२३ असार २०८१ आइतबार
image/svg+xml
समाज

माटो खन्ने क्रममा ढुङ्गाले लाग्दा महिलाको मृत्यु

अर्घाखाँची- जिल्लाको सन्धिखर्क नगरपालीका वडा नम्बर–११ डिभर्नाको धारामाथीमा माटो खन्ने क्रममा ढुङ्गाले लाग्दा एक महिलाको ज्यान गएको छ।

घर पोत्ने रातोमाटो खन्ने क्रममा माथिबाट आएको ढुङ्गाले लाग्दा सोही स्थानकी २३ वर्षिय आरती बिकको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरिक्षक प्रकाश बिष्टले जानकारी दिए।
स्थानीयवासीका अनुसार माटो खन्ने क्रममा ढिस्को खस्न थालेपछी आरती भाग्न खोजेकी थिईन्। ढिस्कोसँग तर्किएकी उनलाई रुखमा अड्किएको ढुङ्गा खसेर लाग्दा घटनास्थलमै ज्यान गएको हो।

मृतक बिकका श्रीमान अहिले रोजगारीको सिलसिलामा भारत रहेको छन्। उनको चार वर्षिय एक छोरा पनि छन्।
 

प्रकाशित: २९ फाल्गुन २०७६ १२:२३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App