७ जेष्ठ २०८१ सोमबार
image/svg+xml
अन्तर्राष्ट्रिय

काबुलको एक अस्पतालमा बन्दुकधारीको आक्रमण, ३० को मृत्यु

काबुल(अफगानिस्तान)– काबुलको एक सैनिक अस्पतालमा डाक्टरको पोशाकमा आएका आइएस आक्रमणकारीहरुले उक्त अस्पतालमा आक्रमण गर्दा ३० जनाको  मृत्यु  भएको बिबिसीले जनाएको छ। आक्रमणमा अन्य ५० जना घाइते भएको रक्षा मन्त्रालयले जनाएको छ।

उक्त अस्पताल ४०० शैयासहितको देशको ठूलो अस्पताल भएको बताइएको छ। उनीहरु मध्ये एकले गेटमा विष्फोट गरी अस्पतालमा छिरेको बताइएको छ। गेटमा विष्फोट गराएलगत्तै उनीहरुले अस्पतालका बिरामीहरुमाथि अन्धाधुन्ध गोली चलाएको बिबिसीले जनाएको छ। आक्रमण गरी निक्लिने क्रममा सुरक्षामा खटिएको सेनाले ४ आक्रमणकारीलाई मार्न सफल भएको थियो ।

उक्त आक्रमणको जिम्मेवारी इस्लामिक स्टेटले लिएको छ। तालिवानीहरुले उक्त आक्रमण आफूले नगराएको भन्दै पन्छिएको छ। 

 

प्रकाशित: २६ फाल्गुन २०७३ ०७:२६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App