२२ आश्विन २०८१ मंगलबार
image/svg+xml

चट्याङ लागेर एकको मृत्यु, दुई घाइते

उत्तरी भेगको सिहमाली गाउँपालिका साबिकको रुगिन–४ बोर्तामा बिहीबार करिब ८ बजे राति चन्दन कार्कीको घरमा चट्याङ लागेर एक बालकको मृत्यु भएको छ भने दुई बालक घाइते भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।

बसबाट खसेर चाँगुनारायण निवासी बरायलीको मृत्यु

बसबाट खसेको एक किशोरको उपचारको क्रममा आज मृत्यु भएको छ। चाँगुनारायण नगरपालिका– ४ पिखेल बस्ने वर्ष १३ का रुपेश बरायलीको न्यूरो अस्पतालमा उपचारको क्रममा आज मृत्यु भएको महानगरीय प्रहरी परिषर भक्तपुरका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक कृष्ण प्रसार्इंले जानकारी दिए।

सिरियाको आतङ्ककारी हमलामा २५ जनाको मृत्यु

सिरियाको अदालत क्षेत्रमा भएको आत्मघाती हमलामा परी कम्तीमा २५ जनाको मृत्यु भएको छ  भने धेरैको सङ्ख्यामा घाइते भएका छन् । उक्त हमलालाई सुरक्षाकर्मीले रोक्ने प्रयास गरे पछि आक्रमणकारीले नै विष्फोट गराइ घटना घटाएको खुलेको छ ।

माइक्रोबसको ठक्करबाट दुई दम्पतिको मृत्यु

रुपन्देहीको सैनामैनामा भएको सडक दुर्घटनामा दुई दम्पतीकै श्रीमान–श्रीमतीको ज्यान गएको छ ।

सिरियामा ६ वर्षे लामो गृहयुद्धमा ५५२ बालबालिकाको मृत्यु

सिरियामा भएको ६ वर्ष लामो गृहयुद्धका क्रममा गत वर्ष सबैभन्दा बढी संख्यामा बालबालिकाको मृत्यु भएको तथ्य सावैजनिक भएको छ। मृत्यु हुने बालबालिकाको संख्यामा सन् २०१५ यता २० प्रतिशतले बढी रहेको जनाइएको छ। संख्यामा भन्ने हो भने ५५२ बालबालिकाहरुको युद्धका क्रममा मृत्यु भएको छ।

फोहोरको थुप्रो भासिँदा ४८ को मृत्यु

इथियोपियाको राजधानी आदिस बाबा नजिकै रहेको फोहोरको थुप्रो भासिदा ४८ जनाएको ज्यान गएको छ। फोहोरको थुप्रो भासिंदा घटनास्थलमा कम्तीका १५० जना रहेको स्थानीयले बताएका छन्। घटनामा ज्यान गुमाउनेका धेरै बालबालिका रहेको बताइएको छ।

अाफैँले चलाएको बसले किचेर चालकको मृत्यु

पूर्वपश्चिम राजमार्गअन्तर्गत सिरहाको मिर्चैया नगरपालिका–२ स्थित सडकखण्डमा आज बिहान बस दुर्घटना हुँदा चालकको मृत्यु भएको छ।

जाजरकोट बस दुर्घटनामा मृत्यु भएका सबैको सनाखत, पीडितका आफन्तले शव बुझे

बिहीबार खलंगाको वोहरा स्थित सडकवाट बस खस्दा मृत्यु भएका सवै २६ जनाको पहिचान खुलेको छ। सदरमुकाम खलंगावाट साल्मा गाविसको खारा तर्फ यात्रु लिएर गइरहेको ना.३ ख. २२७९ नम्वरको ३५ सीट क्षमताको दुर्घटनाग्रस्त वसमा सडकवाट २ सय मिटर तल पासागाड खोलामा खसेको थियो।

सप्तरी घटनाका थप एक घाइतेको मृत्यु, मृतकको संख्या ५ पुग्यो

नेकपा एमालेको मेची–महाकाली अभियानअन्तर्गत गत सोमबार सप्तरीमा भएको झडपका क्रममा प्रहरीको गोली लागेर घाइते भएका मध्ये थप एक जनाको शुक्रवार मृत्यु भएको छ ।

घुम्तीमा ब्रेक नलाग्दा दुर्घटना, २२ को मृत्यु, ४० घाइते

जाजरकोटमा बिहीबार यात्रुवाहक बस दुर्घटना हँुदा २२ जनाको मृत्यु भएको छ। दुर्घटनामा ४० घाइते छन्। तीमध्ये २८ को अवस्था 'गम्भीर' छ। जिल्ला प्रहरी कार्यालयका प्रमुख डिएसपी भावेश रिमालका अनुसार लहँ–४ का रामबहादुर बस्नेत, सीमा–९, स्यापीका मदन पुन र भेरीमालिका नगरपालिका–४ बोहराका  नवीन चन्दको मात्र सनाखत भएको छ।

जाजरकोट बस दुर्घटनाः २२ को मृत्यु, ४० घाइते,  २८ गम्भीर (अपडेट)

जाजरकोटमा बिहीबार यात्रुबहाक बस दुर्घटना हुँदा  २२ जनाको  मृत्यु भएको छ।  ४० जना घाइते भएका छन्। घाइते मध्ये २८ जनाको अवस्था गम्भीर रहेको छ।

जाजरकाेट बस दुर्घटनामा १३ काे मृत्यु, ४० घाइते (अपडेट)

जाजरकोटको सदरमुकाम खलंगाबाट साल्मा गाविसकाे खारातर्फ जाँदै गरेको ना३ख २२७९ नम्बरको यात्रुबहाक बस दुर्घटना हुँदा १३ जनाको मृत्यु भएको छ। बिहीबार बेलुकीतिर भएकाे घटनामा ४० जना घाइते भएका छन्।

जाजरकाेट बस दुर्घटनामा १३ काे मृत्यु, ४० घाइते (अपडेट)

जाजरकोटको सदरमुकाम खलंगाबाट खारातर्फ जाँदै गरेको ना३ख २२७९ नम्बरकाे यात्रुबहाक बस दुर्घटना हुँदा १३ जनाकाे मृत्यु भएको छ।

भारतीय एसएसबीको गोलीबाट कञ्चनपुरमा एक नेपालीको मृत्यु

कञ्चनपुरको सीमावर्ती आनन्द बजारमा भारतीय सशस्त्र सीमा बल (एसएसबी) ले चलाएको गोली लागेर एक नेपालीको मृत्यु भएको छ। गोली लागेर घाइते भएका स्थानीय गोविन्द गौतमलाई उपचारका लागि धनगढीस्थित सीपी अस्पताल ल्याइएको थियो।

काबुलको एक अस्पतालमा बन्दुकधारीको आक्रमण, ३० को मृत्यु

काबुलको एक सैनिक अस्पतालमा डाक्टरको पोशाकमा आएका आइएस आक्रमणकारीहरुले उक्त अस्पतालमा आक्रमण गर्दा ३० जनाको  मृत्यु  भएको बिबिसीले जनाएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्