५ आश्विन २०८१ शनिबार
image/svg+xml
समाज

चट्याङ लागेर एक महिलाको मृत्यु, चार घाइते

झापा- शनिबार साँझदेखि आएको हावाहुरी र वर्षासँगै परेको चट्याङ लागेर झापामा एक व्यक्तिको मृत्यु भएको छ भने चारजना घाइते भएका छन्।
जिल्ला प्रहरी कार्यालय, झापाका अनुसार हल्दिबारी–३ निवासी ५० वर्षीया लीला बानियाँको चट्याङले लागेर मृत्यु भएको हो। उनलाई शनिबार साँझ चट्याङ लागेपछि उपचारका लागि मेची अञ्चल अस्पताल, भद्रपुर ल्याउँदै गर्दा बाटैमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, झापाका प्रहरी उपरीक्षक शैलेश थापा क्षेत्रीले जानकारी दिए। 
चट्याङकै कारण सोही ठाउँ निवासी राधिका बानियाँका ११ वर्षीय छोरा अनिल बानियाँ र महेश बानियाँकी श्रीमती २३ वर्षीया सोरधनी मिस्त्री घाइते भएका छन्। उनीहरुको मेची अञ्चल अस्पताल, भद्रपुरमा उपचार भइरहेको जिप्रका, झापाले जनाएको छ। 

उता हल्दिबारी–४ निवासी ५५ वर्षीया नर्बदा पोख्रेल र गौरादह–२ निवासी १९ वर्षीय गोपाल तामाङ चट्याङ लागेर घाइते भएका छन्। 

चट्याङ लागेर बेहोस भएका तामाङको दमकको लाइफलाइन अस्पतालमा उपचार भइरहेको छ भने पोखे्रलको मेची अञ्चल अस्पतालमा उपचार भइरहेको जिप्रका, झापाका प्रहरी नायब उपरीक्षक हरि शर्माले जानकारी दिए। रासस 

प्रकाशित: ७ जेष्ठ २०७४ ०३:५७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App