२१ आश्विन २०८१ सोमबार
image/svg+xml

घरेलु मदिरा सेवनबाट धनुषामा ५ जनाको मृत्यु

धनुषामा अत्याधिक मदिरा सेवनबाट ५ जनाको मृत्यु छ। अत्याधिक घरेलु मदिरा सेवनले क्षिरेश्वरनाथ नगरपालिका–२ स्थित रमदैया भवाडीका एकै टोलका ५ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ।

माटो खन्ने क्रममा ढुङ्गाले लाग्दा महिलाको मृत्यु

जिल्लाको सन्धिखर्क नगरपालीका वडा नम्बर–११ डिभर्नाको धारामाथीमा माटो खन्ने क्रममा ढुङ्गाले लाग्दा एक महिलाको ज्यान गएको छ।

टिपरको ठक्करबाट महिलाको मृत्यु

बाँकेको कोहलपुर नगरपालिका–८ पिपरीचोक नजिकै टिपरको ठक्करबाट एक महिलाको मृत्यु भएको छ। स्थानीय झण्डहवागाउँदेखि कोहलपुर–नेपालगञ्ज सडकतर्फ आइरहेको रा१ख २१८८ नंको टिपरले बिहान करीब ११ बजेर ३० मिनेटमा ठक्कर दिँदा साइकलमा सवार कोहलपुर–९ की करिब ४५ वर्षीया रामपति थारूको मृत्यु भएको इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख प्रहरी नायब उपरीक्षक कुलदीप चन्दले जानकारी दिए।

ट्याक्टर दुर्घटनामा चालक र सहचाकलको मृत्यु

तनहुँमा भएको ट्याक्टर दुर्घटनामा चालक र सहचालकको मृत्यु भएको छ। बन्दिपुर गाउँपालिका–५ बाउनभञ्याङबाट कोरिका जाँदै गरेको १ त ४८०८ नम्बरको ट्याक्टर बुधबार विहान कोरिकास्थि भित्री सडकखण्डमा अन्यिन्त्रित भई दुर्घटना भएको हो।

ट्र्याक्टर दुर्घटनामा दुईको मृत्यु

बन्दीपुर गाउँपालिका–५ कोरिखामा बुधबार बिहान ट्र्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। बन्दीपुर गाउँपालिकास्थित बाहुनभञ्ज्याङबाट याम्पातर्फ आउँदै गरेको ग १ त ४८०८ नंको ट्र्याक्टर दुर्घटना हुँदा चालक र सहचालकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको हो।

रुघाखोकी र ज्वरोले डोल्पामा दुई जनाको मृत्यु

फागुनको पहिलो हप्तामा फैलिएको भाइरल इन्फ्लुएञ्जा ए को कारण दुई जनाको मृत्यु भएको छ। डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका-१ करेलीकाँडामा फैलिएको भाइरल इन्फ्लुएञ्जा ए को कारण दुई जनाको मृत्यु भएको हो।

चितुवाको आक्रमणबाट बालिकाको मृत्यु

मेलौली नगरपालिका-९ की नौ वर्षीया बालिका सीता लुहारको चितुवको आक्रमणबाट मृत्यु भएको छ। लुहारलाई आज बिहान ४ बजे ओछ्यानमै चितुवाले आक्रमण गरीे लगेको र बालिकाको शव ५०० मिटर टाढा फेला परेको छ।

लोकसेवा दिन आएका परीक्षार्थीको मृत्यु

ताप्लेजुङ जिल्लाको मैयाखोला गाउँपालिका–४ घर भएका वर्ष २२ का सविन शेर्पाको लोकसेवाको परीक्षा दिन धनकुटा आउने क्रममा शनिबार बिहान हृदयघातका कारण मृत्यु भएको छ।

इटालीमा दुई दिनमा ९० को मृत्यु

इटालीमा दुई दिनमा कोरोना भाइरस संक्रमणबाट ९० जनाको ज्यान गएको छ। स्वास्थ्य अधिकारीका अनुसार त्यहाँ बिहीबार र शुक्रबार गरी ९० जनाको ज्यान गएको अन्तर्राष्ट्रिय समाचार संस्थाले जनाएका छन्।

वर्षाका कारण रुवान्डामा ५३ को मृत्यु

वर्षाका कारण रुवान्डामा यस वर्ष अहिलेसम्म ५३ को मृत्यु भएको छ। आपत व्यवस्थापन मन्त्रालयका अनुसार वर्षा र वर्षापछि घटनामा परी यस अवधिमा अरु ८४ जना घाइते भएका छन्।

दुर्घटनामा परि एकको मृत्यु

रुपन्देहीको तिलोत्तमा नगरपालिकामा शनिबार दिउँसो सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन्।

बेवारिसे व्यक्तिको मृत्यु

रौतहटमा एक बेवारिसे व्यक्तिको मृत्यु भएको छ। रौतहटको गरुडा नगरपालिका ४ स्थित चपुर गौर सडक खण्डमा मागी खाई हिँड्ने करिब पचास वर्षिय पुरुषको मृत्यु भएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्