१६ आश्विन २०८१ बुधबार
image/svg+xml

जुडोमा मनितालाई स्वर्ण

आठौं राष्ट्रिय खेलकुदअन्तर्गत जुडोको पहिलो दिन नेपाल पुलिसकी मनिता श्रेष्ठ प्रधानले स्वर्ण जितेकी छन् । महिला ५७ केजीमुनि फाइनलमा मनिताले प्रदेश–३ की कविता नेपालीलाई पराजित गरिन् ।

गर्मीमा आठौं राष्ट्रिय खेलकुद

नेपालगन्ज रंगशालामा चहलपहल ह्वात्तै बढेको छ। अझैं पनि निर्माण भैरहेको नेपालगन्ज रंगशाला हेर्न स्थानीयले चासो देखाइरहेका छन्। रंगशालामा खेलकर्मीको भिड बढ्दै छ। आठौं राष्ट्रिय खेलकुदको माहोलले नेपालगन्जलाई दिन प्रतिदिन व्यस्त बनाउँदै गएको छ।

डेउडा ‘सम्राट’

अग्लो ज्यान, घोप्टे जुँगा, आँखामा चस्मा र भादगाउँले टोपी पहिरिएका एक वृद्ध जो सुदूरपश्चिममा हुने हरेक सांस्कृतिक कार्यक्रममा अग्रभागमा डेउडा खेलमा जमेका देखिन्छन्। कैलाली, कञ्चनपुरमा हुने डेउडा प्रतियोगिता होस् वा दोहोरी डेउडा खेलमा एकतर्फको गीतेरु भई सवाल जवाफ फर्काउन अग्रभागमा हुन्छन्, डेउडिया दलबहादुर बोगटी।

आर्मी र एपिएफलाई एक–एक स्वर्ण

बुटवलमा जारी आठौं राष्ट्रिय प्रतियोगिताअन्तर्गतको लन टेनिसमा दुई स्वर्ण पदको टुङ्गो लागेको छ। देविनगरस्थित लनटेनिस कोर्टमा बिहीबार भएका टिम इभेन्टतर्फ त्रिभुवन आर्मी र सशस्त्र प्रहरी बलको एपिएफ क्लबले १/१ स्वर्ण हात पारेका छन्। टिम इभेन्टततर्फ महिलामा आर्मी र पुरुषमा एपिएफले स्वर्ण जितेका हुन्।

आठौं राष्ट्रिय खेलकुद : विभागीय टोलीकै वर्चश्व

आठौं राष्ट्रि खेलकुद प्रतियोगिताअन्तर्गत भएका खेलमा विभागीय टोलीको वर्चश्व देखिएका छ। प्रदेश ५ मा भइरहेका खेलममा विभागीय टोलीको वचश्वस देखिएको हो। प्रतियोगिताअन्तर्गत ४०औं राष्ट्रिय टेबलटेनिसको दोस्रो दिन प्रहरीले दुई स्वर्ण जितेको छ। प्रहरीले महिला टिम इभेन्ट र डबल्समा स्वर्ण हात पा¥यो।

नेपालमा पब्जी प्रतिबन्ध

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोको विषेश आग्रहपछि नेपाल दूरसञ्चार प्राधिकरणले नेपालमा पब्जी खेल प्रतिबन्ध लगाएको छ।

कुस्तीवाज सरोजको विजयी सुरुआत

प्रदेश–२ का सरोज यादवले आठौं राष्ट्रिय खेलकुद प्रतियोगिताअन्र्तग १४औं राष्ट्रिय कुस्ती प्रतियोगितामा विजयी सुरुआत गरेका छन्। जिल्लाको वाणगंगा नगरपालिकाको बुङ्चीस्थित सिद्धार्थ क्याम्पसको सभाहलमा १२औं सागका कास्ंय पदकधारी सरोजले ६५ केजी तौलमा सुदूर प्रदेशका कैलास ठगौनालाई पराजित गरे। नेपाल प्रहरीका रितेशप्रसाद यादवले त्रिभुवन आर्मीका अदीप खड्कालाई र प्रदेश–३ का शैलेन्द्रकुमार यादवले प्रदेश–१ का कुमार आचार्यलाई पराजित गर्दै क्वार्टरफाइनल प्रवेश गरेको नेपाल कुस्ती संघका महासचिव विद्यासागर पोखरेलले जानकारी गराए।

