२१ आश्विन २०८१ सोमबार
image/svg+xml

भरुवा बन्दुक पड्कदा मृत्यु

जंगली जनावरलाई मार्न पासो राखेको भरुवा बन्दुक पड्कदा त्रिबेणि गाउँपालिका–६ बस्ने ५४ बर्षीय पूर्ण बहादुर बुढाथोकीको मृत्यु भएको छ।

वालिङमा जिप दुर्घटना हुँदा एकको मृत्यु

वालिङ नगरपालिका– १४ मा आज बिहान जिप दुर्घटना हुँदा जिपमा सवार वालिङ-१४ बस्ने २५ वर्षीया सानु खाँडको मृत्यु भएको छ।

चट्याङ लागेर एक महिलाको मृत्यु, चार घाइते

शनिबार साँझदेखि आएको हावाहुरी र वर्षासँगै परेको चट्याङ लागेर झापामा एक व्यक्तिको मृत्यु भएको छ भने चारजना घाइते भएका छन्।

जुस सर्किएर बालकको मृत्यु

झापाको शिवसताक्षी नगरपालिकामा जुस सर्किएर एक बालकको मृत्यु भएको छ। शिवसताक्षी-८ डुरामारीका रुपदोष श्रेष्ठका छ वर्षीय छोरा गौरव श्रेष्ठको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, झापाले जनाएको छ।

मिनिट्रकको ठक्करले उपसचिवको मृत्यु

मिनिट्रकको ठक्करले काठमाडौंको बानियाँटारमा मिनिट्रकले ठक्कर दिँदा राष्ट्रिय सहकारी विकास बोर्डका निर्देशक तथा उपसचिव ऋषिराम पण्डितको शनिबार बिहान मृत्यु भएको छ । मर्निङवाकमा निस्किएका पण्डितलाई गंगबुबाट आउँदै गरेको बा २ ख ५७३० नम्बरको मिनिट्रकको ठक्करले पण्डितको घटनास्थलमा नै मृत्यु भएको हो ।

मोटरसाइकल दुर्घटनामा म्यादी प्रहरीको मृत्यु

पूर्वपश्चिम राजमार्ग अन्तर्गत सप्तरीको कन्चनरुप नगरपालिका– ११ स्थित मोहुली पुलमा मोटरसाइकल दुर्घटनामा परी आज एकजना म्यादी प्रहरीको मृत्यु भएको छ ।

सिमरामा बस दुर्घटना, दुईको मृत्यु, २७ घाइते

जितपुर–सिमरा उपमहानगरपालिका–१ मा शनिबार बिहान यात्रुबाहक बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ।

भारतीय वातावरण मन्त्रीको मृत्यु

भारतको वातावरण मन्त्री अनिल माधव दवेको बिहीवार निधन भएको छ । भारतको राजधानी नयाँ दिल्लीस्थित ६० वर्षको उमेरमा उनको निधन भएको हो ।

कांग्रेसको विजय जुलुशमा सहभागी एक युवकको मृत्यु

सल्यानमा बुधवार कांग्रेसको बिजय जुलुसमा सहभागी एक युवाको मृत्यु भएको छ। सल्यान त्रिवेणी गाउँपालिका वडा नम्बर ६ मा कांग्रेसको बिजय जुलुसमा सहभागी २२ बर्षिय खिमवहादुर केसीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रमुख, डिएसपी श्यामवहादुर खत्रीले जानकारी दिए।

ट्र्याक्टरको ठक्करबाट वृद्धाको मृत्यु

सिरहा नगरपालिका–१ स्थित भित्री सडकखण्डमा आज बिहान ट्र्याक्टरको ठक्करबाट एक वृद्धाको मृत्यु भएको छ ।

यमनमा हैजाको प्रकोपबाट एक सय पन्ध्र को मृत्यु

द्वन्द्वग्रस्त खाडी मुलुक यमनमा फैलिएको हैजाका कारण मृत्यु हुनेको सङ्ख्या ११५ जना पुगेको अन्तर्राष्ट्रिय रेडक्रस समिति (आईसीआरसी) ले आइतबार जनाएको छ ।

गोली लागेका उम्मेदवारको मृत्यु

प्रहरीको गोलीबाट घाइते भएका राप्रपाका वडा अध्यक्षका उम्मेदवारको मृत्यु भएको छ । कालिकोटको नरहरिनाथ गाउँपालिकाका राप्रपाका वडा अध्यक्षका उम्मेदवार धनरुप बटालाको आइतबार राति मृत्यु भएको हो । ४५ वर्षीय बटाला नरहरि गाउँपालिका–६ का वडा अध्यक्षका उम्मेदवार हुन् ।

दोलखाको मेलुङमा प्रहरी गोलीबाट एकको मृत्यु, चार मतपेटिका लुटियो

मेलुङ गाउँपालिका वडा नम्बर १ को पवती मतदान केन्द्रमा प्रहरीले चलाएको गोलीबाट एक जनाको मृत्यु भएको छ। जिल्ला प्रशासन कार्यालयले मतपेटिका लुट्न आएको समूहसँग प्रहरीको झडप हुँदा घटना भएको बताएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्