२१ आश्विन २०८१ सोमबार
image/svg+xml

विद्यालयको छतबाट खसेर कार्यालय सहयोगीको मृत्यु

विद्यालयको छतवाट लडेर रौतहटमा एक कार्यालय सहयोगीको ज्यान गएको छ । रौतहटको पथरा बुधराम गाविस वडा नम्बर ५ का २६ वर्षीय हिरालाल साह सोनारको विद्यालयको छतबाट लडेर गएराति ज्यान गएको हो ।

ट्र्याक्टरले ठक्कर दिँदा बालकको मृत्यु

महोत्तरी जिल्लाको सोनमा गाउँपालिकामा बालुवा बोकेको ट्र्याक्टरले ठक्कर दिँदा एक साइकल चालक बालकको मृत्यु भएको छ ।

मोरङमा बस दुर्घटना, एकको मृत्यु, १८ घाइते

पूर्वपश्चिम राजमार्ग अन्तर्गत मोरङको बेलबारीमा शनिबार भएको बस दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने १८ जना घाइते भएका छन् ।

यमनमा झाडापखालाका कारण ५१ जनाको मृत्यु

यमनमा झाडापखालाका कारण दुई हप्तामा ५१ जनाको मृत्यु भएको विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले जनाएको छ ।

ट्र्याक्टर दुर्घटनामा एकको मृत्यु, एक घाइते

सिमीकोट–चिसामूल हुँदै लाङ्नाबाट ढुङ्गा बोकेर आएको ट्र्याक्टर सदरमुकाम सिमीकोट ल्याउने क्रममा बिहीबार साँझ भएको दुर्घटनामा एकजनाको मृत्यु भएको छ भने एकजना घाइते भएका छन् ।

कांग्रेसका उम्मेद्वार श्रेष्ठको मृत्यु

नेपाली कांग्रेस तानसेन नगरपालिका वडा नं. ४ का वडा अध्यक्षका उम्मेदवार राजेन्द्र श्रेष्ठको मृत्यु भएको छ । पाल्पा उद्योग वाणिज्य संघका उद्योग उपाध्यक्ष समेत रहेका श्रेष्ठको शुक्रबार बिहान हृदयघातका कारण मृत्यु भएको हो ।

बस पल्टिँदा चालकको मृत्यु, आठजना घाइते

तनहुँको व्यास नगरपालिका–२ वुल्दीको पुलनजिकै बिहीबार राति एउटा रात्रि बस दुर्घटना हुँदा बस चालकको मृत्यु भएको छ । दुर्घटनामा परी आठजना यात्रु घाइते भएका छन् ।

ट्रकको ठक्करबाट स्कुटर चालकको मृत्यु

धादिङको त्रिपुरासुन्दरी गाउँपालिका १ मा ट्रकले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ ।

भारतमा पर्खालले च्यापिएर २६ जनाको मृत्यु

भारतको पश्चिमी क्षेत्रमा पर्ने राजस्थान राज्यमा बिहीबार एक बैबाहिक कार्यक्रम भइरहेको ठाउँमा पर्खाल भत्किएर च्यापिएका मध्ये कम्तीमा २६ जनाको मृत्यु भएको छ ।

खोलामा डुबेर एकको मृत्यु एक बेपत्ता

गुल्मीको बढीघाट खोलामा माछा मार्ने क्रममा खोलामा डुबेर एक जनाको ज्यान गएको छ । चन्द्रकोट गाउँपालिका अन्तर्गत मजुवा बजार नजिकै बढीघाट खोलामा जाल खेलेर माछा मार्ने क्रममा जालमा अल्झिएर चन्द्रकोट गाउँपालिका ८ का २५ वर्षीय युवराज रजालीको ज्यान गएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

सिन्धुपाल्चोकमा बस खस्दा दम्पतीको मृत्यु

काठमाडौबाट दोलखा जाँदै गरेको बा ३ ख ५०५६ नम्बरको बस सिन्धुपाल्चोकको पाङ्ग्रेटारमा दुर्घटना हुँदा एक दम्पतीको मृत्यु भएको छ । जिल्ला ट्राफिक प्रहरी कर्यालय सिन्धुपाल्चोकका सइ उपेन्द्र बुढाथोकीका अनुसार तीब्र गतिको बस अनियन्त्रित भइ सडकबाट दस मिटर तल खस्दा लामिडाँढा ४ दोखखाका ५९ वर्षीय मुक्ति घिमिरे र उनकी पत्नी रत्नकुमारी घिमिरेको मृत्यु भएको हो ।

चीनमा ५.५  रेक्टरको भूकम्प, ८ को मृत्यु, २३ घाइते

चीनको उत्तर दक्षिणी क्षेत्रमा पर्ने सिन्जिआङ स्वायत्त प्रदेशमा आएको भूकम्पमा परी कम्तीमा ८ जनाको मृत्यु भएको छ भने अरु २३ जना घाइते भएका छन् ।

सिन्धुपाल्चोकमा बस दुर्घटना हुँदा एक जनाको मृत्यु, १३ जना घाइते

काठमाडौंबाट दोलखा जाँदै गरेको बा३ख ५०५६ नम्बरको बस सिन्धुपाल्चोकको पाङ्ग्रेटारमा दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। दुर्घटनामा १३ जना घाइते भएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्