१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml

वैशाख र जेठका लागि तय लिखित परीक्षा स्थगित

प्रदेश लोक सेवा आयोग मधेश प्रदेशले वैशाखदेखि जेठसम्मका लागि तय गरेको लिखित परीक्षा स्थगित गरेको छ।

लोक सेवा आयोगको चौथो राष्ट्रिय सम्मेलन सुर्खेतमा

लोक सेवा आयोगको चौथो राष्ट्रिय सम्मेलन ‘योग्यता, निष्पक्षता, स्वच्छताः लोक सेवा आयोगको प्रतिबद्धता’ भन्ने मूल नाराका साथ आजदेखि सुर्खेतमा सुरु भएको छ।

अनुसन्धान अधिकृत पदको नतिजा सार्वजनिक

विभागले बिहीबार एक सूचना प्रकाशित गर्दै लिखितमा सहभागी भएको २६८ मध्ये ४४ जनाको नाम प्रकाशित गरेको छ।

लोक सेवाद्वारा भदौको लिखित परीक्षाको नतिजा प्रकाशन

लोक सेवा आयोग केन्द्रीय कार्यालयले गत भदौमा विभिन्न सेवा समूह, श्रेणी र पदमा लिएको लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको छ।

कर्णाली लोक सेवाले माग्यो विभिन्न पदमा २४ जना कर्मचारी

आयोगले प्रशासन सहायक, लेखा सहायक, लेखापाल, आन्तरिक लेखा परीक्षक गरी २४ पदका लागि दरखास्त आह्वान गरेको हो।

लोक सेवाले निकाल्यो भदौ र असोजमा लिएका परीक्षाको परीक्षाफल

ती परीक्षामा उत्तीर्ण उम्मेदवारहरूलाई प्रयोगात्मक र अन्तरवार्तामा सहभागी हुन आयोगले सूचना जारी गरेको हो।

लोक सेवाले प्रकाशित गर्‍यो विभिन्न परीक्षाफल

लोक सेवा आयोगले विभिन्न विज्ञापन नम्बरमा लिएका लिखित परीक्षाहरूको परीक्षाफल प्रकाशित गरेको छ।

डाटा हराएपछि पुनःदरखास्त आह्वानको प्रक्रियामा लोक सेवा

लोक सेवा आयोगले राष्ट्रिय सूचना प्रविधि केन्द्रको सर्भरमा देखिएको समस्याका कारण आवेदकको तथ्याङ्क (डाटा) हराएपछि पुनःदरखास्त आह्वानको प्रक्रिया शुरु गर्ने भएको छ।

आयोगलाई सक्षम जनशक्ति उत्पादनको केन्द्र बनाइनुपर्छः प्रदेश प्रमुख परियार

कर्णाली प्रदेशका प्रदेश प्रमुख तिलक परियारले प्रदेश लोक सेवा आयोगलाई सक्षम जनशक्ति उत्पादनको केन्द्र बनाइनुपर्ने बताएका छन्।

एमालेको अवरोधबीच राष्ट्रियसभाबाट लोक सेवा आयोग विधेयक–२०७८ पारित

प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका सांसदहरुको अवरोधका बीच राष्ट्रियसभाको दोस्रो बैठकले लोक सेवा आयोग विधेयक–२०७८ पारित गरेको छ।

'अन्यायमा परेको' भन्दै सिफारिस चरणमा रहेका शाखा अधिकृत परीक्षार्थीद्वारा आयोग र मन्त्रालयमा ज्ञापन पत्र

'लोक सेवा आयोग ऐन, २०६६ को दफा २८ को व्यवस्थाले परीक्षा भइसकेको विज्ञापनको हकमा पदपूर्तिको सुनिश्चितता गरेको स्मरण गराउँदै लोक सेवा आयोग आफैँले प्रकाशित गरी सम्पूर्ण प्रक्रिया सम्पन्न भइसकेको विज्ञापनमा संशोधन नगर्नेमा हामीहरू विश्वस्त छौं,' बुधबार ज्ञापन पत्र बुझाउन कमलपोखरी स्थित एक परीक्षार्थीले भने।

लोक सेवा आयोगमा रिक्तताको अन्तरकथा

लोक सेवा जस्ता संवैधानिक निकाय पूर्वकर्मचारी त्यसमा पनि पदबाट मात्र रिटायर्ड होइन, पूरै जीवनबाट टायर्ड भएकाहरू व्यवस्थापन गर्ने थलो अर्थात पूर्वकर्मचारी फोरम बन्दै गएका छन्।

लोकसेवा दोस्रो चरणको परीक्षामा उम्मेदवार घटे

लोक सेवा आयोगले लिएको दोस्रो चरणको परिक्षामा परिक्षार्थीहरूको संख्या ह्वात्तै घटेको पाइएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्