२२ आश्विन २०८१ मंगलबार
image/svg+xml

आश्रममा आगलागी हुँदा २०जना को मृत्यु

मध्यअमेरिकी राष्ट्र ग्वाटेमालाको एक बाल आश्रममा आगलागी हुँदा २० किशोरीको मृत्यु भएको छ। आगलागीमा परी कम्तिमा २५ जना घाइते भएको एफपीले जनाएको छ। पिन्युलास्थित उक्त आश्रम राजधानीबाट करिब २५ किलोमिटरको दूरीमा पर्छ।

मिर्गौला प्रत्यारोपण गरिएका युवकको मृत्यु

बुधवार मुसीकोट नगरपालिका–१० साँखका अन्दाजी २६ वर्षीय लीलबहादुर घर्तीको मृत्यु भएको छ । केही महिना पहिला मिर्गौला  प्रत्यारोपण गरेका घर्तीको अत्याधिक रक्त स्रावका कारण मृत्यु भएको हो ।

प्रहरी मुठभेडमा एक आतंककारीको मृत्यु

भारतको लखनउमा आतंककारी र प्रहरीबीच भिडन्त हुदाँ एक आतंककारीको मृत्यु भएको छ। मृतकको नाम भने खुलाइएको छैन। प्रहरीले मृतकलाई जीवित् रुपमा पक्रन सफल नहुने स्थिती भएपछि उनलाई इन्काउटर गरिएको बताएको छ।

सप्तरी घटनाका थप एक घाइतेको मृत्यु

नेकपा एमालेको मेची- महाकाली अभियान अन्तर्गत सप्तरीको मलेठमा मधेसी मोर्चा र प्रहरीबीच भएको झडपमा गोली चल्दा घाइते भएका थप एक जनाको मृत्यु भएको छ। यो संगै सप्तरी घटनामा मृत्यु हुनेको संख्या ४ पुगेको छ।

प्रहरी गोलीले तीनको मृत्यु

प्रमुख विपक्षी नेकपा एमालेको शनिबारबाट जारी मेची–महाकाली अभियान क्रममा मंगलबार सप्तरीको मलेठ गाविसमा प्रहरी र मधेसी मोर्चाका कार्यकर्ताबीच झडप हुँदा तीन जनाको मृत्यु भएको छ। प्रहरी गोलीले अन्य दर्जनभन्दा बढी घाइते छन्।

सप्तरी घटनामा मृत्यु हुनेको संख्या तीन पुग्यो (अपडेट)

सप्तरी घटनामा तीन जनाको मृत्यु भएको छ। सप्तरीमा प्रहरीको गोली लागि घाइते भएका थप दुई जनाको धरान स्थित विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा मृत्यु भएपछि मृतकको संख्या तीन पुगेको छ।

मोटरसाइकल ठक्करले वृद्धाको मृत्यु

मोटरसाइकल ठक्करबाट नेपालगन्ज १ विशालनगरचोक नजिकै एक वृद्धाको मृत्यु भएको छ। सोमबार विहान ११ बजे विशालनगर चोक नजिकै भे४प ७४४२ नम्बरको मोटरसाईकले ठक्कर दिँदा हुम्ला पिप्लाङ घर भई नेपालगन्ज बस्दै आएकी ७७ बर्षीय जयसरा शाहीको मृत्यु भएको हो ।

एमालेको सप्तरी सभामा तनाब, प्रहरीसँग झडप हुँदा एकको मृत्यु, १४ घाइते

मेची- महाकाली अभियान अन्तर्गत नेकपा एमालेद्वारा सप्तरीमा आयोजित कार्यक्रममा झडप हुँदा एक जनाको मृत्यु भएको छ। कार्यक्रमको विरोधमा रहेका मोर्चा कार्यकर्ता र प्रहरीबीच झडप हुँदा मलेठ गाविस वडा नं २ बस्ने संजन मेहेताको मृत्यु भएको हो। झडपमा १४ जना घाइते भएका छन्।

नाै जना चढेको हेलिकोप्टर दुर्घटना, तीन मृत्यु

नौ प्राविधिक कर्मचारी सवार उक्त हेलिकोप्टर दुर्घटनामा तीन व्यक्तिको मृत्यु भएको पुष्टि भएको बताइएको छ । दुर्घटनाग्रस्त क्षेत्रमा पाँच व्यक्ति फेला परेकोमा तीनको मृत्यु भएको र अन्य दुई भने अचेत अवस्थामा रहेको स्थानीय प्रहरी अधिकारीले जानकारी दिएका छन् ।

खोलामा डुबेर दुईको मृत्यु

खोलामा डुबेर भिन्ना भिन्नै स्थानमा दुई जनाको मृत्यु भएको छ। माछा मार्ने क्रममा तमोर र हेवा खोलामा डुवेर दुई जनाको मृत्यु भएको प्रहरीले जानाएको छ।

सोमालियामा भोकमरी, १ सय १० को मृत्यु

भोकमरीका कारणले सोमालियामा १ सय १० जनाको मृत्यु भएको छ। पछिल्लो ४८ घण्टामा १ सय १० जनाको भोकमरीका कारण ज्यान गएको सोमालियाका प्रधानमन्त्री हसन अली हयारीले बताएका छन्। खडेरीका कारण सोमालियामा भोकमरी समस्या आएको उनले बताएका छन्।

उपचारका क्रममा सुत्केरीको मृत्यु

वीरगन्जको नारायणी उपक्षेत्रीय अस्पतालमा आज बिहान एक सुत्केरीको उपचारका क्रममा मृत्यु भएको छ। नगरदाहा गाविस– ४ निवासी जवाहिर साह तुरहाकी २० वर्षीया श्रीमती चन्द्रज्योतिको उपचारका क्रममा मृत्यु भएको हो।

क्षेत्रीय कारागार झुम्कामा एक कैदीको मृत्यु

क्षेत्रीय कारागार झुम्का सुनसरीमा एक जना कैदीको मृत्यु भएको छ। कारागारको ब्लक नं. १ मा कर्तब्य ज्यान मुद्दामा कैद सजाय भुक्तान गरिरहेका लमजुङ पुलेनीका ३६ बर्षीय पूर्णबहादुर गुरुङ्को शुक्रबार राति मृत्यु भएको हो।

मोटरसाइकल दुर्घटनामा एकको मृत्यु

रौतहटमा शनिवार दिउँसो भएको मोटरसाइकल दुर्घटनामा परी एक जनाको ज्यान गएको छ। गौर–चन्द्रनिगाहपुर सड्क खण्ड अन्तर्गतको पिपरा भगवानपुर चोकमा शनिवार दिउँसो भएको मोटरसाइकल दुर्घटनामा गरुडा नगरपालिका वडा नम्बर १ का १७ बर्षिय धिरेन्द्र रौनियारको घटनास्थलमै ज्यान गएको हो।

बसमा आगो लाग्दा एकको मृत्यु

बसमा आगलागी हुँदा दाङमा एकजनाको मृत्यु भएको छ। घोराहीस्थित बसपार्कमा पार्किङ गरेर राखिएको बसमा शनिबार बिहान साढे १ बजेतिर आगो लाग्दा बसमा सुतेका एक ब्यक्तिको जलेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ। मृतकको सनाखत हुन नसकेको प्रहरीले जनाएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्