१४ मंसिर २०८१ शुक्रबार
image/svg+xml

एक महिनाभित्र सञ्चालन

विराटनगरमा बनेको एकीकृत जा“च चौकी(आइसिपी) एक महिनाभित्र सञ्चालनमा आउने भएको छ। भारत सरकारको सहयोगमा निर्माण भएको आइसिपी एक महिनाभित्रै सञ्चालनमा ल्याउने तयारी भइरहेको नेपाल इन्टरमोडल ट्रान्सपोर्ट डेभलपमेन्ट बोर्डका उप–निर्देशक हरिकृष्ण मिश्राले जानकारी दिए।

आइसिपी निर्माणमा आग्रह

आइसिपी निर्माणको उद्देश्य दुई देशबीचको व्यापार तथा वाणिज्यलाई सहज बनाउनु हो। आधुनिक र वैज्ञानिक आइसिपीमा भन्सार, बैंक, प्लान्ट र पशु क्वारेन्टाइन, भन्सार प्रयोगशालालगायत आवश्यक सेवासुविधा एकै थलोमा उपलब्ध हुन्छन्। यसमा अत्याधुनिक सेवासुविधासहित स्क्यानर जडान हुने भएकाले राजस्व छली हुने सम्भावना निकै कम हुन्छ।

कहिले बन्छ आइसिपी ?

दुई देशबीचसम्झौताभएको १२ वर्ष बितिसक्दापनि नेपाल–भारत सीमानाकाबेलहिया–सुनौलीमाबनाउने भनिएको एकीकृत जाँचचौकी (आइसिपी)निर्माण सुरु भएको छैन। आयोजनाअलपत्रअवस्थामा छ।

क्षमताअनुसार किन प्रयोगमा आएन ‘आइसिपी’ ?

वीरगन्जस्थित एकीकृत जाँच चौकी (आइसिपी) सञ्चालन भएको एक वर्ष पुग्न एक महिना मात्र बाँकी छ। भारत तथा भारत भएर हुने तेस्रो मुलुकसँगको व्यापार व्यवस्थित र आधुनिक किसिमले सहजीकरण हुने महत्वाकाँक्षासहित निर्मित ‘आइसिपी’ अपेक्षित उपयोगमा भने आउन सकेको छैन।

भारतमा जग्गा अधिग्रहण

भैरहवा भन्सारमा एकीकृत भन्सार जाँच चौकी (इन्टिग्रेटेड चेक पोस्ट–आइसिपी) बनाउने काम अघि बढेको छ। नेपाल र भारत सरकारबीच १४ वर्षअघि भएको सीमा नाकामा आइसिपी निर्माण गर्ने सम्झौता अनुसार भारतले जग्गा अधिग्रहण गर्न थालेको हो। नेपाल र भारत सरकारबीच एकद्वार प्रणालीबाट आयात–निर्यात व्यापार सहजीकरण गर्ने उद्देश्यअनुरूप सन् २००५ मा विराटनगर, वीरगन्ज, भैरहवा र नेपालगन्ज नाकामा भारतीय आर्थिक र प्राविधिक सहयोगमा आइसिपी निर्माण सम्झौता भएको थियो।

६ महिना मै आइसिपी जीर्ण बन्दै

नेपालको व्यापारलाई आधुनिकीकरण गर्न बनाइएको एकीकृत जाँच चौकी अर्थात ‘आइसिपी’ (इन्टरग्रेटेड चेक पोस्ट) का संरचना उद्घाटनको ६ महिना नबित्दै जीर्ण बन्न थालेका छन्।

‘आइसिपी’ सञ्चालन गर्ने सडकको निर्माण ठप्प

वीरगन्ज अलौं सिर्सियास्थित ‘आइसिपी’ (इन्टरगेटेड चेक प्वाइन्ट) अर्थात एकीकृत जाँच चौकीबाट निकासको लागि बनाउन थालिएको सडक निर्माण ठप्प भएको छ।

