२५ वैशाख २०८१ मंगलबार
image/svg+xml
समाज

रुघाखोकी र ज्वरोले डोल्पामा दुई जनाको मृत्यु

डोल्पा- फागुनको पहिलो हप्तामा फैलिएको भाइरल इन्फ्लुएञ्जा ए को कारण दुई जनाको मृत्यु भएको छ। डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका-१ करेलीकाँडामा फैलिएको भाइरल इन्फ्लुएञ्जा ए को कारण दुई जनाको मृत्यु भएको हो।

त्रिपुरासुन्दरी नगरपालिका-१ करेलीकाँडाका ४० वर्षिय हंशलाल बोहरा र ७० वर्षिय चंखलाल बोहराको भाइरल इन्फ्लुएञ्जा ए का कारण मृत्यु भएको हो। करेलीकाँडाका स्थानीय बासिन्दा रणबहादुर बुढाले नागरिकलाई भने भाइरल ज्वरो आएको थियो विमारी भएको झन्डै दुई सातापछि उनीहरुको मंगलबार मृत्यु भएको हो।

करेलीकाँडामा अझै पनि भाइरल ज्वरोका धेरै विमारी प्रभावित भएको उनले बताए।

प्रकाशित: २७ फाल्गुन २०७६ ०९:२४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App