खाडीचौर–जिरी सडकः पहिलो खण्ड बन्यो, दोस्रो लथालिंग
राजधानीबाट दोलखा जोड्ने सडक दोहोरो लेनको बनाउने निर्णय हुँदा खुसी नहुने कोही दोलखावासी थिएनन् । २०७१ सालमा तत्कालिन सरकारले सडक निर्माणकोे बोलपत्र आह्वान गरेको थियो । राजधानीबाट अरनिको राजमार्ग हुँदै सिन्धुपाल्चोकको खाडिचौरदेखि सुरु हुने लामोसाँघु–जिरी सडक खण्डलाई दोहोरो लेन बनाउने सरकारको तयारी थियो