दुई देशका प्रधानमन्त्रीले गरे ‘आइसिपी’ उद्घाटन

भारतको राजकीय भ्रमणमा रहेका नेपाल प्रधानमन्त्री खड्कप्रसाद ओली र उनका भारतीय समकक्षी प्रधानमन्त्री नरेन्द्र मोदीले वीरगन्ज नाकामा बनेको एकीकृत जाँच चौकी अर्थात ‘इन्टरग्रटेड चेक पोष्ट’ (आइसिपी) शनिबार उद्घाटन गरेका छन् । निकै ऐतिहासिक मानिएको उद्घाटनलाई अध्यावधिक बनाउन आइसिपी मुख्य भवन अगाडि बनाइएको शिलालेख दिल्लीबाट नै अनलाइन माध्यमले प्रधानमन्त्रीद्वयले अनावरण गरे।

‘आइसिपी’ सञ्चालनका लागि उच्चस्तरीय पूर्वतयारी बैठक

एकीकृत जाँच चौकी अर्थात ‘इन्टरग्रटेड चेक पोस्ट’ (आइसिपी)लाई सञ्चालनमा ल्याउन नेपाल र भारतका उच्चस्तरीय सरोकरवालाबीच पूर्वतयारी बैठक सोमबार सम्पन्न भएको छ ।

मुआब्जा विवादले आइसिपी संचालन नरोकिने

वीरगन्जको अलौंमा निर्मित एकीकृत भन्सार जाँच चौकी (आइसीपी) अगाडी मुआब्जामा असन्तोष जनाउँदै धर्ना सुरु गरेका स्थानीयलाई यसको संचालनमा बाधक नबन्न स्थानीय प्रशासनले आग्रह गरेको छ। ९५ प्रतिशत बढी भौतिक निर्माणको काम सम्पन्न भएर संचालनको तयारी थालिएका बेला स्थानीयले मुआब्जाजाको माग राख्दै आइसिपीको मूल ढोकामा धर्ना थालेका छन्।

‘आइसिपी’ चाँडै

नेपाल भारतको सिमामा बनेको बहुप्रतिक्षित ‘इन्टरग्रेटेड चेक पोष्ट’ (आइसीपी) अर्थात एकीकृत जाँच चौकी संचालन ल्याउन तयारी भइरहेको छ । फेब्रुअरी १० अर्थात माघ २७ मा संचालनमा ल्याउन वीरगन्ज उद्योग बाणिज्य संघले प्रस्ताव गरेको छ । यता सरकारी स्तरबाट तिथी नतोकिए पनि संचालनमा ल्याउने तयारी चाँही भइरहेको सरोकारवालाले बताएका छन् ।

‘आइसिपी’ धान्ने सम्पर्क सडक नहुँदा सञ्चालनमा अलमल

नेपाल–भारतको सीमामा बनेको बहुप्रतीक्षित एकीकृत जाँच चौकी (इन्टरग्रेटेड चेक पोस्ट–आइसिपी) सञ्चालनमा ल्याउने तयारी भइरहेका बेला त्यसलाई राष्ट्रिय सडक सञ्जालसँग जोड्ने सम्पर्क मार्ग निर्माण भने अन्योलमा परेको छ ।

‘आइसिपी’ सञ्चालनमा अन्योल

नेपाल भारतको सीमामा बनेको बहुप्रतिक्षित एकीकृत जाँच चौकी (आइसिपी) सञ्चालनमा सडक र अरु संरचना अभावले समस्या आएको छ । वैदेशिक व्यापारलाई व्यवस्थित र पारदर्शी बनाउन वीरगन्जको अलौंमा निर्माणाधीन आइसिपीसम्म सम्पर्क मार्ग बन्नमा ढिलाइ भएको हो । अरु संरचना पनि थप्नुपर्ने सरोकारवालाले औंल्याउँदै आएका छन् ।

‘आइसिपी’ सञ्चालनको तयारी सुरु

एकीकृत जाँच चौकी (आइसिपी) निर्माण कार्य अन्तिम चरणमा पुगेको बेला त्यसलाई सञ्चालनमा ल्याउने तयारी सुरु भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्