पाँच खेल बुधबारबाट

औपचारिक उद्घाटन वैशाख ५ गते हुने आठौं राष्ट्रिय खेलकुदका ३५ खेलमध्ये पाँच खेल बुधबारबाट प्रदेश पाँचबाहेकका सहरमा पनि सुरु हुँदै छन्।

बजेट र कार्यप्रगतिको जानकारी माग

नेपालगन्जमा आठौं राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारी भइरहेका बेला पूर्वाधार निर्माणका लागि छुट्याइएको बजेट र निर्माण कार्यको प्रगतिबारे सत्यतथ्य जानकारी दिनुपर्ने माग गरिएको छ।

पहिलो पटक प्याराग्लाइडिङ समावेश

प्याराग्लाइडिङले १९९६ मा नेपाल सरकारबाट अनुमति पायो। त्यसपश्चात् व्यावसायिक रूपमा यो खेल मौलाउँदै गयो। पर्यटकीय र आर्थिक क्षेत्रको बलियो माध्यमका रूपमा प्याराग्लाडिङले स्थान जमायो।

तेह्रौँ साग निर्धारित मितिमै: अध्यक्ष श्रेष्ठ

नेपाल ओलम्पिक कमिटिका अध्यक्ष एवम् प्रतिनिधिसभाका सांसद जीवनराम श्रेष्ठले सन् २०१९ मा आयोजना हुने दक्षिण एशियाली खेलकूद(साग) प्रतियोगिताको मिति अब सार्न नसकिने बताएकाछन्।

उपत्यकामा घोडेजात्रा पर्व मनाइँदै

चैत्र कृष्ण औँसीका दिन आज काठमाडौँ उपत्यकामा परम्परागत घोडेजात्रा पर्व मनाइँदैछ। जनविश्वासअनुसार टुँडिखेलको पूर्व–दक्षिण दिशामा रहेको एउटा रूखमा बास गर्ने गुरुमापा भन्ने राक्षसले शहरका बालबालिकालाई खाने गरेकाले पीडित स्थानीयवासीले विभिन्न उपायले त्यसलाई संहार गरे पनि उसको प्रेतात्मा फेरि जागा भई बालबालिकालाई अनिष्ट गर्नसक्ने भय तिनमा रहिरह्यो।

वैशाख पहिलो साताबाट ५५ दिने बास्केटबल लिग

वैशाखको पहिलो सातादेखि ५५ दिने नेपालको सबैभन्दा लामो नेपाल बास्केटबल लिग हुने भएको छ। प्ले फर डिप्राइभ्ड चिल्ड्रेन नेपाल (पडिसिएन) को आयोजनामा करिब दुई महिना लामो नेपाली खेलकुदमा लिग हुन लागेको हो। पडिसिएनले सोमबार पत्रकार सम्मेलनको आयोजना गर्दै लिगबारे जानकारी दिएको हो।

राष्ट्रिय खेलकुदः उद्घाटनअगावै केही खेल हुने

आठौं राष्ट्रिय खेलकुद प्रतियोगिताका केही खेल उद्घाटनअगावै हुने भएका छन्। वैशाख ५ गतेदेखि उद्घाटन हुने भनिए पनि केही खेलहरू चैत २७ देखिनै हुने भएका हुन्। चैत २७ गतेदेखि खेल सुरु हुने राष्ट्रिय खेलकुद परिषद्ले जनाएको छ। २०७५ चैत २७ देखि ३० गतेसम्ममा १२ खेल हुनेछन्। पहिलो दिन हक्की पुरुष बाँकेमा, स्क्वास महिला र पुरुष ललितपुरमा तथा प्याराग्लाइडिङ खेल पोखरामा हुने छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्