१८ असार २०८१ मंगलबार
image/svg+xml
अन्तर्राष्ट्रिय

चीनको चिलिन, क्वीचो, यूनानका लागि नयाँ नेतृत्व छनोट

चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) ले चिलिन, हुनान, क्वीचो र यूनानको राजनीतिक नेतृत्वलाई परिवर्तन गरेको पार्टीले शुक्रबार सार्वजनिक गरेको एक निर्णयमा बताइएको छ।

सीपीसीले चिलिनमा बायनकोलुको स्थानमा चिङ चुन्हाईलाई ल्याएको छ भने बायानकोलुलाई चिलिनको प्रान्तिय समिति र स्थायी समितिबाट समेत हटाएको छ।

त्यसैगरी सु डाझेले यस पहिले हुनान प्रान्तीय समितिका सचिवसमेत रहेका डु चिआहोको स्थानमा नेतृत्वको जिम्मेवारी पाएका छन्। डु पनि हुनानको प्रान्तीय समितिको सदस्य नरहने गरी सीपीसीको निर्णय आएको छ।

शेन यिछिनले क्वीचोको प्रान्तीय समितिको सचिवबाट हटाएर सुन शिकाङ्लाई नेतृत्वमा छनोट गरिएको छ। उनलाई पनि प्रान्तको समिति तथा स्थायी समिति सदस्य नरहनेगरी नयाँ जिम्मेवारी तोकिएको छ।

सीपीसी चेन हाओले सम्हाल्दै आएको यूनान पार्टी प्रमुखको जिम्मेवारी रुवान चङ्फाले पाएका छन् भने चेनलाई प्रान्तीय प्रमुख तथा स्थायी समिति सदस्यबाट हटाइएको छ।

प्रकाशित: ६ मंसिर २०७७ ०२:३६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App