थित नआओस् भन्नका लागि हामी सजग थियौँ।'

प्रचण्ड–नेपाल पक्षको केन्द्रीय कमिटी बैठक सर्‍यो, महासचिवको टुङ्गो लगाउने तयारी

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' र माधवकुमार नेपाल पक्षको केन्द्रीय कमिटी बैठक सरेको छ।

सरकारले काम गरेन भन्नेहरु चुनावमा जानबाट डराउनु हुँदैनः नेता रायमाझी

उनले भने,'एकातिर सरकारले काम गरेन भन्ने अर्कातिर अविश्वास प्रस्ताव ल्याएर काम गर्न नदिने प्रतिपक्षीबाट पनि नभएको व्यवहार नेकपाकै सांसदबाट हुनु दुःखद् हो। यस्तो स्थितिमा ताजा जनादेशमा जानु सबैभन्दा उत्तम विकल्प हो। सरकारले काम गरेन भन्नेहरु चुनावमा जानबाट डराउनु हुँदैन।'

केपी ओली केशरजंगपछिको खराब पात्रः राजकाजी

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य तथा कास्कीका ईञ्चाज राजकाजी गुरुङले प्रधानमन्त्री केपी शर्मा ओलीलाई केशरजंग रायमाझीसँग तुलना गरेका छन्। प्रधानमन्त्री ओलीले संसद विघटन गर्न सिफारिस गरेलगत्तै सामाजिक सञ्जाल फेसवुकमा स्टाटस लेख्दै उनले ओलीलाई रायमाझीसँग तुलना गरेका हुन्।

चीनको चिलिन, क्वीचो, यूनानका लागि नयाँ नेतृत्व छनोट

चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) ले चिलिन, हुनान, क्वीचो र यूनानको राजनीतिक नेतृत्वलाई परिवर्तन गरेको पार्टीले शुक्रबार सार्वजनिक गरेको एक निर्णयमा बताइएको छ।

पुनः एकताको लयमा फर्कँदै नेकपाका शीर्ष नेता

हरेक महिनाजसो आन्तरिक विवादमा उत्रिएर सहमति गर्दै आएका सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का शीर्ष नेताहरु पछिल्लो समय उत्पन्न कलहलाई पार्टीका आधिकारिक बैठकमा पुनः छलफलमा ल्याउन तयार भएका छन्।

महासचिव पौडेल र रावल छुट्टाछुट्टै छलफलमा

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)भित्र आन्तरिक विवाद चर्किरहेका बेला महासचिव विष्णुप्रसाद पौडेल र स्थायी कमिटी सदस्य भीम रावलबीच भेटघाट भएको छ।

बादलको दौडधुप वालुवाटार–खुमलटार

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र आन्तरिक विवाद चुलिएपछि सचिवालय सदस्य एवं गृहमन्त्री रामबहादुर थापा ‘बादल’ विवाद मिलाउन वालुवाटार खुमलटार दौडधुप शुरु गरेका छन्।

‘कसैले पार्टी फुटाउन खोजे उ एक्लिएर जान्छ तर पार्टी फुट्दैन’

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता माधव कुमार नेपालले आफुलाई सर्वोपरी ठान्ने व्यक्ति र प्रवृति आफै पतन भएको जाने टिप्पणी गरेका छन्। ४२ औं पुष्पलाल स्मृति दिवसका अवसरमा आयोजित कार्यक्रममा बोल्दै नेता नेपालले विधि र पद्धतिको पालना नगरी आफुलाई सर्वोपरी ठान्ने र आफैलाई केन्द्रविन्दुमा राख्नेहरू आफै पतन भएर जाने र त्यो प्रवृति पनि पतन हुने टिप्पणी गरे ।

प्रकोपविरुद्धको सङ्घर्ष कमजोर हुनुहुँदैनः अध्यक्ष दाहाल

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रकोपविरुद्धको सङ्घर्ष एक जुट भएर गर्नुपर्ने बताएका छन्। जिल्ला विपद् व्यवस्थापन समितिको बैठकलाई आज यहाँ सम्बोधन गर्दै उनले कोरोना र प्रकोपविरुद्धको सङ्घर्ष कमजोर हुन नहुने बताए।

कम्युनिस्ट अनेकताका कारण

पेरिस कम्युनको असफलताबारे कम्युनिस्ट पार्टीको घोषणपत्रमा माक्र्स र एङ्गेल्सले गरेका समीक्षा नेपाली कम्युनिस्ट आन्दोलनका लागि शिक्षा हुनसक्छ। सन् १८७० अक्टोबर २१ मा ब्लाङ्कीले पेरिसमाथि आक्रमण गरे र केही घण्टा कब्जामा लिए। यो समय फ्रान्स र जर्मनीबीच युद्ध चलिरहेको थियो। मजदूरहरूको आक्रमणबाट आत्तिएको फ्रान्सले युद्धविराम गरेर पेरिस जर्मनीलाई दियो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्