२१ आश्विन २०८१ सोमबार
image/svg+xml
समाज

मतदान गर्न जाँदा युवकको मृत्यु

अशोक सुजन श्रेष्ठ

हेटौँडा- मकवानपुरको ईन्द्रसरोवर गाउँपालिकामा मतदान गर्न गएका बेला एक युवकको मृत्यु भएको छ। जिल्लाको उत्तरी क्षेत्रमा रहेको ईन्द्रसरोवर गाउँपालिकामा–३ टेकरस्थित बत्सलादेवी मावि मतदान केन्द्रमा मतदान गर्न गएका स्थानीय २२ बर्षिय वीरमान पाख्रिनको मृत्यु भएको हो।

उनलाई पेट दुखेको र शौचालय गएपछि बेहोस भएर ढलेको स्थानीयबासीले बताए। उपचारको लागि सिस्नेरीमा रहेको स्वास्थ्य चौकी लगेपनि त्यहाँ पुग्ने बित्तिकै उनको मृत्यु भएको थियो।

मकवानपुर प्रहरी प्रहरी नायब उपरीक्षक एवम् प्रवक्ता बामदेव गौतमले मृतक मुटु रोगी भएको भन्दै बेहोस भएपछि उपचारका क्रममा मृत्यु भएको जानकारी दिए।

प्रकाशित: ३१ वैशाख २०७४ १४:४४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App